उदयपुर । उदयपुरमा भएका दुई सावरी दुर्घटनामा परी एकको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । आईतबार मदन भण्डारी लोकमार्ग स्थित चौदण्डीगढी नगरपालिका १० देवधार भएको अटो रिक्सा दुर्घटनामा परी एकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका छन् ।
यसैगी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका ११ गहुँबारीमा फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार गाईघाटबाट बेल्टार तर्फ आउदै गरेको स१ह ३१९२ नम्बरको अटो दुर्घटनामा चौदण्डीगढी नगरपालिका ६ बेल्टार बजारका ६५ वर्षे डण्डीराम तिम्सिनाको मृत्यु भएको छ ।
घाइते हुनेहरूमा चौदण्डीगढी नगरपालिका ७ का ३४ वर्षे बिनोद कार्की र अटो चालक ४८ वर्षे शिवराज कट्वाल रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको थप उपचारको लागी विराटनगर स्थित न्युरो अस्पातल पठाइएको बताइएको छ । दुर्घटनामा परेको उक्त अटो रिक्सालाई बिपरीत दिशातर्फ जादै गरेको सवारी साधनले ठक्कर दिएको प्रहरीको भनाइ छ ।
यसैगरी ओखलढुङगाबाट कटारीतर्फ आउदै गरेको प्रदेश १–०७–००१ ज ००११ नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल खसेको छ । गौतमका अनुसार उक्त गाडीमा सवार १४ जना यात्रु घाईते भई उपचारको लागी कटारी अस्पताल पठाइएको छ । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र अन्य १२ जनाको अवस्था प्रहरी नायव उपरीक्षक गौतमको भनाइ छ । दुर्घटना ग्रस्त सवारी साधन घटनास्थलै रहेको र अन्य थप बिवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
घाइते हुनेहरुमा चालक जिल्ला ओखलढुङगा सिद्दिचरण नगरपालिका १ बतासे का बर्ष २४ को सञ्जिब घिमिरे, यात्रु मोलुङ गाउँपालिका २ ओखलढुंगाका बर्ष २४ को एकराज दाहाल, सुनकोशी गापा ४ ओलखढुंगा च्यानमका बर्ष ५४ को खेमबहादुर कार्की, बर्ष ३२ को चुँडामणी अधिकारी, चिसङखुगढी गापा ८ का बर्ष ३३ की यसोदा कार्कीलगायत रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।