उदयपुर । उदयपुरमा मृत्यु भइसेका व्यक्तिको नाम समाजिक सुरक्षा भत्ता (सासु भत्त) लिएर खल्तीमा हाल्ने पूर्व पाँच गाविसका सचिवविरुद्ध मुद्दा दर्ता भएको छ । उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पाँच पूर्व गाविस सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको आरोप छ । अख्तियारका अनुसार साविक रामपुर ठोक्सिला गाविसका कर्मचारीहरुले सो गाविसमा विगत ८/१० वर्ष अगाडि नै मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र वनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गरी दुरुपयोग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान भएको थियो ।
साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आर्थिक वर्ष ०६३/०६४ देखि आव। ०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मृत्यु र मृत्यु दर्ता भएपश्चात निजहरुको नामावली सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो कार्य नगरी मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईवाटसमेत सामाजिक सुरक्षा भत्ता रु १६ लाख ४० हजार ५ सय हिमामिना गरेको देखिन अख्तरियारको आरोप छ ।
सामाजिक सुरक्षा भत्त खल्तीमा हाल्ने सचिवहरु काे काे हुन् ?
उनिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एबं दफा ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ । मुद्दा दर्ता भएका साविका पाँच सचिवमा रामपुर ठोक्सिलाका गाबिस सचिव आचार्य, तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले गाविसमा सात–आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३/०६४ सालदेखि २०७१/०७२ सालसम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखिएको छ ।
अख्तियारले तत्कालीन गाविस सचिव आचार्यसँग नौ लाख ९० हजार पाँच सय, लोकेन्द्र कार्कीसँग ७८ हजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैयाँ सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ एवम् दफा ३५ बमोजिम अदालतमा आरोप पत्र दायर गरेको हो ।
तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य अहिले मालपोत कार्यालय उदयपुरमा, लोकेन्द्र कार्की रौतामाई गाउँपालिका ७ को वडा सचिव पदमा, विशाल सुन्दास तथ्याङ्क कार्यालय उदयपुरमा, माधवप्रसाद खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रूपमा कार्यरत छन् भने पुष्पराज सिग्देलले सेवाबाट अवकाश पाइसकेका छन् ।
आरोप-पत्र
उदयपुर जिल्ला, साविक रामपुर ठोक्सिला गा.वि.स.का तत्कालीन गा.बि.स. सचिव केशव प्रसाद आचार्यसमेत ५ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७८।०६।१२ गते।
------------------------------------------
उदयपुर जिल्ला, साविक रामपुर ठोक्सिला गा.वि.स.का कर्मचारीहरुले सो गा.वि.स.मा विगत ८/१० वर्ष अगाडि नै मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र वनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गरी दुरुपयोग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उदयपुर जिल्ला साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आ.व. ०६३/०६४ देखि आ.व. ०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मृत्यु र मृत्यु दर्ता भएपश्चात निजहरुको नामावली सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो कार्य नगरी मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईवाट समेत सामाजिक सुरक्षा भत्ता रु. १६,४०,५००।- (सोह्र लाख चालीस हजार पाँच सय रुपैयाँ) हिमामिना गरेको देखिन आएको र सो कार्यमा निम्नबमोजिमका कर्मचारीहरुले निम्न बमोजिमको कसुर गरेको हुँदा निजहरुउपर देहाय अनुसार सजायको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एबं दफा ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
सि.नं. |
नामथर |
कार्यालय |
बिगो रु. |
कसुर तथा सजायको मागदाबी |
१ |
तत्कालीन गा.वि.स. सचिव हाल मालपोत कार्यालय, उदयपुरमा नायव सुव्बा पदमा कार्यरत केशव प्रसाद आचार्य |
साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर |
रु. ९,९०,५००।- |
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ । |
२ |
तत्कालीन गा.वि.स. सचिव हाल रौतामाई गाउपालिका वडा नं ७ को वडा सचिव पदमा कार्यरत खरिदार लोकेन्द्र कार्की |
साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर |
रु.७८,०००।– |
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ । |
३ |
तत्कालीन गा.वि.स.सचिव पदमा कार्यरत हाल तथ्याङ्क कार्यालय, उदयपुरमा कार्यरत खरिदार विसाल सुन्दास |
साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर |
रु. ८२,०००।- |
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ । |
४ |
तत्कालीन गा.वि.स. सचिव (ना.सु.) हाल रौतामाई गाउँपालिकाको कार्यालयमा अधिकृत छैटौ पदमा कार्यरत माधव प्रसाद खतिवडा |
साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर |
रु.३,१४,०००।- |
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ । |
५ |
तत्कालीन गा.वि.स. सचिव पदमा कार्यरत (हाल अबकास प्राप्त) शाखा अधिकृत पुष्पराज सिग्देल |
साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर |
रु. १,७६,०००।- |
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ । |
प्रवक्ता नारायण प्रसाद रिसाल