काठमाडौं । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अमेरिकाबाट एमसिसी जस्ताको जस्तै पास हुन्छ भनेर नबोलेको बताउनु भएको छ । उहाँले सोमबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) जस्ताको तस्तै पास हुन्छ भनेर नबोलेको स्प्रष्टीकरण दिनु भएको हो ।
उहाँले स्टाटसमा लेख्नु भएको छ, ‘समाचारहरु सत्य र तथ्य को आधारमा नवनाएर दलीय पूर्वाग्रह मा वनाउने हो भने के लाई विश्वास गर्ने भन्ने गंभीर प्रश्न मात्रै उठदैन यस्ले जनतामा नराम्रो भ्रम खड़ा गर्छ र अन्ततः समाजलाईनै हानी पुर्याउछ ।’
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुग्नु भएका मन्त्री खड्काले एमसिसी संशोधन नभइन पास हुन्छ भनेर बोलेको भन्दै नेपाली मिडियाहरुमा समाचार प्रकाशन तथा प्रशारण भएका थिए । एमसिसी विरोधीहरुले समाजिक सञ्जालहरुमा मन्त्री खड्काको कडा आलोचना गरेका छन् ।
समाजिक सञ्जाल र मिडियामा प्रकाशन प्रशारण भएको समाचारप्रति खण्डन गर्दै मन्त्री खड्काले थप्दै लेख्नु भएको छ, ‘हिजो न्यूयार्कमा मैले सवै दलका प्रतिनिधि, राजदुतावासका कर्मचारीको उपस्थितको कार्यक्रम मा एमसीसीको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा भनेको थिए, ‘यो हामीले मागेको कार्यक्रम हो ।यस्मा प्राय सवै दलका प्रधानमंत्रीहरु कुनै न कुनै रुपमा संल्गन हुनुहुन्थ्यो ।’
उहाँले अहिले हामीले सोधेका प्रश्नहरुको जवाफ पनि एमसीसीले दिएको छ । यती वेला आएर संशोधन गर्न नमान्ला । यस्मा राष्ट्रीय सहमति हुन्छ भने लियौ, हाम्रो हीतमा छैन भने लिनै पर्छ भन्ने छैन । यही हो वोलेको । तर आज यसो समाचार र सामाजिक संजाल हेरेको आफ्नो आफ्नो दृष्टिकोण अनुसार समाचार वनाईएको छ । के यसरी नै हामी अगाडि वढछौ, देश अगाडि वढछ ? धन्यवाद ।’
59m ·
समाचारहरु सत्य र तथ्य को आधारमा नवनाएर दलीय पूर्वाग्रह मा वनाउने हो भने केलाई विश्वास गर्ने भन्ने गंभीर प्रश्न मात्रै उठदैन यस्ले जनतामा नराम्रो भ्रम खड़ा गर्छ र अन्तत: समाजलाईनै हानी पुर्याउछ । हिजो न्यूयार्कमा मैले सवै दलका प्रतिनिधि, राजदुतावासका कर्मचारीको उपस्थितको कार्यक्रम मा एमसीसीको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा भनेको थिए यो हामीले मागेको कार्यक्रम हो ।यस्मा प्राय सवै दलका प्रधानमंत्रीहरु कुनै न कुनै रुपमा संल्गन हुनु हुन्थ्यो । अहीले हामीले सोधेका प्रश्नहरुको जवाफ पनि एमसीसीले दिएको छ । यती वेला आएर संशोधन गर्न नमान्ला । यस्मा राष्ट्रीय सहमति हुन्छ भने लियौ, हाम्रो हीतमा छैन भने लिनै पर्छ भन्ने छैन । यही हो वोलेको । तर आज यसो समाचार र सामाजिक संजाल हेरेको आफ्नो आफ्नो दृष्टिकोण अनुसार समाचार वनाईएको छ । के यसरी नै हामी अगाडि वढछौ, देश अगाडि वढछ ? धन्यवाद