उदयपुर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको कारण हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका धेरैजसो भू–भागहरूमा हुस्सु रकुहिरो लागेको छ । हिमाली क्षेत्रमा हिमपातको समम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शाखाका अनुसार मंगलबार दिनभर सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागमा हल्का हिमपातको सम्भावना छ । बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरोसमेत लागेको छ ।
आगामी तीन दिनको मौसम
मंगलबारः दिउँसो सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आँशिक बदली रहने छ। राती सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागहरुमा आँशिक बदली रहने छ । सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबारः दिउँसो सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आँशिक बदली रहने छ । सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । राती प्रदेश १ मा आँशिक बदली रही बाँकि प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही रहने छ । सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबारः दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।