काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लामो समयदेखि जारी विवाद अन्त्य अध्यक्षद्वोय सहमति भएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारती पुष्पकमल दाहाल प्रचण्डको बुधबार भएको सहमतिले नेकपामा भएको विवाद अन्त्य भएको घोषणा समेत गरिएको छ ।
गएको वैशाखदेखि जारी विवाद अन्त्य गर्नेगरी ओली र प्रचण्डबीच सहमति जुटेको र सो सहमतिलाई १५ बुँदामा प्रस्तुत गरी शुुक्रबार (२६ गते) बस्ने बैठकमा पेस गरिने भएको छ । त्यही बैठकको लागि अध्यक्षद्वोयले गरेको गरेको सहमति नै विवाद अन्त्य दस्तावेज भनिएको छ ।
१५ बुँदे सहमतिपत्रमा धानमन्त्री ओली सरकारका काममा मात्र केन्द्रित हुने र प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख गरिएको छ । सहमतिको सो प्रस्ताव सबै स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि पठाइएको नेकपा स्रोतको भनाइ छ । पार्टीलाई विधि र प्रक्रियाको आधारमा सञ्चालन गर्न, मन्त्रिमण्डल पुनर्गठन गर्न, केन्द्रीय सदस्यको जिम्मेवारी पुनरावलोकन गर्न र कात्तिकदेखि महाधिवेशनको तयारी थाल्न ओली र प्रचण्ड सहमत भएको बताइएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो । एकता महाधिवेशन भएकोले सहमतिकै आधारमा गर्ने बताइएको छ । जसमा चैत २५ देखि ३० सम्म महाधिवेशन गर्नेगरी तयारी गरेको नेकपाले यससम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक राख्ने प्रस्तावमा ओली प्रचण्ड सहमत भएको छन् ।
असार १० गते बसेको स्थायी समितिको बैठकमा पार्टी र सरकार सञ्चालन गर्न ओली असफल भएको भन्दै दुवै पदबाट राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको थियो । त्यसपछि ओलीले कुनैपनि पदबाट राजीनामा नदिने अडान लिएपछि असार १८ गतेपछि स्थायी समितिको बैठक पटक पटक स्थगित हुँदै आएको छ । साउन १३ गते बोलाइएको बैठक अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डले २९ जना अर्थात् बहुमत सदस्य लिएर बालुवाटारमै बैठक सञ्चालन गरेका थिए ।
बैठकले विवाद समाधानको लागि ओलीसँग वार्ता गर्ने र सहमतिकै आधारमा रोकिएको स्थायी समितिको बैठकको मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । सोही आधारमा ओली प्रचण्डले बुधबार सहमति गरेका छन् ।
सोही आधारमा ओली–प्रचण्डबीच भएका पटक पटकका छलफलपछि विवाद समाधानको लागि साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, शंकर पोखरेल रहेको समस्या समाधान सुझाव कार्यदल गठन गरिएको थियो । सो कार्यदलले एक हप्ता लगाएर भदौ ७ गते १७ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा भदौ १८ गते बसेको सचिवालय बैठकले दिएको सुझाव समेत समेटेर बुधबार ओली र प्रचण्डले १५ पृष्ठ लामो विवाद समाधान प्रस्ताव तय गरेका हुन् । सो प्रस्ताव २६ गते बस्ने स्थायी समिति बैठकमा प्रस्तुत गरिनेछ ।
सहमति भएका मुख्य एजेन्डाहरु
१ परिमार्जनमा एमसिसी
नेकपामा एउटा मुख्य विवादको रुपमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) थियो । स्थायी समिति र सचिवालय बैठकमा पेस गरेर अमेरिकासँगको सहमतिमा संशोधन गरेर मात्र अनुमोदन गर्न दुवै अध्यक्ष सहमत भएका छन् । यसअघि ओली हुबहु लागु गर्ने र प्रचण्ड परिमार्जनको पक्षमा थिए ।
‘एमसीसीलाई परिमार्जन गरेर मात्र अुमोदन गर्न प्रधानमन्त्री तयार हुनुभएको छ, स्थायी समिति र सचिवालयले दिएको परिमार्जन र संशोधन प्रस्तावपछि मात्र त्यो पारित हुनेछ,’ एक स्थायी समिति सदस्यले भने ।
२ सन्तुलित मन्त्रिपरिषद् पुनर्गठन
दुई अध्यक्षले मन्त्रिपरिषद्, प्रदेश मन्त्रिपरिषद् पुनगर्ठन गर्ने पनि सहमति गरेका छन् । प्रदेश मन्त्रिपरिषद् हालसम्म पुनर्गठन भएको छैन। ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार छ ।
मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने सहमति पनि भएको छ ।
केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा संस्थागत रुपमा छलफल गरेर मात्र संसदसमक्ष प्रस्तुत गरिने विधेयकका सैद्धान्तिक पक्ष र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका नीतिगत विषयमा पार्टीको धारणा तय गर्ने प्रस्तावमा उल्लेख छ ।
३ केन्द्रीय समिति बैठक
प्रस्तावमा केन्द्रीय समिति बैठक कात्तिक १५ देखि १७ गतेसम्म गर्न प्रस्ताव गरिएको छ । दुईदिन बस्ने सो बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्न प्रस्ताव गरिएको छ ।े
४ नेपालको माग सम्बोधन
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा विधि र प्रक्रियाको कुरा उठाउँदै आएका छन् । नेपालको मागलाई सम्बोधन गर्नेगरी ओली प्रचण्डले सहमति जनाएका छन् ।
विगतका अन्तरविरोध एवम् अनुभवहरुबाट शिक्षा लिन र पार्टी एकताको मर्म एवम् भावना, दुई पार्टीबीच एकता गर्दाका सहमतिहरु र संस्थागत रुपमा तय गरिएका नीति, विचार, विधि तथा पद्धति अनुशरण एवम् कार्यान्वयन गर्दै अघि बढ्ने सहमति भएको छ ।
५ गुट उपगुटको को अन्त्य
नेकपाले विद्यमान गुट उपगुटलाई कडाइका साथ अन्त्य गराउने भएको छ । पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरुलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ,’ प्रस्तावमा भनिएको छ ।
के ‘कार्यन्वय’ होला त ?
नेकपाको गठनपछि ओली प्रचण्डबीच धेरै सहमति भएका छन् । विशेष गरेर दुई अध्यक्षबीच भएको सहमति ओलीबाटै उलंघन हुँदै आएको प्रष्ट छ । ओलीबाट पार्टी सचिवालयले गरेको निर्णय समेत ओलीबाटै उलंघन हुँदै आएको नेकपा सचिवालयकै नेताहरु बताउँछन् ।
‘तत्कालको नेकपाको विवाद अन्त्य गर्दै पार्टी गति दिन दुई अध्यक्ष सहमत देखिन्छन, तर, मेरो व्यक्तिगत विचारमा कार्यन्वय हुने जस्तो लागेको छैन,’ एक सचिवालय नेताले भने, ‘कार्यकारी अध्यक्ष त सचिवालयले प्रचण्डलाई दिने भनेर पहिलानै गरेको हो ? अनि उपाध्यक्ष कमरेड बामदेम गौतम जी लाई राष्ट्रियसभा लैजाने भनेर पनि पहिला नै गरेको अहिले अहिले कार्यन्वय भयो, ओली नगलिकन पार्टीको निर्णय कार्यन्वय गरेको भए विवाद नै आउने थिएन ।’
उनले गोप्य रुपमा ओलीमाथि शंका लागेको बताए । यता विगतका घटनाक्रमलाई हेर्दा पनि ओलीबाट प्रचण्ड र नेकपालाई धोका हुँदै आएको प्रष्ट छ । उनै नेकपा सचिवालय सदस्य भन्छन, ‘महाधिवेशनको कुरा पनि ओलीले आफुअनुकुल नभइकन गर्न मान्दैनन् । अनि मन्त्रीपरिषद् पुर्नगठन पनि त्यही हो ।’