उदयपुर । हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जसको हाल देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू भागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाकी प्रदेशका एक दई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज (बुधबार) जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आगामी २४ घण्टामा विभिन्न क्षेत्रमा वर्षात हुने भएको छ ।
यी हुन, आज वर्षाको सम्भावना रहेका क्षेत्र
जसका अनुसार प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना र प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तो छ, आगामी तीन दिनको मौसम ?
बुधबारः दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ।
रातीः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।
बिहिवारः दिउँसो प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली रहने छ ।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
रातीः प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक वदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रवारः दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
रातीः प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक वदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।