उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ र ७ नम्वर वडा जाेड्ने बैजनाथ खोलामा पुल निर्माण नहुदा स्थानीयले सास्ति बेहोर्दै आउनु परेकाे छ । समयमा पुल निर्माण नहुँदा विद्यार्थीहरुले वर्षाको समयमा जोखिम मोलेर खोलातर्न बाध्य छन् । खेलामा पुल निर्माण नहुँदा विरामी भएको अबस्थामा समेत एम्बुलेन्स सेवा लिनबाट स्थानीय बन्चित भएका छन् ।
निर्वाचनको समयमा विभिन्न दलका नेताहरुले पुल लगायत विकाश निर्माणमा जोडदिने भन्दै मत माग्ने गरेपनि पुल निर्माणमा नेताहरुले चासो नदिँदा स्थानीयहरु समस्यामा पर्दै आएका छन् । बर्खाको समयमा खोलामा आउने बाढीका कारण विद्यार्थीहरुले जोखिम मोलेर खोला तर्न बाध्य हुनु परेकाे जनप्रेमी माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थी राज दियाली बताउनु हुन्छ ।
विद्यार्थी मात्र नभई सर्वसाधरण पनि मारमा परेका छन् । खोलामा पुल नबन्दा सुत्केरी हुने महिलाहरुले पनि अकालमै ज्यान समेत गुमाउनु परेको छ । वर्खाको समयमा बाढी आएको बेला घटौँ सम्म एम्बुलेसन्स लगायतका सवारी साधन ठप्प हुने गर्दछन् । निर्वाचनको समयमा पुल बनाउने योजना जनतासामु बाँड्दै भोट माग्ने दलका नेताहरुले समेत पुल निर्माणमा चासो नदिएको स्थानीयको गुनासो स्थानीय नारायणप्रसाद भट्टराईकाे छ ।
बैजनाथ खोला वारी र पारी गरी झण्डै तीनहजार भन्दा बढी घरधुरी रहेका छन् । बैजनाथ खोलामा पुल निर्माण भए छिमेकी जिल्ला खोटाङ सम्मलाई राहतपुग्ने देखिन्छ । पुल निर्माणकालागि डिपिआर समेत तयार भएको हो । तर, अहिले सम्म पुल नबनेकाे स्थानीय ईश्वर पोखरेल बताउँछन् ।
नेताहरुले निर्वाचनको समयमा विकास निर्माणको आश्वासन दिने तर निर्वाचित भएपछी जिल्लामा फर्कि नहेरेको स्थानीयको गुनासो छ । डिपिआर समेत तयार भएको पुल निर्माणकालागि स्थानीयतह तथा सबन्धित निकायले समयमा चासो दिई निर्माण कार्य अगाडी बढाउन जरुरी छ ।
उदयपुर र खाेटाङ जाेड्ने सुनकाेसी नदीमा पर्ने फाेक्सिनटार पुल अलपत्र
सगरमाथा लोकमार्गको गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरतर्फको रौतामाई गाउँपालिका–५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका–१ बीचको फोक्सिन्टार बन्ने अझै तत्काल बन्ने अवस्थामा देखिदैन् । ‘आर्क ब्रिज’ डिजाइनको पक्की पुल निर्माणका लागि दोस्रोपटक थप भएको म्याद गत असार १२ गते सकिएको थियो । पुल निर्माणका लागि विसं २०७७ पुस १३ गतेसम्मको पहिलो म्याद सकिएपछि पुनः कोभिड–१९ को महामारीका कारण विसं २०७८ असार १२ गतेसम्मका लागि दोस्रोपटक म्याद थपिएको थियो । तर, पुलको काम अझै गतिसाथ अघि बढन्न नसकेको स्थानीयको भनाइ छ ।
६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी गौरीपार्वती÷वाईपी जेवीले २०६९ चैत २३ गते ठेक्का सम्झौता गरेको थियो । पुलको स्टिमेट साढे ४ मिटर गहिरो फाउन्डेसन, ४ मिटर उचाइ र १ सय २० मिटर लामो रहेको पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानले हेर्दै आएको छ । खोटाङलाई तराईका जिल्लासँग सिधा जोड्ने पुल नबन्दा खोटाङे जनताले स्थानीय जनताले सास्ती खेप्नु परेको अर्का स्थानीय इन्द्रबहादुर राउत बताउँनु हुन्छ ।
निर्माण कम्पनीको चरम लापरबाही र सरकारी निकायको गैर जिम्मेवार पनले पुलले पुर्णता पाउन नसकेको प्रष्टै देखिन्छ । हालसम्म ६० प्रतिशत मात्र काम भएको छ । तर, पनि अबको एक वर्ष भित्र पुल निर्माणको काम सम्पन्न गर्ने निर्माण पक्षको दाबी छ । निर्माण पक्ष अर्थात गौरीपार्वती÷वाईपी जेवीकाका इन्जिनियर नरेश भगवत अबको एक वर्षभित्र पुल तयार हुने बताउनुहुन्छ ।
तत्कालीन सडक विभागले १९ करोड ६० लाख रुपैयाँमा सम्झौता गरेको थियो । सुनकोसीको पुल उदयपुर र खोटाङ जिल्लाकै समृद्धिको ढोका हो । तराईको जिल्लाबाट खाद्यन्न तथा विभिन्न उपभोग्य वस्तुको ढुवानी गर्न र पहाडको अर्गानिक उत्पादन बजार पु¥याउन पुलले मद्दत पुग्छ ।
पुल नबन्दा वर्खाको समयमा यातयात ठप्प हुने गरेको छ । हिँउदमा बेलब्रेज लगाउने गरिएको छ । यस पुलमा सम्बन्धीत निकायको ध्यान केन्द्रीत हुन जरुरी छ । पुल नभएकै कारण खोटाङमा विभिन्न उपभोग्य वस्तुसमेत महँगो मूल्यमा ढुवानी हुने गरेको छ । गाईघाट–दिक्तेल सडक योजनाअन्तर्गत २०५१ मा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण सुरु गरेको सडकको ट्रयाक खुलेको २७ वर्ष बितिसक्दा पनि पुल नबन्दा गाईघाट–दिक्तेल सीधा यातयात सञ्चालन हुन सकेको छैन ।