उदयपुर । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति उदयपुरका सदस्य होम किराती लिम्चुङबुङ गाउँपालिकाका चर्चित युवा नेता हुनुहुन्छ । गएको २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार दाबी गर्ने पनि उहाँ एक हुनुहुन्थ्यो । तर, पछि उहाँले पार्टीले पठाएको अर्का उम्मेदवारलाई सहयोग गरी लिम्चुङबुङ स्थानीय सरकारमा माओवादी केन्द्रलाई विजय गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । उहाँ किरातीकै बलमा अहिले लिम्चुङबुङ स्थानीय सरकारमा माओवादी केन्द्र छ, भन्दा फरक पर्दैन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उदयपुरको आठ स्थानीय तहमध्ये माओवादी केन्द्रले एउटा लिम्चुङबुङमा मात्र जित हात पारेको थियो । यसरी जित हात पारेकै स्थानीय तहमा अब हुने स्थानीय तहको निर्वाचनमा लिम्चुङबुङ गाउँपालिकामा उहाँ किराती अध्यक्षको उम्मेदवार बन्न तम तयार हुनुहुन्छ । उहाँ किरातीसँगै जनभाव डटकमको जनभाव व्युरोले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको नेकपा (माओवादी केन्द्र) को नेता पनि हुनुहुन्छ । उदयपुर जिल्लाको आठ वटा स्थानीय तहमध्ये माओवादी केन्द्रको नेतृत्वमा लिम्चुङबुङमा स्थानीय सरकार छ । आप्mनै पार्टी नेतृत्वको लिम्चुङबुङ स्थानीय सरकारलाई कसरी नियाल्नु भएको छ ?
लिम्चुङबुङ गाउँपालिकाको स्थानीय सरकार हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा छ । विकास निर्माणका कुरामा हामीले जति आशा र अपेक्षा गरेका थियौँ । त्यो अनुसार भएको छैन् । तर, फेरि अहिले केही भएको छ । यो चार वर्षपछि अहिलेचाँही सुरु भएको छ । अब अर्को चुनाव हुने वेला भनौँ वा यो अन्तिम अन्तिम भएपछि केही कामको सुरु भएको छ । समग्रहमा भन्नुपर्दा सन्तोषजनक भएको छैन् ।
पार्टी नेतृत्वको स्थानीय सरकारले गरेको काममा पार्टी सन्तुष्ट नभएको बताउनु भयो । के सोच्नु भएको थियो ? के भइदियो ?
जो साथीहरु स्थानीय तहमा निर्वाचित भएर आउनु भयो । उहाँले तत्कालिन र दिर्घकालिन योजनाहरु बनाएर अघि बढ्नु पर्दथ्यो पहिलो । दोस्रो जनताको चाहान, भावना, मर्म, जनताको प्रथामिकता र आवश्यकतालाई हेरेर कार्यक्रमहरु बनाउनुुु पर्दथ्यो । त्यो बनाइएन् । पाँच वर्षको लागि जनताको जनमत प्राप्त गरेको सरकार बनेको थियो । त्यस कारण पाँच वर्षभित्र गर्न सक्ने योजनाहरु अगाडी बढाउनु पर्दथ्यो । त्यो भएन् । उहाँहरुले दिर्घकालिन योजनाहरु १५÷२० वर्षे योजनाहरु ल्याउनु भयो । तर, अहिले त्यो आवश्यकता होइन् । उहाँहरुले तलका साना साना योजनाहरु विर्सनुभयो । दिर्घकालिन योजनाहरुमा प्रथामिकतामा राख्नु भएकाले जनताका तत्कालिन आवश्यकताहरु पुरा भएनन् । जनताका जनजीविकासँग जोडिएका योजनाहरु ओझेलमा परेका छन् ।
जनताका जनविकासँग जोडिएका योजनाहरु ओझेलमा परेका हुन् ? वा जनताका जनजीविकासँग जोडिएका योजनाहरुलाई स्थानीय सरकारले सम्बोधन गर्न सकेन ?
स्थानीय सकारले सम्बोधन गर्न सकेन । मैले केही नभएको भन्न पनि खोजेको होइन् । केही सुरुवातचाँही भएको छ । उहाँले जतिबेला जुन, यो कार्यकालको चार वर्षमा एउटा गतिमा जनताको आवश्यकतामा रहेर विकास निर्माणका कामहरु अघि बढाउनु पर्दथ्यो । त्यो चाँही भएन । अन्तिममा आएर विकास निर्माणका कार्यहरु केही सुरुवात भएको छ ।
तपाँइ पार्टीको नेता । पार्टीकै स्थानीय सरकारलाई तपाँइहरुले सल्लहा, सुझाव दिन किन सक्नु भएन् । पार्टीले निर्देशन गर्न सक्थ्यो ?
दुखका साथ भन्नुपर्छ । यो दुरभाग्य पनि हो । पार्टी र सरकारबीच एउटा सु–मधुर सम्बन्ध हुनुपर्दथ्यो । त्यो भएन । पार्टीको योजनामा सरकार चल्नु पर्दथ्यो । त्यो हुन सकेन । हामीले पटक÷पटक पार्टी र सरकारको सम्बन्ध सु–मधुर हुनुपर्छ, भन्यौ । पार्टीको योजना अनुसार सरकार चल्नुपर्छ, भनेर सुझाव पनि दिएका हौँ । तर, स्थानीय सरकार प्रमुखले नै ध्याँन दिनुभएन । उहाँको ध्याँन पार्टीप्रति देखिदैन् । हामीले स्थानीय सरकार प्रमुखलाई खबरदारी गर्ने, सुझाव दिने काम ग¥यौँ । तर, स्थानीय सरकार प्रमुखले वेवास्ता गर्दै आउनु भयो । लिम्चुङबुङमा पार्टी र स्थानीय सरकारको सम्बन्ध सुमधुर हुन सकेन ।
अघि भन्नुभयो, जनजिविकाका सवालमा स्थानीय सरकारले सम्बोधन गर्न सकेन । लिम्चुङबुङका जनजीविकाका सवालहरु के के हुन् ?
जनताका आधारभुत आवश्यकताका कुराहरु हुन् । जनताको स्वास्थ्य, शिक्षा, सडक, विद्युत लगायत हुन् । यी कुरामै विशेष जोड दिनु पर्दथ्यो । यी कुरामा स्थानीयले सरकारले जति गर्नु पर्दथ्यो । त्यो हुन सकेन । अन्य कुराहरु पनि छन् । स्थानीय सरकार जनताको नजिकको सरकार हो । नजिकको सकारले जनतालाई दिने सेवा सरल र सजह हुनु पर्दथ्यो । त्यो भएको छैन् । तर, अन्य पालिकका स्थानीय सरकारभन्दा लिम्चुङबुङ स्थानीय सरकार सन्तोषजनक देखिन्छ ।
लिम्चुङबुङमा सडक, विद्युत, स्वास्थ्य र शिक्षामध्ये सबैभन्दा बढी आवश्यकता कुन हो ?
सबैभन्दा ठूलो आवश्यक भनेको सडक हो । सडकमा जति काम हुनुपर्दथ्यो, त्यो चाँही भएको छैन् । हिजो जिल्ला विकास समिति, गाउँ विकास समिति हुँदा पुगेका सडकहरु मात्र छन् । सडकका नयाँ संरचना बन्न सकेका छैन्न । बनेका सडकको स्तर उन्नति हुन सकेका छैन् । यो पाँच वर्षकोबीचमा स्थानीय सरकारले पीच गर्ने, स्तर उन्नति गर्ने गर्नु पर्दथ्यो । केही भएका छैन्न । कार्यालय भवनहरु बन्न सकेका छैन्न । मात्र सुरुवात गरिएको छ । विद्युत त आइपुगेको छ । तर, सबै गाउँबस्तिमा विस्तार हुन सकेको छैन् । कुनै ठाँउमा पोलहरु गाड्ने काम हुँदै छ । कतै वाइरिङहरु हुँदै छ । वडाहरुका मुख्य मुख्य ठाउँमा मात्र पुगेको छ । वडा कार्यालयका भवन, विद्यालयसम्म पु¥याउने कामचाँही सुरु भएको छ ।
लिम्चुङबुङ गाउँपालिकामा माओवादी केन्द्रको अवस्था कस्तो छ ?
लिम्चुङबुङमा माओवादीको अवस्था हिजोकोभन्दा आज घटेको अनुभवचाँही भएको छ । स्थानीय सरकार हाम्रै पार्टीको छ । जनताले गरेका आशा, अपेक्षामा पुरा हुन सकेको छैन् । जनताका समस्या समाधान गर्न स्थानीय सरकारले पहल गरेको छैन् । जसको कारण हाम्रा, शुभचिन्तक, मतदाता, कार्याकर्ताहरुको गुनासो रहेको छ । ‘पार्टीको स्थानीय सरकारप्रति सिङ्गो पार्टीनै असन्तुष्ट पनि छैन, सन्तुष्ट पनि छैन् । यसलाई मिलाएर बुझौँ ।’
लिम्चुङबुङमा हिजोभन्दा आज माओवादी केन्द्र खस्कदो छ ? गिर्दो छ ? तपाँइ पनि त्यहाँको पार्टीको नेता हो ? यो खस्कदो र गिर्दो पार्टीलाई उठाउनु के गर्नु पर्छ ?
पहिलो नम्वरमा पार्टी निर्माणमा जुट्नु पर्ने वेला आएको छ । त्यहाँ रहेका हाम्रा मतदाता, कार्यकर्ता, शुभचिन्तकको भावनालाई बुझेर अगाडी जानु पर्ने हुन्छ । पार्टी निर्माणमा जुट्नु नै ठूलो कुरा हो । जनताको घर घरमा पार्टीको नीति, कार्ययोजना लानु पर्ने र स्थानीय सरकारले पनि जनतामा केन्द्रीत योजनाहरु ल्याउन सक्यो भने पार्टी बन्छ । स्थानीय सकारले जनताका तत्कालिन आवश्यकता पुरा गर्नु प¥यो । पार्टी बन्ने कुरामा कुनै दुई मत छैन् । पार्टी हिजोकोभन्दा अब ठूलो बन्छ । बनाउन सकिन्छ ।
स्थानीय सकारलाई लगाम लगाउन जरुरी छ ?
जरुरी छ ।
त्यो लगाम जिल्ला पार्टी, प्रदेश पार्टीबाट लगाउन मिल्दैन् । तपाँइहरुले माथिल्लो पार्टी कमिटीको साथ माग्नु भएन ?
हामीले माथिल्लो निकायमा पर्ने जिल्ला पार्टी, प्रदेश पार्टीबाट लगाम लगाउनुभन्दा पनि लिम्चुङबुङ पार्टीले नै लगाउनु पर्छ । स्थानीय स्तरकै, नेता, कार्याकर्ता, शुभचिन्तले स्थानीय सरकारलाई जनतामा केन्द्रीत हुन दबाब दिनु पर्ने आवश्यकता देखिन्छ ।
अब हुने स्थानीय तहको चुनावमा लिम्चुङबुङ गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट तपाँइको दाबी रहन्छ की रहँदैन् ?
यति लामो समयसम्म राजनीतिमा लागेँ । लागि रहेको छु । माओवादी केन्द्रमा आवद्ध छु । निरन्तर रुपमा देश, जनता र समाजको सेवामा जुटेको छु । २०७४ सालको चुनावमा मैले पार्टीले पठाएको उम्मेदवारलाई सर्मथन गरेको हुँ । त्यसवेला पनि मेरो दाबी थियो । मैले दाबी छाडेर पार्टीकै उम्मेदवारलाई सहयोग गरेको हुँ । पार्टीलाई जिताइयो पनि । अब हुने निर्वाचनमा स्वभाविक रुपमा मेरो दाबी रहन्छ । म पनि निरन्तर राजनीतिमा छु । मेरो दाबी सशक्त रुपमा रहन्छ । पालो मेरै भन्दा पनि फरक पर्दैन् ।
लिम्चुङबुङमा माओवादी केन्द्रले तपाँइलाई अगामी स्थानीय तहको चुनावमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउनै पर्ने कारणहरु के के हुन् ?
मैले कारण भन्दा पनि मुल्यंकन पार्टीले गर्छ भन्ने आश गरेको हो । तल्लो कमिटीदेखि आएको हुँ । हिजोका दिनमा पार्टीलाई समस्या पर्दा पनि बचाउने एउटा सिपाही हुँ । निरन्तर यही माओवादी केन्द्र निर्माणमा जुटेको छु । पार्टीका जिम्मेवारीहरु पुरा गरेकै छु । त्यस कराण पार्टीले मुल्यंकन गर्नु प¥यो भन्ने मात्र मेरो माग हो ।
तपाँईलाई २०७४ सालकै निर्वाचनमा पालिका अध्यक्षको उम्मेदवार बनाउनु पर्दथ्यो तर, बनाइएन हो ?
बनाइएन । त्यसवेला मलाई पार्टीले अलिकति अन्याय गरेको हो भन्ने ठहर छ । अब पार्टीले न्यय दिनु पर्छ ।
लिम्चुङबुङमा ‘सडक’ हो की आवश्यकता ‘भ्यु टावर’ हो ?
तत्कालको अवस्थामा रहेर हेर्ने हो भने मुख्य सडक हो । लिम्चुङबुङमा भ्युटार भन्दा पहिलो आवश्यकता सडक हो । विकासको मुल आधार भनेको सडक हो । भ्युटार पनि होला । लगानी गरिसकेपछि । त्यसको प्रतिफल पछि आउला ? त्यो २०÷३० वर्षपछिको कुरा हो । अहिलेको अवश्यकता भनेको सडक हो । भ्युटारको माध्यमबाट अन्तरिक तथा बाह्य पर्यटक ल्याउनको लागि पनि मुख्य सडक नै हो । अहिले सडक राम्रो बनाइएको छैन् । सडक राम्रो बनाउन जरुरी छ । सडकसँगै भ्युटार पनि बनाउँदै जानु पर्छ । मैले भ्यु टावर नबनाउने भनेको होइन् ।
अन्तिममा लिम्चुङबुङबासी जनता र पार्टीलाई के भन्नु हुन्छ ?
म, निरन्तर रुपमा लिम्चुङबुङ गाउँपालिकाबाट माओवादी आन्दोलनमा आवद्ध छु । माओवादी आन्दोलनलाई अगाडी बढाउने क्रममा पार्टीमा सक्रिय छु । लिम्चुङबुङबासी जनता र पार्टीकोबीचमा रहेर काम गरिरहेको छु । मेरो समय, लगानी लिम्चुङबासी र पार्टीकै लागि सर्मपित गरेको छु । पार्टी र जनताको सेवा गर्ने अवसर पाइरहुँ । मेरो लगानी, मेरो त्याग, सर्ममणको, पार्टी र जनताले सही मुल्यांकन गर्दछ भन्ने विश्वास छ । मैले पार्टीमा हिजोदेखि दायँ बायँ पनि गरेको छैन् । पार्टी विभिन्न समयमा टुट्ने फुट्ने भयो । त्यो समयमा पनि मुलधारकै पार्टीमा छु । त्यसो भएकाले अब आउने अवसरमा पार्टीले सही मुल्यंकन गर्छ भन्ने कामना छ । मलाई न्याय गर्छ भन्ने लागेको छ । सम्बृद्ध लिम्चुङबुङ माओवादी केन्द्रले नै बनाउने छ ।