उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्वर ३ साइपाका प्यारालाइसिस रोगका कारण आपाङ्ग पृर्थबहादुर मगरको घर बनाउन सहयोग जुट्न थालेको छ । वडा नम्वर ३ का वडा अध्यक्ष मनोजकुमार कार्कीको नेतृत्वका विरामी मगरको घर बनाउन सहयोग संकलन सुरु भएकाे थियाे । हालसम्म ६४ हजार ७ सय रकम संकलन भएको छ ।
कस्ले कति सहयोग गर्नु भयो ?
वडा अध्यक्ष कार्कीका अनुसार उदयपुरका पत्रकार होमबहादुर बस्नेतले ५ हजार, उदयपुरगढी गाउँपालिका ३ घर भइ हाल काठमाडौंमा बस्ने मुकुन्द कार्कीले ५ हजार र कृष्णबहादुर तामाङले २५ हजार, सरस्वती माध्यमिक विद्यालय कटारी नगरपालिका ११ का प्रधानध्यापक दिनेश रायामाझीले २ हजार सहयोग गर्नु भएको छ ।
यसैगरी उदयपुरगढी गाउँपालिका ३ कै स्थानीय जानुका मगरले २ हजार २५ रुपैँया, गाईघाटकी रिना कुइकेल भुर्तेलले दुई हजार १० र गाईघाटकै खगेन्द्र मगरले ५ हजार एकसय १० रुपैँया सहयोग गर्नु भएको छ । यसैगरी उदयपुरगढी गाउँपालिका २ का अमृत गिरीले ५ सय, ज्ञानु गिरी १ हजार, उदयपुरगढी गाउँपालिका ६ का विमला आलेले ३ हजार, ताप्ली गाउँपालिका दिपक बुढाथोकीले ५ हजार सहयोग गर्नु भएको वडा अध्यक्ष कार्कीले बताउनु भएको छ ।
वडा अध्यक्ष कार्कीका अनुसार उदयपुरगढी गाउँपालिका ३ घर भइ हाल मलेसियमा हुनु भएका डिल्लीबहादुर राउतले ४ हजार, यसैगरी उदयपुरगढी गाउँपालिका ३ घर हाल काठमाडौं बस्ने पदम मगरले २ हजार र उदयपुरगढी गाउँपालिका ५ का संसार गुरुङले १ हजार सहयोग गर्नु भएको छ ।
‘अहिले सहयोग संकलन हुनेक्रम जारी रहेको छ, उहाँले भन्नुभयो, ‘अहिलेसम्म ६४ हजार ७ सय संकलन भएको छ ।’ प्यारालाइसिस रोगका कारण आपाङ्ग भएका पृर्थबहादुर ९ वर्षदेखि ओछ्यानमै थला परेका छन् । मगरलाई तत्काल अपाङ्गमैत्री घरको आवश्यक रहेको छ । त्यही भएकाले आपङ्गमैत्री घर बनाउन अहिले वडा कार्यालय जुटेको छ । वडा अध्यक्ष कार्की अहिले घर बनाइदिन सहयोग संकलन गर्न आफुहरु जुटेको बताउनु हुन्छ । वडा अध्यक्ष कार्कीले पहिला विरामी मगरलाई अपाङ्गमैत्री घर बनाउन सहयोग गर्ने छौँ, त्यसपछि उपचारको लागि अन्य बाटाहरु खोज्ने छौँ ।’
वडा अध्यक्ष कार्कीले वडा कार्यालयबाट जस्तापता, सिमेन्ट लगायतको लागि केही बजेट व्यवस्था गरेको र केही रकम अपुग भएकाले सहयोग संकलनको लागि अपिल गरेको बताउनु भयो । विरामी मगरको घर बनाउनको लागि वडाध्यक्ष लगायतको एउटा टोलीले उदयपुरगढी गाउँपालिका बुद्धिजीवि, जनप्रतिनिधि लगायतसँग सहयोग मागिरहेको छ । यदी कसैले सहयोग गर्न चाहेको खण्डमा वडा अध्यक्ष मनोजकुमार कार्कीको नम्वर ९८६२८४२६१७ र पत्रकार होमबहादुर बस्नेतको नम्वर ९८६३८६८५२७ मा फोन गरेर सहयोग उपलब्ध गराइएको अध्यक्ष कार्कीको भनाइ छ । ‘हामीले वषौँदेखि उपचार नपाएर थाला परेका एक विरामीको उपचारको लागि र तत्काल बास बस्ने आपङ्गमैत्री घर बनाउन सहयोग संकलन गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘हजुरले गरेको जति सहयोग पनि हामी ग्रहण गर्न तयार छौँ ।’
र, याे पनि पढ्नुहाेस् ।
प्यारालाइसिस रोगका कारण आपाङ्ग भएका पृर्थबहादुर मगरको घर बनाउन सहयोगको अपिल गर्दै वडा अध्यक्ष कार्की