काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध उदयपुर काठमाडौं सम्पर्क समन्वय समितीले हिजो शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले राज्यको ढुकुटी जनताको हितमा सदुपयोग हुने बताउनु भएको थियो । काठमाडौको कोटेश्वर पेरिसडाँडा स्थित नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा उदयपुर बाट काठमाडौ आई स्थायी वा अस्थायी बसोबास गर्दै विभिन्न पेशा ब्यबसाय आवद्ध तथा रोजगारी र अध्यन गरिरहेका उदयपुरेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उदयपुर काठमाडौ सम्पर्क समन्वय समितिका अध्यक्ष कृष्ण सुनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा सम्पर्क समन्वय विशेष प्रदेश समितिका इन्चार्ज डिलाराम आचार्य , पार्टीका केन्द्रिय सदस्य एवं सम्पर्क समन्वय विशेष प्रदेश समितिका इन्चार्ज सत्य पहाडी, पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश न १ अध्यक्ष सुरेश कुमार राई (हिमाल), पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश न १ सम्पर्क समितिका ईन्चार्ज शिव कुमार बस्नेत (राजेन्द्र), नेकपा (माओवादी केन्द्र) उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस), नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम ब थापा मगर र प्राज्ञ मातृका पोखरेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
नेपाली समुदाय माझ क्रमशः आउँदै गरेको दशैं तिहार, छठपर्व र नेपाल सम्वत लगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसरमा शुभकामना साटासाट गर्ने र यो अवसरमा आ आफ्नो गाउँ बस्तिमा लामो छुट्टी र चाडबाड मनाउन जाने कार्यकर्ता पङ्तीलाई पार्टिको नीति,सिद्धान्त र कार्यक्रमको बारेमा प्रशिक्षित गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले आगामी चुनावमा माओवादी केन्द्र लाई एक नम्बर पार्टी बनाउने गरि लाग्न कार्यकर्ताहरुलाई निर्देशित गरे ।
संगठनका सचिव दिल भुजेलले संचालन गरेको कार्यक्रममा उक्त संगठनका उपाध्यक्ष पमिका भट्टराईले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी शर्माले एमालेका संगठित सदस्य मीन बहादुर थापा लगायत आधा दर्जन नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्र पार्टीमा प्रवेश गराएका थिए ।