गाईघाट । भौतिक संरचना अभाव झेल्दै आएको त्रियुगा बैद्धिक गुरुकुलमले सुविधा सम्पन्न भवन पाएको छ । स्थानीय समाजसेवी दिब्यराज पोखरेलले करिब ३० लाखको भवन निर्माण गरी मंगलबार हस्तान्तरण गरेसँगै गुरुकुलमलाई भवन अभाव टरेको हो ।
समाजसेवी पोखरेलले आफ्ना स्वः पिता मायानाथ पोखरेल र माता यशोधादेवि पोखरेलको स्मृतिमा गुरुकुलमका बटुकहरुको लागी कक्षा संचालन र आवास भवन निर्माण गरेको छोरा राजन पोखरेलले बताउनु भयो ।
‘हजुरबुबाको सम्झनामा निर्माण गरिएको ६ कोठाको दुई तल्ले भवन बुबा दिब्यराज पोखरेलले त्रियुगा वैदिक गुरुकुलम् शान्ति धामलाई हस्तान्तरण गरेका छौं ।’ ६ महिना अघि निर्माण सुरु गरिएको भवन समयमै सम्पन्न गरेर हस्तान्तरण गरिएको बताउँदै राजन पोखरेलले भन्नुभयो, ‘सनातन धर्म जोगाउनको लागि गुरुकुलम संचालन गरिएको भएपनि भवनको अभावमा कक्षा संचालन गर्न कठिनाई भएको भन्ने बुझेर भवन निर्माण गरिएको हो ।’ नव निर्मित भवनको नाम मायानाथ यशोधा देवी सत्सङ भवन नामाकरण गरिएको छ ।
त्रियुगा गुरुकुलम्मा अहिले ३५ जना वटुकहरुले अध्ययन गरिरहेका छन । उदयपुर जिल्लाको पहिलो बैद्धिक पाठशाला भएकाले भौतिक पूर्वाधार अभाव झेल्दै आएको थियो । पोखरेल परिवारले निर्माण गरिदिएको ६ कोठे भवन र स्वर्गीय अमर दाहाल खत्रीले निर्माण गरिरहको १५ कोठे भवनको निर्माण सम्पन्न भई सकेपछि गुरुकुलम भौतिक पूर्वाधार सम्पन्न हुने छ ।
सनातन धर्मलाई जिवन्त राख्न संस्कृत शिक्षाको पठनपाठन गर्न आवश्यक भएकाले गाईघाटका स्थानीय समाजसेवीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि गुरुकुलम संचालनमा ल्याईएको हो । त्रियुगा बैद्धिक गुरुकुलममा हाल ४ देखि कक्षा ८ सम्म कक्षा संचालन गर्न सक्षम रहको गुरुकुलमका संस्थापक तथा शिक्षक गिरीराज खतिवडाले जानकारी दिनुभयो ।
अहिले ८ कक्षा सम्मको त्रियुगा नगरपालिकाबाट अनुमति प्राप्त छ तर यसलाई कक्षा १२ सम्म पठाई हुने गरि कक्षा बिस्तार गरिने खतिवडाले बताउनभयो । सनातन धर्मका रक्षा गर्न हिन्दु कर्मकाण्ड र संस्कारहरुको सरक्षण गर्न गुरुकुलम फलदायी हुने विश्वास लिईएको छ । भने गुरुकुलममा अध्ययन गरिसकेपछि रोजगारीको पूर्ण ग्यारेण्टी हुने भएकाले गुरुकुलम प्रति आकर्षण बढेको बढ्यै छ ।
गुरुकुलमका बटुकहरुको अग्रसरतामा प्रत्येक सोमबार त्रियुगा आरती संचालन हुने गर्दछ । आरतीमा बटुकहरुले आरती ऋचाहरु उच्चरण गर्ने गर्दछन ।