उदयपुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमसिसीको अनुमोदन सडकबाट नभइ सदनबाट हुने बताउनु भएको छ ।
शनिबार प्रेस चौतारी उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) अनुमोदन सडकमा भएको आन्दोलनले नर्गे भन्दै सदनबाट फैसला गर्नु पर्ने बताउनु भएको हो ।
एमसिसीको निर्णय लिन जनमत संग्रह गरेर, सडक आन्दोलन गरेर अनुमोदन हुँदैन भन्दै भट्टराईले भन्नुभयो, ‘सर्वभौम सत्ता सम्पन्न संसदको विशेष अधिकार हो, एमसिसी सदनबाट अनुमोदन गर्ने की नगर्ने ?’ उहाँले एमसीसीमा सम्झौता गर्दा हस्ताक्षर गरेन सत्ता गठबन्धनमा रहेका दलहरुले लाजमर्दो व्यवहार देखाएको आरोप लगाउनुभयो । ‘सत्तामा बस्ने, सही गर्ने अनि बाहिर आएर हाम्रो सहमति छैन भन्दै रोइलो गर्ने ? लोकतन्त्रमा यस्तो लाजमर्दो गाईजात्रा देखाउन हुन्छ ?’
नेता भट्टराईले भन्नुभयो । सत्तामा बस्ने, झन्डा हल्लाउँदै हिँड्ने अनि बाहिर आएर कार्यकर्ता उफारेर टाउको फुटाउन लगाउने ? ’ एमाले मुलुकको जिम्मेवार पार्टी भएकाले एमसीसीको सवालमा उचित समयमा उचित निर्णय पनि बताउनु भएको छ । गठबन्धन सरकार बनेयता मुलुकमा आर्थिक विपत्ति र बाह्य शक्ति सन्तुलन नीति कमजोर बन्दै गएको भन्दै भट्टराईले अनिर्णयको बन्दी बनाउने गठबन्धन छिटो भत्काउनु पर्ने बताउनु भयो ।
गठबन्धन जोगाउन आफूखुसी मन्त्रालय थप्ने, कार्यकर्ता भर्तीकेन्द्र बनाउनेजस्ता प्रवृत्तिले मुलुकको राजस्वले सामान्य खर्च धान्न सक्ने अवस्था नरहेको नेता भट्टराईको भनाइ छ ।
नेकपा एमाले एमसिसीको पक्षमा की विपक्ष छ ? भनेर पत्रकाहरुले गरेको प्रश्नमा भट्टराईले एकोहोरो रुपमा सदमा छलफल गर्न पाउनु पर्ने बताउनुभयो ।
भट्टराईले एमाले कुनै च्याँखे दाउन नथापेको पनि दाबी गर्नुभएको छ । भट्टराई नेकपा एमाले उदयपुरको निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अधिमुखीकरण कार्यक्रमको शिलशिलामा उदयपुर आएका थिए । उक्त पत्रकार भेटघाट कार्यक्रम प्रेस चौतारी उदयपुरका अध्यक्ष जीवनाथ दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।