कुण्ठाले आत्मा आघात हुँदा बाटो विवशताले देखाइदियो,
लोभले तन आकर्षित हुँदा बाटो कायरताले देखाइदियो,
मोहले लालच अघोष हुँदा बाटो कोकिलताले देखाइदियो,
कामले माथ अज्ञानी हुँदा बाटो कर्मशीलताले देखाइदियो !
क्रोधले ज्ञान अजान हुँदा बाटो कनिष्टताले देखाइदियो,
सुराले मानस अचेत हुँदा बाटो कुलीनताले देखाइदियो,
घृणाले साहस अदम्य हुँदा बाटो कटुताले देखाइदियो,
मायाले मिलन असम्भव हुँदा बाटो कामुकताले देखाइदियो !
ईष्र्याले इच्छा अबोध हुँदा बाटो निशब्दताले देखाइदियो,
रजले रहर अकाट्य हुँदा बाटो शालीनताले देखाइदियो,
तमले तामस असंख्य हुँदा बाटो उग्रताले देखाइदियो,
सत्वले संसार अपत्यार हुँदा बाटो शील्पताले देखाइदियो !
द्वेषले भाव असुर हुँदा बाटो अस्पष्टताले मेटाइदियो ?
कपटले कालो कर्तुत हुँदा बाटो कल्मषताले लेखाइदियो ??
सद्गुणको साहस आभास हुँदा बाटो निष्पक्षताले देखाइदियो ,
सुमार्गको साथ साकार हुँदा बाटो स्पष्टताले देखाइदियो ,
सत्संगको माथि सद्भाव हुँदा बाटो निर्मलताले देखाइदियो ,
सज्जनको साथि सद्गुणी हुँदा बाटो शिष्टताले देखाइदियो !
सम्पन्न !