उदयपुर । नेकपा माओवादी केन्द्रको देशैभर एकसाथ भएको वडा सम्मेलन उदयपुरमा लगभग सम्पन्न भएको छ । हिजो शनिबार एकसाथ सम्पन्न भएको वडा सम्मेलनमा उदयपुरको आठ पालिकाको ७५ वडा मध्ये ६४ वटामा सम्पन्न भएको छ ।
केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला सचिव दुर्गा बुर्जा मगरले जानकारी दिनु भएको छ । ‘वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको छ,’ उहाँले भन्नु भएको छ,‘पूर्ण विवरण आउनेक्रम जारी छ ।’
माओवादी केन्द्र उदयपुरका जिल्ला समन्वय समिति संयोजक विनोद कटुवाल दिवशका अनुसार शनिबार छुटेका वडाहरुआज आइबार वडा सम्मेलन जारी छ । ‘सबै वडामा एकैदिन अविधेशन गर्ने तय भए पनि प्राविधिक कारणले केही छुटेको जानकारी आएको छ,’ उहाँले भन्नुभयो, ‘आज विहानदेखि धमाधम सम्मेलन चलेको छ ।’ कटुवालका अनुसार उदयपुरका अधिकाँश वडाहरु सर्वसहत रुपमा नेतृत्व चयन भएको छ । माओवादी केन्द्रले प्रत्येक वडामा २९ सदस्यीय समिति गठन गरेको छ ।
माओवादी केन्द्रका अनुसार वडा सम्मेलनमा विभिन्न पार्टी परित्यग गरी जनप्रतिनिधि र अन्य पार्टीका नेता कार्यकर्ता समेत माओवादी केन्द्रका प्रवेश गरेका छन् । माओवादी केन्द्रले हिजो शनिबार एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको थियो । बाँकीमा आज जारी राखेको छ । माओवादी केन्द्रले मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ ।
यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ । माओवादीले आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाण्डौमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
कुन पालिकाको कुन वडाको वडा समिति अध्यक्ष को बने ?
१ ताप्ली गाउँपालकिा
१ मा इन्द्रबहादुर ज्यू
२ मा कृष्णबहादुर राई
३ मा बाँकी
४ मा प्रेमबहादुर मगराती
५ मा मणिकुमार राई
२ लिम्चुङबुङ गाउँपालिका
१ मा जनदेव थापा मगर
२ मा बाँकी
३ मा चित्रबहादुर मगर
४ मा गणेश राई
५ मा बीरबहादुर खड्का
३ रौतामाई गाउँपालिका
१ मा भरत तामाङ
२ मा खम्ब बिष्ट
३ मा जितेन राई
४ मा दिपक रोक्का सार्की
५ मा सरगम राई
६ मा पृथ्बी राई
७ मा सन्तोष मगर
८ मा सुमन लायो मगर
४ उदयपुरगढी गाउँपालिका
१ मा गम्भिरबहादुर मगर
२ मा बहादुर थापा मगर
३ मा शेरजंग तामाङ
४ मा नरबहादुर तामाङ
५ मा अम्बरबहादुर राई
६ मा बाँकी सम्मेलन जारी
७ मा किरण मगर
८ मा टेकबहादुर राई
५ त्रियुगा नगरपालिका
१ मा बाँकी
२ मा कुमार अधिकारी
३ मा टिका पोखरेल
४ मा नारायण ठकुरी
५ मा मानबहादुर खड्का
६ मा प्रवेश खड्का
७ मा बाँकी
८ मा बाँकी
९ मा बाँकी
१० मा नबिन राई
११ मा शिव खड्का
१२ मा नविन राई
१३ मा बाँकी
१४ मा बेदप्रसाद राई
१५ मा गणेश तिम्लसिना
१६ मा उपेन्द्र रखाल मगर
६ चौदण्डी नगरपालिका
१ मा मणि राई
२ मा लोकबहादुर मगर
३ मा नैनकुमार राई
४ मा कुमार राई
५ मा बाँकी
६ मा बिदुर राई
७ मा देवन मगर
८ मा आङदण्डी राई
९ मा बाँकी
१० मा बाँकी
७ कटारी नगरपालिका
१ मा रुद्र आले
२ मा बाँकी सम्मेलन जारी
३ मा धुर्वसिंह कार्की
४ मा रामबाबु खड्का
५ मा किसनलाल दनुवार
६ मा रेवत मगर
७ मा रामबाबु दनुवार
८ मा इन्द्र मगर
९ मा धुर्व कार्की
१० गौरब कटुवाल
११ मा अर्जुन राउत
१२ मा टेकबहादुर कार्की
१३ मा रेशम बराइली
१४ मा कुमार धमला
८ बेलका नगरपाकिलाका
१ मा लिला न्यौपाने
२ मा नीर ब बस्नेत
३ मा भरत राई
४ मा बिदुर दाहाल
५ मा सुजित तामाङ
६ मा आकास राई
७ मा टिकाराम राई
८ मा अर्जुन राई
९ मा भिम बहादुर बिक
(नोटः सबै निर्वाचित भएका वडा समिति अध्यक्षहरुको नाम हाे)