उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पाकेकेको फिलो फुटेर गएको संज्ञा दिनुभएको छ । ओलीले एमाले नफुटेको दाबी गर्दै एमालेबाट फुटेर बनेको नेपालको पार्टीलाई पाकेको पिलो आँपैm फुटेर गएको उद्घोष गर्नु भएको हो ।
उहाँले भन्नुभयो, ‘एमालेका साथीहरुलाई आग्रह गर्न चाहान्छु, एमलेमा नेपाल पाकेको पिलो जस्तै भएका थिए, निचोर्नु पर्ने थियो, आँफैँ फुटेर गए, ढुक्क भयो, पिलो निचोरिदैँमा ओजन घटेको हुँदैन्, नेकपा एस बनेर एमाले घटेको छैन्, पिलो बाहिर निस्केपछि दुई चार केजी ओजन बढेको छ । साथीहरु निराश हुने होइन् । एमाले फुटेको छैन् ।’
शुक्रबार उदयपुरको गाईघाटमा एमाले उदयपुरले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले नेकपा एसलाई एमालेभित्र रहेको फोहोर गएको पनि बताउनु भएको छ । ‘यसभन्दा अघिल्लो चुनावमा जनताले एमालेलाई संघीय संसद्मा, प्रदेशसभा र स्थानीय तहमा ठूलो दल बनाएका थिए । अब पनि बनाउनु पर्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सम्बोधनका क्रममा एमाले सरकार आएपछि प्रत्येक स्थानीय तहका गाउँ बस्तिमा सडक, विजुली पुगेकोसमेत बताउनु भएको छ । ‘प्रत्येक पालिकामा रणनीतिक सडकहरु बन्दैछन्, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा धेरै काम भएका छन्, उहाँले भन्नुभयो ।
सत्ता गठबन्धनप्रति आक्रमक बन्दै ओलीले परमादेश सरकारले आफ्नो पालामा ल्याएका धेरै विकासे आयोजनाहरु काटिदिएको गुनासो गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘राजनीतिक षडयन्त्रबाट बनेको सरकारले जनताका विकास निर्माणका आयोजना देख्नै सकेन ।’
जनसभालाई सम्बोधन गर्नुभन्दा अगाडी ओलीले मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्दै आफु प्रधानमन्त्री भएको वेला स्वास्थ्य क्षेत्रमा असाधारण प्रगति गरेको जिकिर गर्नुभएको थियो । ओली शुक्रबार दिउँसो सिम्रिक एयरलाइन्स हेलिकप्टरबाट गाईघाट आउनु भएको थियो ।