उदयपुर । उदयपुरका दुई नेताले नेकपा एकीकृत समाजवादी (एस) को कार्यविभाजनमा जिम्मेवारी पाउनु भएको छ । नेकपा एसका केन्द्रीय प्रचार विभाग प्रमुख समेतरहनु भएका जगनाथ खतिवडाले केन्द्रीय सचिवको जिम्मेवारी पाउनु भएको छ, भने त्रियुगा नगरपालिका नगरप्रमुख तथा केन्द्रीय सदस्य बलदेव चौधरी पोलिटव्युरो सदस्यमा चयन हुनु भएको छ ।
खतिवडा र चौधरीले दुबैले बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी पाउनु भएको हो । दुबै नेता उदयपुरका लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । नेकपा एसले माधव नेपाल नेतृत्वमा पदाधिकारी चयनलाई सोही केन्द्रीय कमिटीको बैठकले चयन गरेको छ ।
पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् । मुकुन्द न्यौपाने भने नेपाल र खनालपछि तेस्रो वरियतामा रहेका रहनु भएको छ । त्यसैगरी सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राई रहनु भएको छ ।
महासचिवमा डा बेदुराम भुसाल र तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, डा विजय पौडेल चयन हुनु भएको छ ।यसैगरी सचिवको जिम्मेवारी पाउनु हुनेमा चार जनामाः नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री हुनुहुन्छ । पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ भने ३५ सदस्यीय स्थायी कमिटी सो पार्टीले बनाएको छ । त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको छ ।