उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्वरको ५ को मौवासीमा उदयकसमस सिमेन्ट उद्योग स्थापना हुने भएको छ । आइतबार उदयकमसमस सिमेन्ट इन्डिस्ट्री प्रालि काठमाडौं र मौवासी जग्गादाता तथा उद्योग व्यवस्थापन समिति उदयपुरगढी गाउँपालिका ५ बीच उद्योग स्थापनाको लागि सहमति भएको हो ।
‘मौवासीमा उदयकसमस सिमेन्ट उद्योग स्थापना गर्न स्थानीय सरकार, राजनीतिक दल, समाजसेवीले पटक/पटक अनुरोध गर्नुभएको र स्थानीय सरकारबाट लिखितमै उद्योग स्थापना गर्न माग भएको सन्र्दर्भमा उद्योगको तर्फबाट पनि उद्योग तथा क्लिंकर प्लान्ट स्थापना गर्न इच्छुक भएकोले जग्गा प्राप्त गर्न तथा वाताबरणमैत्री उद्योग निर्माण गर्न बनेको त्यस क्षेत्रका जग्गा दाताहरुको आम भेलाबाट बनेको समितिसँग पटक/पटक छलफल तथा परामर्शबाट निस्केको निष्कर्ष तथा निर्णयहरुको मुल भावनामा रहेर हामी दुबै पक्ष निम्न लिखित १९ बुँदामा सहमति गर्दछौँ ।’ उक्त सहमितको पत्रमा उल्लेख गरिएको छ ।
सहमतिको पत्रमा मौवासी जग्गादाता तथा उद्योग व्यवस्थापन समिति संयोजक अमृतध्व राई र उदयकसमस इन्डिस्ट्रीको तर्फबाट प्रबन्धक धुर्वराज थापाले हस्ताक्षर गर्नु भएको छ । उक्त सहमतिको पत्रमा रोहोबरमा उदउपुरगढी गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष कुमार अधिकारी र कम्पनी आयोजना प्रमुख कृष्ण दुलाल रहनु भएको छ । साक्षीहरुमा गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, उदयकसमस सिमेन्टका निर्देशक प्रवलजंग पाण्डे लगायतका रहनु भएको छ ।
उदयकमसमस सिमेन्ट इन्डिस्ट्री प्रालि काठमाडौंले उद्योग स्थापना गर्नको लागि माग गरे अनुसार ३५ बिघाभन्दा बढी जग्गा उपलब्ध गराइएको मौवासी जग्गादाता तथा उद्योग व्यवस्थापन समिति संयोजक अमृतध्वज राईले बताउनु भयो । ‘उहाँले भन्नुभयो, ‘झण्डै ८० विघा जति माग गर्नु भएको थियो, तत्कालको लागि उहाँहरुको माग अनुसार हामीले उपलब्ध गराएका छौँ ।’
एक महिनाभित्र उदयकमसमस सिमेन्ट इन्डिस्ट्री प्रालि काठमाडौंलाई लिखित रुपमै जग्गा उपलब्ध गराउने संयोजक राईको भनाइ छ । सहमति पत्रमा विस्थापितलाई रोजगारी उपलब्ध गराउनेदेखि स्थानीय समुदायको ऐतिहासिक पुरातावित्क सम्पदा, मठमन्दिर, पार्टी पौवा, आदीको उचित संरक्षण र सम्ब्रर्धन गर्नु पर्ने उल्लेख गरिएको छ ।
उदयकमसमस सिमेन्ट इन्डिस्ट्री प्रालि काठमाडौंका कम्पनी आयोजना प्रमुख कृष्णराज दुलालले कम्तीमा पनि तीन वर्ष भित्र मौवासीमा उद्योग तथा क्लिंकर प्लान्ट स्थापना हुने बताउनु भयो । ‘धेरै कुरा हामीले भने जसरी काम हुँदैन, राज्यको पनि साथ सहयोग र कुनै बाधा अवरोध नभए तीन वर्ष भित्र उद्योग तथा क्लिंकर प्लान्ट स्थापना हुन्छ ।’ उहाँले भर्खरै सानो प्रक्रियाबाट काम सुरु भएको पनि बताउनु भएको छ । उक्त उदयकमसमस सिमेन्ट उद्याेग स्थापना भएसँगै उदयपुरमा दुई सिमेन्ट उद्याेग हुनेछन् । त्रियुगा नगरपालिका जलजलेमा उदयपुर सिमेन्ट उद्याेग रहेकाे छ ।
हेर्नुहोस् सहमति पत्र