काठमाडौं । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ ।
आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो ।
कार्ययोजना बनाउँदै निर्वाचन आयोग
यसैगरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन पनि २०७९ फागुनभित्रै गर्नेगरी आयोगले तयारी गरिरहेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए । २०७९ मंसिरमा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल पनि सकिँदै छ । काभ्रेको धुलिखेलमा आयोजित ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा थपलियाले तीनै तहका निर्वाचन’ आयोगको योजना’ धारणा राखेका हुन् ।
सो कार्यक्रममा थपलियाले देशको संविधान र निर्वाचन कानुनमा कार्यकाल सकिएपछि कुनै पनि तहमा म्याद थपको व्यवस्था नभएकाले कार्यकाल सकिनुअघि नै आयोगले निर्वाचन गर्नैपर्ने बताए । उनका अनुसार सो समयभित्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि गर्ने आयोगको तयारी छ । आयोगले सोहीअनुसार कार्ययोजना बनाएर सरकारसँग निर्वाचन’bout छलफल गर्ने तयारी गरिरहेको हो ।
निर्वाचन आयोगले हाल भने राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा निर्वाचन गर्ने गरी तयारी तीव्र बनाएको छ । सरकारसमेत संसद्मा जारी अवरोधका कारण अब छिट्टै निर्वाचन केन्द्रित हुने मनस्थितिमा छ । त्यसै कारण सरकारले प्रदेश सभा र प्रतिनिधि सभातर्फ रिक्त पदमा उपनिर्वाचन गर्न रुचि देखाएको छैन । हाल प्रतिनिधि सभातर्फ चार र प्रदेश सभातर्फ १८ पद गरी २२ पद रिक्त छ ।
आयोगले निर्वाचनका विषयमा केही दिनभित्रमा नै सरकारसँग परामर्शसमेत गर्ने बताइएको छ । यसैगरी, राजनीतिक दल तथा सुरक्षा निकायसँग पनि निर्वाचन रणनीति’ आयोगले छलफल गर्नेछ ।
आयोगले आगामी निर्वाचनलाई नै लक्षित गर्दै निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैंगिकता तथा समावेशिता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा सञ्चारकर्मीहरूसँग छलफल गरेको हो । उक्त समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित छ ।