उदयपुर । नेकपा माओवादी केन्द्र उदयपुरका नेता तथा संविधानसभा सदस्य मोहनबहादुर खत्री उर्फ हेनरी तथा दिपकले नेकपा माओवादी केन्द्र १ प्रदेश समितिको अध्यक्षमा आफ्नो दाबी रहेको गर्नु भएको छ ।
खत्रीले विहीबार एक विज्ञप्ति जारी गर्दै अबको माओवादी केन्द्र प्रदेश १ को प्रदेश समितिमा अध्यक्षमा आफ्नो दाबी रहेको घोषणा गर्नु भएको हो । उहाँको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ को प्रथम अधिबेशनको पदाधिकारी चयन सम्बन्धि छलफलको क्रममा हिजो (बुधबार) दाबी गरिरहनु भएका केन्द्रीय सदस्य कमरेडहरुले दाबी छोडेको अबस्थामा मेरो पनि अध्यक्ष पदको लागि दाबी रहेको छ ।’
खत्रीले अहिलेको प्रदेश समितिमा सिनियर क्याडर पनि भएको दाबी गरेको बताउनु भएको छ । जनयुद्धको प्रारम्भ देखि नै पुर्णकालिन भएर इतिहासले दिएको जिम्मेवारी निरन्तर पार्टीको अग्र मोर्चामा नै रहेर पार्टी संगठन र आन्दोलनको नेतृत्व गरेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘इतिहासले दिएको जिम्मेवारी सफलता पुर्बक पुरा गर्दै यहाँसम्म आएको छु ।’
माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा पोलिट व्युरो सदस्यसमेत रहनु भएका खत्रीले विज्ञप्तिमा भन्नु भएको छ, ‘‘हामी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकीकरण भएर नेकपा हुँदा केन्द्रीय जिम्मेवारीमा नपारेर छुटेका मात्र हौ । अब प्रदेश पार्टीको नेतृत्व गर्ने जिम्मेवारी बिश्वास गरेर हामीलाई दिनुस प्रदेशको पार्टीलाई बिचार र संगठन दुबै दृष्टिकोणबाट नेतृत्व प्रदान गर्न सक्छौ ।’
प्रदेश समितिको पहिलो बैठक हिजाे बुधबार विराटनगरमा पुराना माओवादी नेता टंक गिरी (महेश)को अध्यक्षतामा बसेकाे थियाे । पदाधिकारी चयनकाे लागि बसेकाे बैठक पदाधिकारी चयनकाे लागि अर्काे कार्यदल गठन गरेर सम्पन्न भएकाे छ । साेही बैठकमा प्रदेश १ अध्यक्षकाे दाबी गरिरनु भएका केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले भने बुधबारको बैठकमा आफ्नो दावेदारी फिर्ता भएको जानकारी दिनु भएकाे छ ।
प्रदेश समितिको समितिको पहिलो बैठकमा आफूहरु ‘ब्याक’ हटेको जानकारी दिएसँगै अब केन्द्रीय सदस्य बाहेकबाट पदाधिकारी चयन हुने भएको छ । पदाधिकारी चयन गर्न पुस ७ गते बैठक बस्ने निर्णय मंगलबारको बैठकले गरेको छ । साेही बैठकमा उदयपुरका खत्रीले पनि दाबी रहेकाे घाेषणा गर्नु भएकाे छ ।
तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोडेपछि सुनसरीका सह–इन्चार्ज रहेका शिबकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो तथा पाँचथरका सह–इन्चार्ज रहेका हर्कबहादुर नेम्वाङले अध्यक्षको दावी गरेका थिए । अब प्रदेश अध्यक्षकाे दाबी गर्नेकाे संख्या चार पुगेकाे छ । जसमा उदयपुरका खत्री, सुनसरीका शिबकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो र पाँचथरका हर्कबहादुर नेम्वाङ रहेका छन् ।
यस कारण अध्यक्षमा खत्रीकाे दाबी
जनतामा लोकप्रियता, त्याग, तपस्या र पार्टीको सिपाहीँ बताउने खत्री माओवादी आन्दोलनको एक कुशल कमाण्डर हुनुहुन्छ । माओवादीको १० वर्षे 'जनयुद्ध'मा उदयपुरका एक कमाण्डर मानिने खत्री ०६४ सालमा भएको संविधानसभाको निर्वाचित सभासद हुँदै पार्टीको विभिन्न जिम्मेवारी सम्हालि सक्नु भएकाे व्यक्ति हुनुहुन्छ ।
खत्रीले १० वर्षे 'जनयुद्ध'मा १० वर्ष व्यतित गर्नु भएकाे सबैकाे सामु प्रष्ट छ । युद्धमा गएका साथी सहकर्मी गुमाएको तिताे अनुभव खत्रीसँग छ । १० वर्ष पूर्णकालीन माओवादी कार्यकर्ता भएरै बिताए, अहिले पनि छु । जिल्लामा पूर्णकालीन योद्धा भएर काम गरेका खत्रीले उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा, रामेछाप, सप्तरी, सिन्धुली, धनुषा लगायतका जिल्लामासमेत राजनीतिक संगाठानिक जिम्मेवारी सम्हाली सक्नु भएकाे छ । ‘पार्टीले जुन भूगोलमा जिम्मेवारी दिएर पठाउँछ, त्यही भूगोलमा जिम्मेवारी निर्वाह गरेको छु,’ उहाँ भन्नु हुन्छ, ‘अब पार्टीले प्रदेश १ काे अध्यक्षाकाे जिम्मेवारी दिए वहन गर्न तयार छु ।’
पूर्वी कमाण्ड अन्तर्गतको धेरै जिल्लामा भएका युद्ध मोर्चाहरू र भिडन्तहरू प्रत्यक्ष वा अप्रत्यक्ष सहभागी खत्री हुनु भएकाे थियाे । घोडेटार, चोहरवा चुरे क्षेत्र र उदयपुरको महाभारत भेगमा भएका दर्जनौं भिडन्तमा लडेको खत्री बताउनु हुन्छ । उहाँ भन्नुहनु्छ, ‘भोजपुरको तिवारी भन्ज्यङ र चुरेको खुट्टी खोला, पलार जस्ता भिडन्तमा सेकेन्डको भरमा बाँचेको मान्छे हुँ, त्यसैले मैले मेरो जीवनलाई नाफाको जीवनको रूपमा लिएको छु, नाफाकाे जिन्दगीनै पार्टीकाे जिन्दगी हाे ।’ अबका दिनमा प्रदेश १ पार्टीकाे जिम्मा दिए,त्याे पनि पुरा गर्ने छु ।
अबको बाँकी जीवन पनि देश जनता र पार्टीको सेवामै समर्पित गर्ने अठोट लिनु भएका खत्री भन्नुहुन्छ, ‘पूर्णकालीन रूपले कम्युनिष्ट पार्टीलाई समय दिएको तीन दशक पुग्न लाग्याे । अझै २०/२५ वर्ष पार्टीलाई पूर्ण समय दिन सक्छु । खत्रीले उदयपुरको कम्युनिष्ट आन्दोलनको संगठन र संर्घषको इतिहास समेटिएको पुस्तकसमेत लेख्नु भएकाे छ ।
खत्रीको राजनीतिक तथा सांगठानिक यात्रा
हालको कटारी नगरपालिका-८ सिरिसे तथा साविकको सिरिसे ७ पट्नाभन्ज्यङमा बुबा यत्नबहादुर र आमा स्वर्गीय यमकुमारी खत्रीको जेठो सन्तानका रूपमा ०३२ साल पुस २८ गते जन्मेका हुन्, खत्री । खत्रीले गाउँमै माध्यमिक तहमा पढ्दै गर्दा राजनीतिक यात्रा सुरु गर्नु भएकाे हाे । शिक्षामा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गर्नु भएका खत्रीले २०४९ सालमा अखिलको जनमुखी माध्यमिक विद्यालय बसेरी हर्देनीको इकाई अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गरेको बताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘त्यसपछि म जिल्ला सम्मेलनमा प्रतिनिधि भएर गाईघाट आएको थिए,’ उहाँले भन्नु भयाे, ‘०५० सालको सुरुतिर तत्कालीन नेकपा एकता केन्द्रका नेता पूर्णबहादुर खत्रीले अखिल क्रान्तिकारीमा जोडेर क्रान्तिकारी धारमा लाग्न उत्प्रेरण दिनुभयो, त्यसपछि म, नेकपा एकता केन्द्रको निकट रहेको अखिल क्रान्तिकारीमा लागेँ ।’
त्यही अखिल क्रान्तिकारीको २०५० सालमा त्रिवेणी बेलसोतमा भएको जिल्ला भेलाबाट उहाँ जिल्ला सदस्य बन्नुभयाे । ‘२०५२ सालमा अखिल क्रान्तिकारीको कटारीमा भएको प्रथम जिल्ला भेलाबाट उदयपुर जिल्ला संयोजक भएँ,’ उहाँले भन्नुभयाे, ‘०५३ सालमा भएको अखिल क्रान्तिकारीको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए ।’
तत्कालीन नेकपा माओवादीमा २०५३ सालदेखि पर्णकालीन भएँ । अनि २०५३ सालमा संयुक्त जिल्ला समिति तीन नम्वर इलाका सदस्य, २०५६ साल अन्तिमतिर संयुक्त जिल्ला संगठन समिति सदस्य हुन पुगे, उहाँ भन्नुहुन्छ । २०५९ सालमा खोटाङ, सोलुखम्बु, भोजपुर र संखुवासभाको केही भूगोललाई मिलाएर बनाएको विशेष जिल्ला सेक्रेटरी र जनकपुर सगरमाथा ब्युरो सदस्यको जिम्मेबारी पाएँ । उहाँ थप्दै भन्नुहुन्छ, २०५९ भदौदेखि २०६१ कात्तीकसम्म जनकपुर (सगरमाथा ब्यूरो कर्यालय सचिव, ०६१ कात्तीकदेखि २०६२ मध्यसम्म उदयपुर जिल्ला इन्चार्ज भएर काम गरे ।
२०६२ देखि ०६५ सम्म उदयपुर जिल्ला सेक्रेटरी र साथै पहिलो संविधानसभाको निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट उदयपुरको निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्य भए । उहाँ थप्नु हुन्छ, ०६८ देखि ०६९ सम्म उदयपुर जिल्लाको पुन जिल्ला इन्चार्ज, ०६९ देखि ०७१ वैशाखसम्म एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको जिल्ला संयोजक, ०७४ सालदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य, हुँदै पोलिटब्युरो सदस्य र उदयपुर जिल्ला इन्चार्ज भएर अहिले माओवादी केन्द्र प्रदेश १ काे सदस्य हुँ । त्यही प्रदेश सदस्य भएकाले अबकाे प्रदेश पार्टी अध्यक्ष दाबी गरेकाे हुँ ।
त्यही भएकाले प्रदेश १ समितिकाे अध्यक्ष दाबी गरेकाे हुँ । विघठित डबल नेकपाकाे कारण राजनीतिक यात्रमा ठाेस लागेकाे छ, अबका दिनमा पार्टीले मुल्यंकन गरिदिन्छ भनेर कार्यकर्ताकाे साथमा प्रदेश १ समिति अध्यक्ष दाबी गरेकाे हुँ । उहाँले भन्नु भयाे ।