नेपालटार । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ नेपालटारकाे बोहोरीबोटमा कृषक पाठशालाको समापनसँगै व्यवसायिक कृषि तथा तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा १८ हप्ते कृषि पाठशालाको आज (विहीबार) समापन गरेसँगै तीन दिने व्यसायिक कृषि तथा तरकारी खेतीसम्बन्धी तालिकम सुरु भएको हो ।
कृषि विकाश शाखाको आयोजनामा जागरण पशुपंक्षी तथा कृषक समूहमा आवद्ध कृषकहरुको लागि १८ हप्ते कृषिक पाठशाला सम्पन्न भएको छ । पाठशालामा सहभागी भएका ३० जना कृषकलाई तरकारी बाली काउली खेतीसम्बन्धी अध्यापन गराइएको थियो । उक्त पाठशालामा सहभागी कृषक रसिला मगरले आफुहरुले काउली खेतीको लागि आवश्यक पर्ने प्राविधिक ज्ञानु हासिँल गरेको अनुभव सुनाउनु भयो । ‘हामीले यस पाठशालामा सिकेका कुरा व्यवसायिक काउली लगायतका तरकारी खेती गरेर देखाउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘भाग्यमा होइन, कर्ममा विश्वास गर्ने गरी कृषिमा क्षेत्रमा लाग्न प्रेरणा मिलेको छ ।’
उदयपुरगढी गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख पारसमणी फुँयालले यस पटक जागरण पशुपंक्षी तथा कृषक समूहमा आवद्ध कृषकहरुको लागि सञ्चालन गरिएको काउली खेती सम्बन्धी पाठशाला फलदायी हुनु पर्ने बताउनु भयो । ‘हामीले जसरी यहाँ पाठशाला सञ्चालन गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘यहाँ भोलिका दिनमा तालिम कागजमा मात्र सिमित हुनु भएन, व्यवसायिक तरकारी खेतीमा पनि देखिनु प¥यो ।’ यस समूहले उत्पादन गरेको तरकारी बजारमा भेटिनु प¥यो ।’
समापनमा कार्यक्रममा सहभागी उदयपुरगढी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्ण खत्रीले वडा सरकारले जहाँ जोस जाँगर भएका कृषक छन्, कृषि क्षेत्रमा लगानी हुने योजनाहरु त्यही क्षेत्रमा आउने बताउनुँदै सिकेको सिप व्यवहारमा लागु गर्न अनुरोध गर्नुभयो । समापन कार्यक्रम प्रमुख अतिथिको रुपमा सहभागी गाउँपालिकाकी उपाअध्यक्ष सानु राउतले आफुहरुले कृषकको चाहाना अनुसार पाठशाला तथा तालिम सञ्चालन गर्दै आएको बताउनु भयो । ‘हामीले १८ हप्तासम्म तपाँइहरुलाई जुन कुरा सिकाएका छौँ,’ उहाँले भन्नुभयो, ‘भोलिका दिनमा यस पाठशालामा सहभागीहरु व्यवसायिक तरकारी खेतीमा लागेको देख्न पाउनु पर्छ ।’
पाठशालाका सहजकर्ता जनक थापाले काउली बालीको दुई जात स्नोक्राउन र स्नोम्यास्टिक सम्बन्धी १८ हप्ता पाठशाला सञ्चालन गरेको बताउनु भयो । ‘हामीले दुई जातको काउली खेती कसरी गर्ने, कुन समयमा कुन औषधीको प्रयोग गर्ने, अग्र्यनिक उत्पादन कसरी गर्ने, धेरै उत्पादन कसरी बढाउने भन्ने जानकारी मुलक सिप सिकाएका छौँ,’ उहाँले भन्नुभयो, ‘यस सिपलाई तपाँईहरुले व्यवहारमा देखाउनु पर्छ ।’
समापन समारोहमा पाठशालामा सहभागी कृषकलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो । जागरण पशुपंक्षी तथा कृषक समूहले चार रोपनी जग्गा भाडामा लिएर सामुहिक रुपमा काउली खेती गरेको छ । समहूका अध्यक्ष ताराबहादु खत्रीले उक्त पाठशालाले सामुहिक रुपमा व्यवसायिक तरकारी खेती गर्न आफुहरुलाई मदत पुगेको बताउनु भयो ।
सोही समूहमा आवद्ध कृषकहरुलाई विहीबारदेखिनै तीन दिने व्यवसायिक कृषि तथा तरकारी खेतीसम्बन्धी तालिम पनि दिन सुरु गरिएको छ । विभिन्न प्रजातिका तरकारी खेतीसबन्धीको तालिमको प्रशिक्षक मोहनलाल फुँयल हुनुहुन्छ । तालिमको संयोजक उदयपुरगढी गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख पारसमणी फुँयलले गर्नु भएको छ, भने व्यवस्थापकको जिम्मा शेरबहादुर कार्कीले लिनु भएको छ । तालिम आगामी शनिबारसम्म चल्ने छ ।