निबन्धकार पुण्य कार्कीको २०७६ साल चैत्रमा प्रथम सँस्करणका रुपमा प्रकाशित ‘बङ्लङ बङ्लङ’ निबन्धसँग्रहको अन्तिममा समावेश भएको चौबिसौँ निबन्ध “श्वासको डोरी” पढियो । निबन्धलाई केलाउँदा निबन्धको शुरुवात ‘शरीरभित्र चल्ने.................... ’ बाट भई ‘..................डोरी पनि छिनिने छ ।’ मा पुगेर समापन भएको पाएँ । निबन्धको एकसरो पूर्ण पाठ पढेपछि मनमनै मुडेबल मौलाएछ । मेसो पाइएन ।
अब, यो निबन्ध निबन्धकारको उदेश्य र अर्थसँग मेल खाए खान्छ , नखाए खाँदैन, केहि अप्ठेरो रहने । निबन्धले मृत्युलाई मूल मर्म बनायो । तर मुडेबल भने तम्सिएर निबन्धको मोटामोटी लेखन सँरचनाको पाटोमा पल्टिएला जस्तो भो । वास्तवमा लिखतले मृत्यु र मायाँ दुवै ‘म’ अक्षरबाट उत्पत्ति हुने बताँउछ । मायाँ त मृत्यु अधि मात्र रहने चिज रहेछ । मायाँ कसैको लागि गरिन्न, त्यो त आफ्नो स्वार्थसँग झाँगिएको हुन्छ ।
जो कोहिको मृत्यु सुन्दैमा नमीठो लाग्छ । सुन्दा देख्दा र आफन्तभित्र पर्दा तीन चरणकै बढ्दा र फैलँदा किसिमका पीडाहरु अनुभुति हुन्छन् । पिडाको तिव्रताले आफूतिर नजिक हुने दुःखमा बढिनै गति लिन्छि । यो सत्य तीतो छ । वास्ताविक पनि । यो मनोविज्ञान मनु सम्प्रदायमा पनि रहन्छ भन्दा के फरक पर्ला र ? मृत्युशैयामा पुगेका पतिको सेवा पत्निबाट भएकोछ । छोराछोरी देश बिदेश पढ््न, कमाउन अनि रमाउन गए होलान् ।
त्यसमा मेहनत नगरौ । मधौरु पतिलाई दुध पियाउनुले पत्नि छोराछोरीकी मात्र आमा होइनन्, उनी पतिकी पनि आमा हुन् । उनी पृथ्वी हुन् । उनी गौमाता पनि । पतिप्रति उनले आमाकै बराबर धर्म निभाइन् । काखमा टाउको राखिन, मुसारिन आदि, आदि । उनी मधौरुकी पत्नि मात्र होइनन्, धर्मपत्नि, साथै अर्धाङ्घिनी पनि हुन् । आफ्ना प्राणपतिलाई उनी राम्रोसँग स्याहार–चाकर गर्छिन् । एक महिनाको चाकर, स्याहार–सुसारपछि पति मर्छन् । मनुवा एक महिनामा जन्मन्छ, एक महिनामा मर्छ ।
बाह्र महिनामध्ये एक जन्म महिना, एक मृत्यु महिना । कसै–कसैको एकै महिनामा जन्म, मृत्यु दुवै पनि हुन पुग्छन् । सालाखाला बाँकी रहेका दश महिना रँगमञ्चमा रमाइलो । विवाह महिनालाई सम्म चाँही जन्म महिनाबाट छल्न सकिने रहेछ । निबन्धमा मृत्यु हुने पात्रको रंग, रुप, वर्ण, धर्म र जात, थर अनि स्वभाव केही खुलाइएन । तथापी फरक परेन । ‘पति’ पात्र दोपहरमा देहत्यागको इजाजत पाँउछन् । दोपहर दिनको मध्यान्ह पछिको समय होला । यसले दुई वा दोस्रो खण्ड भन्ने अर्थ बोक्दछल् । श्वासको डोरी रहँदा सवै आफन्त, डोरी छिन्नासाथ सुकर्म, सुकार्य, सुकिर्ति, सुसंगत मात्र आफन्तजन । शरीरलाई प्रेम, मुर्दालाई घृणा गरन्छि । हेला त सबै अवस्थामा गरिन्न, तर डर, त्रास अनि भय मानिन्छ ।
फुपूको आदर्श यथार्थमा जीवन दर्शन ने हो । त्यसमा कुनै सन्देह छैन । ‘श्वास’ आफैमा सबैको धन मध्येको पनि मूलपूँजी हो । बिउ पूँजी हो । यो मासिन्न, मास्नु पनि हुँदैन । ब्याज आओस् नआओस पूँजी खोट्याउँदा ब्यवहार बिग्रन्छ । जीव–वनस्पतिमा मूल पूँजी नभए चल्दै चल्दैन । सामाजका मानवरुपी उपियाँले दुब्लाँउदैमा साथ छोड्छन् । असली उपियाँ त जीवत्व र रक्तकण चलुन्जेल सँगै बसेर साथ दिन्छ । योगशास्त्रले पनि मूलपूँजी सँचय, सँरक्षण र सुरक्षा गर्नु पर्ने बताउँछ ।
एक घण्टामा सक्काइस हजार छ सय पटक मूल पूँजी परिचालित हुन्छ । तर सामान्य अवस्थामा । कर्म–अकर्म, सुकर्म–कुकर्म, आदि स्पष्ट नहुँदा आ–आप्mनै कर्मलाई क्रियायोग्य नै मानिन्छ । तर कर्म भाग्य होइन, श्रम मेहनत अनि दिनचर्या मात्र हो । कर्ममा राम्रो–नराम्रो हिसाव गरिंदैन । ‘डाक्टर‘, ‘बैध’ र ‘कोमा’ शब्दतर्फ म त्रसित छु । कलोकोटे कानून र सेतोकोटे स्वास्थ्य भरसक हामीमा नजोडिएकै राम्रो । चिकित्सा विद्या पनि अपरिपक्क र हुर्कंदो अवस्थामा छ । श्वासको डोरी थोरै लम्ब्याउन सम्म सक्लान, तर जोड्न, छिन्न नदिन सकेका छैनन् । बरु यदाकदा त्यो पक्ष संवेदनशिल नभइदिंदा नछिन्ने डोरी कुबेलैमा छिन्ने गरेको देखें, सुनें, भोगें पनि ।
यो आलोचक निबन्ध र निबन्धकारप्रति होइन, यसको संरचनागत शैलिप्रति कोल्टे फेर्न निहँु खोज्छ । “श्वासको डोरी” को एकाछेउको मात्र भए पनि सँरचनागत प्रविष्टीलाई खोतल खातल गर्दछ । लेख्य संरचना सरसर्ती नियाल्दा एघार अनुच्छेदमा व्यवस्थित रहेछ । दोस्रो अनुच्छेद भएमध्यको जेठो र शक्ति सम्पन्न देखियो । अरुलाई उछिन पाछिन र पेलपाल पानि गर्ला कि जस्तो लाग्छ । जेठोले बढी अंश दावी गरेपनि आमा–श्वासको डोरी–चुपचाप छिन् ।
यहाँ बाबुको लेखाजोखा छैन । मनुवा बाहेक कसैले पनि बाबुलाई सरोकार राख्दैन । साहित्यले पनि त्यसै गर्दो रहेछ । दोस्रो अनुच्छेद पूरा लेखनको मुटु, मर्म, भावना र साख वा मूल घटनाको चक्रव्यूह समेत आफैं भित्र निजी करेसा बारीमा कोचार्छ । मधौरुले पनि यहाँ आएर प्राण पखेरु त्याग्छन् । मुर्दा बन्छन् । प्राण पखेरु तेस्रो अनुच्छेदबाट अर्को जीवात्माको देह खोज्छ, मुर्दा कात्रो, बुर्की, टिला, बाँस (घारो), जौ, लाभा, घ्यूको जोहोमा लाग्छ । दुई फरक–फरक, काम र चोचोमोचो फरक–फरक ।
मलामी नाइ–नास्ती गरे गनाँउछु, भन्नका खातिर छिटो–छिटो समाज बटुल्छ, त्यो मुर्दाको लम्पसार सक्रियता पनि तेस्रो अनुच्छेदबाटै थाल्ला । अब निवन्धलाई नियोजित ढंगले फन्दामा नफसाई सिधा–सिधा संरचनामा मात्र घुम्न, दौडन पनि सजिलै छ । लेखन संरचना र हिन्दु आर्य वर्णको मृत्यु संस्कार अनि परणोपरान्त जीवनको समेत एकै साथ चर्चा गरौं । दुई तीन प्रतिशत भन्दा बढी छिचोल्ने साहस भने छैन । शास्त्रवत ज्ञान पटक्कै होइन । वास्तवमा दोस्रो अनुच्छेद भारी, बोझिलो, गह्रौं अनि अर्थपूर्ण पनि । लेखन डोरी अलि कति लामो परिएको हो यसमा ।
अरु अनुच्छेदमाथि न्याय–अन्याय के भयो, थाहा छैन । ध्यान केन्द्र पनि दोस्रो चरणमै दोक्च्याइएछ । पाठकले पनि त्यँही थिचोमिचो गर्ला, डराउनु परेन । यस अनुच्छेदमा तेह्रवटा वाक्यहरुको समुदाय सृजित छ । लामा, छोटा, सरल, मिश्र, संयुक्त आदि इत्यादि । ब्याकरणमा गइएन । पहिलो वाक्य सोह्र शब्दमा सिंगारियछ । अलि पछिल्लो खण्डमा देहमुक्त बाक्यमा सात शब्द सजिए । ‘दोपहर’ शब्दको मदत लिई सक्दा दोहोरो–देह र आत्मा–दोकान दलदलेमा फस्दछ ।
यो ‘दोपहर’ मैले आजै देखेको । अब बदमासी गरें भने दोहोरो व्यवहारमा यसले दर्द ल्याँउछ । यो शब्दसँग मित्रता–शत्रुता आजै छिनोफानो हुने भयो, मेरो पनि । मन परे खोज्छ, मन नपरे छोड्छ । मोलकाज हुँदैन । गरिंदैन पनि । यो पनि दिनको आधा आयु बिताइसकेको शब्द हो । बरु म त्यहाँ सम्म भर्खर टेक्दैछु ।
अक्षर संरचनामा पैदलै पुग्दा जसका पनि पाइताला पेलिन्छन् । दुःख भने रत्ति भर छैन । माइलो अनुच्छेद शक्तिसम्पन्न । यसले पाइलो भएकै भरमा तीन सय पचासी (आधा र हलन्त–खुट्टो काटिएका बाहेक) पूर्ण अक्षरहरुलाई आलटाल गरी एकैसाथ ओइरो हालि दिन्छु ।
घट्टामा कति मकै अनि भित्रका घुन पिसिएलान् । सामलको स्वरुप खस्रो भए पनि शुद्घ साकाहारी, एकदशिमा पनि चल्ने । चिन्ह बिचारमा अल्पविराम दश अनि तेह्र पूर्णविराम पनि । एक जात थरको चिन्ह पनि छ , त्यसलाई मैले चिनजान नभएकाले सोधखोज गरिन । तेर्सो परेर पदारिएको छ ।
अब कत्तिको रिसाँउछ, त्यसलाई स्रष्टाले समेट्दा राम्रो । होइन भने अर्को पटकदेखि ठूलै बिगुचो गर्ला । रोइकराई गर्ला । पीर मान्ला, चिच्याउला, होहल्लै गर्ला, परपञ्चायती बसाउला, आठानासम्मको अदलती आदेश खटाई तिराउला । प्रतिष्ठामै पेचिलो पचका पच्काउला । त्यसै त अवश्य नछोड्ला । घाउ नबिर्सेला । खत नछोप्ला । प्रथम दुई वाक्यमा मिलान गर्दा एक सय एघार सग्ला अक्षर । त्यसपछिका पाँच पञ्च बाक्यमा पुनः एक सय एघार आँउदा एक सय वर्ष पुराना, पाका बा–आमाको उमेर । एघार काजकिरियाको अवधी । पितृलोकमा त एक वर्षलाई एक दिन मानिन्छ , र पो वर्षमा एकपटक दाना पानी दिन श्राद्घ गरिन्छ । आठौं देखि एघारौं गरी चार वाक्यमा शब्द संख्या एक सय तेह्र ।
तेह्रौंमा काम सक्नाले यसो हुन्छ । बाह्रौं र तेह्रौं दुई वाक्य पचास अक्षरका हुनाले अबका मनुवा बल्ल–तल्ल पचास बर्ष सम्म बिना दबाई पुग्छन कि ? त्यो पनि गाह्रै छ । यस अनुच्छेदका तेह्र वाक्यहरुमध्ये जम्मा चार खण्डमा संगठित विभाजन गर्नुमा यो बिभाजकको आफ्नै मनोमानी छ । मिसावट होइन, मिश्रण छ । मिचाँही होइन, मित्रता छ ।
चार समूहमा राखी निहुरिएर निशब्द नियाल्दा एघार, एघार, तेह्र समूहबाट क्रमशः अगाडी (शुरु) का तीनवटा एकहरु (एक–एक–एक) अंक छुट्याइयो, बाँकी चौथो कित्ताबाट शुरुको पाँच अंक झिकियो । अब तीनवटा एक र एउटा पाँच जोड्दा आठ भयो । आठ–बाह्र अशुभ ! त्यो हो नै । संयोग हो या मिलान वा कला, भुलचुक वा भोगाई, ‘श्वासको डोरी’ अनि त्यस भित्रको दोस्रो (लक्षित) अनुच्छेदमा यो अचेत प्राणिको हेराइको नजरले ‘आठ’ र ‘बाह्र’ फेला पारेन । मेरो तर्फबाट रचनाकारलाई सयौं सलाम ! अनुच्छेद, वाक्य, अक्षर र चिन्ह बिचारमा ब्याकरण हेरिएन । त्यो ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंनजानेर पनि हो । आठ–बाह्र सम्बन्धमा ज्योतिष विद्या म पट्टी नै लाग्ने भो ।
सर्जकपट्टी त शुरुमै सालिन शैलिमा लागेकै रहेछ । अहिले थाहा भो । नियाल्ने पट्टीनै लाग्ने भो । आठौं र बाह्रौं स्थानमा परेका दुई राशी बीच खासै राम्रो सम्बन्ध छैन । यी दुई राशीवाला युवा–युवतीबीच जुर्विहै (जुराई विहे) गर्न निक्कै पक्ष र प्राविधिक पाटो मिलाउने चलन छ । बृश्चिक र मीन आठौं र बाहौं मर्यादा क्रममा मनोमानी बेमेल गर्दछन् पनि । विज्ञान त सोच, खोज र प्रमाणित तथ्यमा तालमेल गर्दछ । विज्ञान त जाँन्दा बरदान !
सर्जकले किन यस्तो संरचनामा निबन्ध रच्नु भो ? यो प्रश्न रहेन । लेखकले लेख्नु भो । अब फुर्सद पाउनु भो, छुट्टी पाउँनु भो । सकियो । लेखकले नयाँ निबन्ध निकाल्नु भएन, देखे जानेकै, तितो वास्तविकता संगाल्न भने बाकी राख्नु भएन । यो आलोचकले पनि समालोचना गरेन, अर्धचेतनको आलोचना ग¥यो । पूरा गरेन । नापल्टोपल गरी निबन्धको वारपार भ्याएँ भन्यो । आफ्नो मनोपानी राजीखुशी साहित्यलाई नै सिध्याँउने गरी कुचेष्टा ग¥यो । हिसाव किताब र गणितीय जोड–घटाउमा लगेर निबन्धलाई निराकार बनाइदियो । निर्दयी भाव देखाइदियो ।
गणितीय गणनामा पु¥याएर फसाइ दियो । मेहनत गर्ने नाउँमा मसानसँग मिलाइदियो । मर्यादा मिलान नगरी मासिदियो । संरचना सम्याउँदा निबन्धको पहिलो अनुच्छेद चौरासीवटा शब्दसम्मको बनेछ । जीवन–मरणमा निबन्धका ‘पति’ पात्र प्राकृतिक नियमले देहत्याग गर्दछन् । अब निवन्धको दोस्रो अनुच्छेदको लेखन संरचनाले के देखायो भने आँउदो एकावन्न बर्ष–सन् २०७२ पार हुदा संसारका ‘मानव’ जातका प्राणीमध्ये एकावन्न प्रतिशत इच्छा मरण रोज्नेछन् । पूर्वीय हिन्दु दर्शन, सनातनले समग्र प्राणिजगतले पालै–पालो चौरासी जुनी पार गर्नुपर्ने देखाँउछ ।
चौरासी हजार, चौरासी लाख वा के कति हो, त्यो एकिन भएन । यो त ‘योनी’ आवद्घ छ पनि भनिन्छ । यस अनुच्छेदमा एक सय चालीस शब्द, आन्तिम तर्फमा दुई वाक्यमा अक्षर संख्या पचास छन् ।
यी दुुवै अंकमा अन्त्यमा शुन्य ! शुन्य निराकार तर निर्णायक हुन्छ । दश, सय, हजार आदि हुँदै ठूलो गुणनको फरकपन शुन्यमै देखिन्छ । ऊ लगभग बीचमा वा अन्तिममा बस्न रुचाउँछ । जबरजस्ती शुरुमा समेटे परिणाम देखाँउदैन । त्यो अन्य नौ बहिनीको मायाँले पुलपुलिएको भाई रहेछ । शुन्य भन्नु नै प्रकृति पनि । मनुवा पञ्चतत्व सहित प्रकृतिमा प्रवेश गर्छ, उदाँउछ, अनि प्रकृतिमै विलय हुन्छ । त्यो भन्दा अघिनै अस्ताउँछ । हात लागी शुन्य !
संरचनावादी क्लाउड लेभी स्ट्रस, मिसेल फुको, फर्डिनेन्ड डि ससुर बिर्सिंदा बीसौं शताब्दीको संरचनावा बिर्सिइएला । भाषा साहित्य, समाज, मानव मनोविज्ञान सबै त यसमा समेटिन्छन् । संरचनात्मक संगठनले लेखनमा पनि राम्रो अर्थ समेट्ला ।
खास गरी “श्वासको डोरी” निबन्धको एघार अंशमध्ये एक अंशको मात्र सतही खोज खबर गरियो । त्यसमा पनि वाक्य संख्या, शब्द संख्या, विराम चिन्हको गणना, पूर्ण अक्षरको संख्या आदि मात्र केलाँउने जमर्को गरियो ।
वाक्य, शब्द, अक्षर, चिन्ह, आधा अक्षर, हलन्त सहितका अक्षर, अलंकार, रस, छन्द, बिम्ब, लक्षण, वाक्य, प्रकृति, बिश्राम, समाजशास्त्र, अर्थशास्त्र, विज्ञान, इतिहाँस, व्याकरण, वर्ण विन्यास, भावना, भूगोल, खगोल, संस्कृति, देह–आत्मा, कर्म–अकर्म, औषधी–उपचार आदि केलाउँनै बाँकी छ ।
तसर्थ पूरा निबन्धको पूर्णपक्षीय अध्ययन–विश्लेषण चाँडै र एक्लै गर्न सकिन्न । एकाद महिना मेहनत नगरे पाठ पारायण अपूर्ण रहन्छ । त्यती सामथ्र्य पुग्ला, नपुग्ला ? यो ‘म’ लाई प्रश्न । ‘हामी’ के सघाँउछौं ? निबन्ध सतही तर गहिराई सहितको वास्तविकतामा ज्यादै तथ्यपरक छ ।
जीवन–मरण, प्रेम–पृण, शुख–दुःख, सन्चो–विसन्चो, उज्यालो–अँध्यारो ऋण–धन, योग–कर्म, संस्कार–संस्कृति, स्त्री–पुरुष, शुरु–मध्य–अन्त्य,आफन्त–पराय, ज्ञान–विज्ञान, मूल–सहायक इत्यादिमा चनाखो देखिन्छ निबन्ध । निबन्धले नियतिको नेतृत्वदायी निर्णयलाई नियामित नियम, नीति र निष्ठावान निश्पक्षताको निकटतम नियोजन सम्झेर स्वीकार गर्नु उत्तम भन्ने सुझाँउछ ।
मूल्यवान श्वासको डोरी आफंैले बल, प्रयत्न र परिश्रम गरेर नचुडाँउनु; मकिएर आफैं चुँडिन दिनु । समय लाग्छ । दुःख कष्ट हुन्छ, जादै गर्दा पुगिन्छ, हतार गर्दा हन्नर खाइँन्छ ।
धन्यवाद
(बाँकी अर्को भागमा)