उदयपुर । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिकामा मानबहादुर केप्छाकी मगर अध्यक्षमा भारि मतले विजय हुनु भयो । उहाँले चुनावमा जनतालाई विशेष गरेर विजुली, सडक, खानेपानी, सञ्चार, स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । निर्वाचित भएपछि सुरुदेखिनै उहाँले चुनावमा जनतामाझ गरेर प्रतिवद्धताहरु पुरा गर्न लागिरहनु भयो ।
उहाँ भन्नुहुन्छ, ‘मैले चुनावमा गरेका प्रतिवद्धताहरुको आधारमा भन्ने हो भने आधारभुत रुपमा विद्युत, खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, कृषि, सञ्चार लगायतका क्षेत्रमा काम गरेको छु । त्यो हेर्दा पनि प्रष्ट रुपमा देखिन्छ ।’ साविकको तावाश्री गाउँ विकास समितिमा दुई पटक गाबिस अध्यक्ष समेत हुनु भएका मगरले गाउँपालिकाको अध्यक्ष भएपछि सबैभन्दा पहिला गाउँपालिकाभरि विद्युत विस्तारमा जोड दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उदयपुरगढी गाउँपालिकाको ९८ प्रतिशतमा विद्युत पुगेको छ, भने बाँकी दुई प्रतिशतमा पुग्नेक्रम जारी छ । काम भइरहेको छ, त्यहाँ पनि आगामी केही समयभित्र पुग्ने छ ।’ सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तरगत उदयपुरगढी गाउँपालिकामा अहिले ९८ प्रतिशत घरधुरीमा विद्युत पुगेको छ । त्यही भएपनि अध्यक्ष मगरलाई उज्यालो नेपालका अभियान्ता कुलमान घिसिङको उपनाम दिँदै भन्न थालिएको छ, ‘उदयपुरगढीका कुलमान’ ।
मगर पनि दाबीसाथ भन्नुहुन्छ, ‘सुरु सुरुमा सामुदायिक विद्युतीकरण कार्यक्रम मार्फत उदयपुरगढी गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने भन्दा धेरैले हाँसोमा उडाउथ्येँ । सबै जना असम्भव हुन्छ भन्थ्ये । तर, अहिले भन्नेले जे भने पनि काम भएको छ । उज्यालो उदयपुरगढी बन्दै गएको छ,बाँकी रहेकाे दुई प्रतिशतमा विजुली पुगेपछि भन्न सक्नु उज्याले उदयपुरगढी गाउँपालिका बन्याे ।’
उहाँको लगाव र मेहनेतमा सबैको साथ सहयोगले गाउँपालिकाका ८ वटै वडामा अहिले लगभग सबै भौतिक पूर्वाधार निर्माणको कामले गति लिएको छ । अध्यक्ष मगरका अनुसार पर्यटकीय हिसावले अत्यन्त संभावना बोकेको गाउँपालिकाले त्यसका लागि आवश्यक पूर्वाधार खडा गर्ने काम पनि भएका छन् । उहाँ मगरसँगै गरिएको भिडियो सम्वाद प्रस्तुत छः सम्पादक