लुगा सिंउने पेशा काहिँलाको परापूर्व कालदेखि आजसम्म चलेकै छ । घरमै काम गर्दै विष्टहरुलाई रिझाएको छ काहिँलोले । घरका दशभाइ सहोदर दाजुभाइमध्येको जन्म क्रमको चौथौ पात्र हो काहिँलो । सिलाई बुनाइलाई अठाअर वर्ष पछि पुनर्ताजकी गरेको छ काहिँलाले । सालाखाला समसामयिक विषयमा राम्रै चासो राख्छ काहिँलो ।
करिब एक्काइस बर्ष अघिको कुरा हो, तराइमा नयाँ आवोहावा शुरु भएको पनि पाँच वर्ष विति सकेको थियो । त्यो हावा काहिँलालाई पनि थोर बहुत स्पर्श गरी रहेथ्यो । घरको गरिबी, काहिँलो भने जगिरमा गएथ्यो । अठार वर्षमा जागिर छोड्नु अघि उसले एउटा सामग्री फेला पारेथ्यो । त्यो सामग्री एउटा सानो लिप्टो सादा कागजमा लेखिएको थियो । लेखनको शुरुमा “नयाँ युग” बाट साभार गरिएको कुरा उल्लेख गरिएकोे थियो । त्यो सादा कागजको सामग्री गण सरुवा भई नुनढिके लेक चढ्दा भेटेथ्यो काहिँलोले । बिच बाटोमा एक रातो प्लाष्टिकमा बडो मजासँग जतनले मोरेर छोडिएको थियो त्यो कागज ।
कागजमा लेखिएको थियो – आज भन्दा छ वर्ष अघिको कुरा हो । साउन महिना थियो, तर गते बार याद भएन । रातको दश बज्नै लाग्दा मेरो विद्यालय तहका सहपाठी मित्र इन्द्र आएर मलाई घरमै भेटे । “नर बहादुर दाइले तपाँइलाई खोज्नु भएको छ ।” भन्दै प्रसंग शुरु गरे । “पर मूल सडकको छेउमा साइकलमा अडिएरै नर बहादुर दाइ हामिलाई पर्खिरहनु भएको छ ।” उनले भने । मैले सोधे,ं “को नर बहादुर दाइ ? अनि किन मालाई भेट्न खोज्नु भएको रहेछ नि ?” “उतै गएर चर्चा गरौं” भन्दै घरबाट बाहिर जाने इसारा गरे मलाई इन्द्रले । दुवै जना घरबाट निस्क्यिौं । पर सडकमा पग्यौं ।
नर बहादुर दाइले भने लामो चुच्चो भएको रातो क्याप टोपी र घाँटीसम्म छोपिने रुमालले चिंउडो,मुख, नाक सम्म नजर बन्दमा राखेका थिए । म नजिक पुग्दा मुख फोरे नर बहादुरले “तपाईंलाई म राम्रै गरी जान्दछु ,चिन्दछु पनि । हाम्रो पुरानै हेलमेल हो नी । म अस्ति विद्यालयको भू.पू. विद्यार्थी सम्मेलनको सचिव भएथें । तपाई पनि त सदस्य हो नि ।” म छक्क परें, केहि जवाफ फर्काइँन । “ सार –समीक्षा र भलाकुसारी पछि गरौंला, विषयवस्तुमै लागौं”, उनले भने । इन्द्र बोलेनन् । चुपचाप सुनिरहे ।
“जनयुद्व चल्दै छ, तपाँइले वैचारीक र सांगठनिक खुराक थप्नु प–यो”, उनले भने । म त्यसकै खोजिमा एक्लै भौतारिंदै थिंए । “हुन्छ, हुन्छ ।” मैले जवाफ फर्काएँ । “ अब अहिले नै हामीसँग लागांै, यहाँ अरु मान्छे आँउन सक्छन्, हिडौं”, उनले भने । म इन्द्रकै साइकलको पछाडी बसें । नर बहादुर एक्लै चले । रातको करिब तिन बजे गन्तब्यमा पुगेका थियौं हामी । जंगलभित्र ठूलो भेला रहेछ । बाहिरी घेरा , दोस्रो घेरा अनि बिचमा बाक्लो जमात देखें मैले । अविर लगाइयो मलाई ,नाम गजराज हुनाले “गर्जन” उपनाम र एक कृष्णश्वेत बुलेटिन दिइयो मलाई । बत्ती भने धेरैका हात हातमा थिए । मनग्यै उज्यालो थियो । बुलेटिनमा तस्विरहरु मात्र देखियो । दृष्य सामाग्रीको संगालो थियो त्यो बुलेटिन । पढ्ने कुरा थिएन । विगत साँढे पाँच वर्ष देखिका विशेष तस्विरहरु एकतृत थिए त्यसमा । आज पनि त्यो बुलेटिन मसँग छँदैछ ।
यो अलिखित “नयाँ युग” र उहि त्यस दिन मैले पाएको लिखित बुलेटिनको ठिक मिलनको पर्खाइ गर्दैछ काहिँलो आजसम्म । त्यो रात उज्यालो थियो । त्यो जंगलको भेला उज्यालो थियो । ती राता मान्छे उज्याला थिए । इन्द्र अनि नर बहादुर उज्याला थिए । आज दिन, जंगल, ती राता मान्छे सवै अँध्यारा छन् । इन्द्र र नर बहादुर स्खलित छन् । म निरास छु । तर म कटिबद्व छु । म उज्यालोको पर्खाइमा छु ।
यो पिडा कँयौं मान्छेमा छ आज ! तर पनि स्वेच्छाले जागिर छोडेको काहिँलो भने पुरानै पेशामा खुशी छ । शुखि छ । उसलाई राम्रो छ । रमाइलो छ । धन्य काहिँला । धन्य काहिँलाहरु ! अनि राता मान्छेहरु नि ???....
सम्पन्न !