उदयपुर । नेकपा (माओवादी केन्द्र) को देशभर भएको पालिकाका सम्मेलनमा उदयपुरको आठै पालिकामध्ये पाँच पालिकामा नयाँ नेतृत्व चयन भएको छ ।
गएको शनिबार सम्पन्न भएको पालिका सम्मेलनबाट कतै सर्वसहमत कतै निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन भएको हो । चार गाउँपालिका र चार नगरपालिका रहेको उदयपुरमा पनि एकसाथ भएको पालिका सम्मेलनबाट कटारी, बेलका नगरपालिकाको नयाँ नेतृत्व चयन भएको छ, भने यता चार गाउँपालिकामा ताप्ली, लिम्चुङबुङ, रौतामाई गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति उदयपुरका सचिव दुर्गा बुर्जा मगरका अनुसार त्रियुगा, चौदण्डी नगरपालिकाका र उदयपुरगढी गाउँपालिकामा नयाँ नेतृत्व चयन हुन बाँकी रहेको छ । ‘त्रियुगा नगरपालिकाको नगर कमिटीको सचिवमा कुरुङ राई निर्विरोध हुनु भएको छ, भने अन्य पदमा निर्वाचन हुने भएको छ,’ उहाँले भन्नुभयो, ‘चौदण्डी नगरपालिका र उदयपुरगढीमा निर्वाचन हुने भएको छ ।’
त्रियुगा नगरपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष नरबहादुर कार्की र सचिव गिता खड्का कार्कीको दाबी रहेको छ । यसैगरी अध्यक्षका चौदण्डीमा आँकाक्षीहरु धेरै भएका सहमति नभए निर्वाचन हुने बताइएको छ । यता उदयपुरगढी गाउँपालिकामा वर्तनमा अध्यक्ष देब गिरी र दिपक तामाङको दाबी रहेको छ । जसको कारण नेतृत्व चयन हुन बाँकी रहेको छ ।
यही हुन नयाँ नेतृत्व पाएका पाँच पालिका
कटारी र बेलका नगरपालिका, लिम्चुङ्गबुङ्ग, ताप्ली र रौतामाई गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ । जसमा पाँचै पालिकाका पदाधिकारीकाे नाम यस प्रकार रहेको छ ।
१ लिम्चुङ्गबुङ गाउँपालिका
अध्यक्षः मेजर कुमार राई
उपाध्यक्षः भिम किरात
उपाध्यक्षः दिनेश राई
सचिवः मनोज बुढाथोकी
सह सचिवः नन्द राई
कोषाध्यक्षः सुना राई
२ः रौतामाई गाउँपालिका
अध्यक्षः विरेन्द्र मगर
उपाध्यक्षः समीक्षाकुमारी मगर
उपाध्यक्षः फुलकुमारी मगर
उपाध्यक्षः देवेन्द्र रायमाझी
सचिवः भरतमणि दाहाल
सहसचिवः गणेश राई
कोषाध्यक्षः कोपिला पुलामी मगर
३ ताप्ली गाउँपालिका
अध्यक्षः गुरु प्रसाद पोखरेल
उपाध्यक्षः फत्त ज्यु ठकुरी
उपाध्यक्षः रेनुका बुढाथोकि
उपाध्यक्षः गोकुल सेन
सचिवः भोजराज मगर
सह सचिवः चित्र वहादुर मगर
कोषाध्यक्षः अमृत माया बि क
४ बेलका नगरपालिका
अध्यक्षः मनोज तामाङ
उपाध्यक्षः जयकुमार राई
उपाध्यक्षः मिश्रीलाल मेहत्ता
उपाध्यक्षः लेखबहादुर परियार
सचिवः भरत घिमिरे
सह सचिवः पबित्रा राई
कोषाध्यक्षः हरि जोसि
५ कटारी नगरपालिका
अध्यक्षः मणिराज दाहाल
उपाध्यक्षः केदार कोइराला
उपाध्यक्षः कमल श्रेष्ठ
उपाध्यक्ष: विवेक श्रेष्ठ
सचिवः यम्बर बहादुर कटुवाल(बासु)
सहसचिवः मिना कोइराला
कोषाध्यक्षः योगेन्द्र दनुवार