कटारी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन कटारीको नगर अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको अधिवेशनबाट अध्यक्ष कार्कीको अध्यक्षतामा २० सदस्य नगर कार्यसमिति सर्वसहतिमा चयन गरेको छ । अध्यक्ष कार्कीका अनुसार यसैगरी बरिष्ठ उपाध्यक्षमा उपाध्यक्ष श्याम पंडित, महिला उपाध्यक्ष अरुणाकुमारी तामाङ र अर्का उपाअध्यक्षमा रामानुज यादव चयन हुनु भएको छ ।
यसैगरी सचिवमा अर्जुन कार्की, अर्थ सचिवमा दिपक श्रेष्ठ र सहसचिव चित्र राउतलगायत २१ सदस्य नगर कमिटी गठन भएको सचिव कार्कीको भनाइ छ । कार्कीका अनुसार सदस्यहरुमा नातिबाबु भट्टराई, विमला भट्टराई, गंगा चौधरी, सिंहबहादुर भुजेल, कृष्का कार्की, भिम राई, केशव थापा, भुप कार्की, डम्बर पोखरेल, सरस्वती कार्की, कल्पना थापा, डाकबहादुर कार्की र प्रेमबहादुर कार्की चयन हुनु भएको छ ।
अधिवेशन कार्यक्रममा प्रमुख अतिथितका रुपमा शुभकामना मनतव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उदयपुरका जिल्ला समन्वय समितिका संयोजक विनोद कटुवाल दिवनले शिक्षकहरुको हकहितको लागि सम्पूर्ण शिक्षकहरुलाई एकीकृत अखिल नेपाल शिक्षक संगठन आवद्ध हुनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘सम्पूर्ण शिक्षकहरुको हकहितकको लागि भरपर्दो संगठन भनेको एकीकृत अखिल नेपाल शिक्षक संगठन हो ।’
उहाँले राज्य व्यवस्था परिवर्तनका लागि शिक्षकहरुको भुमिका महत्वपूर्ण इतिहास रहेको चर्चा गर्नु भएको थियो । उक्त अधिवेशन कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य माेहनबहादुर खत्री, भेषकुमारी राउत लगायतका नेतागणको उपस्थिति रहेको थियो ।