काठमाडौं । आज (बुधबार) देखि पितृपक्ष अर्थात् सोह्रश्राद्धआजदेखि आजदेखि सकिने भएको छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार गरिने सोह्रश्राद्ध आजदेखि सकिने भएको हो ।
सोह्रश्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ ।
कर्म पुराणको अनुसार सोह्र श्राद्धको औंसीको दिन पितृहरू वायुको रूपमा मत्र्यलोक आउने र त्यसदिनको साँझसम्म आफ्ना कुलका वंसजहरूले श्राद्ध गरे नगरेको हेर्ने गर्दछन् । पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औंशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक मान्यता छ ।
सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्दछन् । पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले औंसी तिथिमा श्राद्ध गर्ने सोह्रश्राद्धको धार्मिक नियम छ ।
पौराणीक ग्रन्थहरूमा उल्लेख भए अनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रै पितृऋणबाट मुक्ति पाइने विश्वास रहेको छ । पितृऋणबाट मुक्त हुन सकिएन भने हामीले गरेका पुण्यकर्महरूको कुनै अर्थ रहँदैन ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्षको सुरुवात हुन्छ । दार्गा पक्ष अर्थात् बडादसैं भोली (बिहीबार) देखी सुरु हुँदै छ । भोलि २१ गते सबैको दसैंघर वा पूजा कोठमा घटस्थापना गरिन्छ ।
नवरात्रको नौ दिनसम्म देवीको नौ अवतारको पुजा आराधना गरी दसौं दिन देवीको टिका प्रसाद ग्रहण गरी कोजाग्रत पूर्णिमाका दिन देवीको प्रसादलाई सेलाएर दसैंको बिदा गर्ने चलन छ ।