उदयपुर । स्वदेश तथा विदेशमा रहेका पूर्व जनमुक्ती सेनाका कमाण्डरहरुले क्यान्सर रोगबाट पीडित माओवादी केन्द्रका उदयपुरका नेता भिम अधिकारी (अनिल)लाई आर्थिक सहयोग गरेका छन ।
हाम्रा नेतृत्वहरु बाँच्नु र बचाउनु पर्छ अनि मात्र हाम्रो बिचार सिद्धान्त र संघर्ष जिवन्त रहन सक्छौ भन्ने उद्देश्यले वैदेशिक रोजगारी तथा नेपालमा रहेको पूर्व जनमुक्ती सेनाले सहयोग गरेको हो । पूर्व जनमुक्ती सेनाको तर्फबाट सुनिता लामा पोखरेल, दुर्गा कार्कीले विरामी नेताको घरमै पुगेर ३८ हजार ५ सय ३७ रुपैया हस्तान्तरण गरेका थिए ।
बिगत १० बर्षे जनयुद्दको क्रममा पनि सेना र संगठन एक सिक्काका दुई पाटाझैं भएर परिबर्तनको लागि संघर्ष गरेको ताजा इतिहास रहेको स्मरण गर्दै स्वेच्छिक सहयोग उठाएर सहयोग गरिएको पूर्व जनमुक्ती सेना नेपालका सुनिता लामा पोखरेलले जानकारी दिईन ।
पोखरेलका अनुसार हामीलाइ हाम्रो पार्टी संगठन र नेतृत्व प्यारो छ भन्ने बिचार भावनासाथ सबैले स्वेच्छिक सहयोग जुटाउने कार्यक्रम अनुसार आफ्नो गाँस काटेर नेताको जिवन रक्षा गर्न लागि परेको बताईन । ‘विगत युद्धको बेलामा पनि नेताको रक्षा गर्न जनमुक्ती सेनाले बन्दुक लिएर डिफेन्स गर्थाे भने अहिले फरक परिस्थिती भएकाले समस्या परेका नेतालाई आर्थिक सहयोग गरेर बचाउनु हाम्रो कतव्र्य हो ।’ पूर्व जनमुक्ती सेनका अर्का सदस्य दुर्गा कार्कीले भनिन ।
कार्कीका अनुसार क्यान्सर पीडित नेता अधिकारीलाई श्रमलेसियाबाट अनिल राई, तोबिन देबकोटा, बिबेक खत्री, सरोज जिम्मी, प्रबिण पर्कुली, कनक राई लगाएतबाट १६९२७.७५ रुपैया सहयोग प्राप्त भएको छ । त्यसैगरी दुबईबाट पृतम मगर (सुरेस), कतारबाट पर्शुराम श्रेष्ठ (पवन), नेपालमा रहेका रमिला बुढाथोकी (आस्था), बिना श्रेष्ठ (बिना), राम बहादुर सुयाल, तिर्थ खत्री, रेनुका मगर, शफा श्रेष्ठबाट गरी जम्मा नेपाली ३८,५३७ संकलन गरिएको छ ।
पूर्व जनमुक्ती सेनाका योद्धाहरुले माओवादी नेता अनिललाई आर्थिक सहयोग गर्न चाहने सुवेच्छुक तथा शुभचिन्तकहरुले राष्ट्रिय बाणिज्य बैक लि.को खाता नम्बर १०४०१०००२१६३५०१० मा सिधै सहयोग पठाउन अनुरोध समेत गरेका छन ।