उदयपुर । नेकपा एमालेका अध्यक्ष तथा निर्वतमान प्रधानमत्री केपी शर्मा ओली सत्ताबाट हटेपनि एमसिसी पास गराउन खोजेको अरोप लगाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य तथा १ का प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले यस्तो अरोप लगाउनु भएको हो ।
उहाँले एकीकृत समाजवादी उदयपुरले सोममबार उदयपुरको गाईघाटमा पत्रकार आयोजना गरेको पत्रकारसम्मेलन भन्नुभयो, ‘ अमेरिकन मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रकोहित विपरित छ, तर, पनि एमाले अध्यक्ष ओली पास गराउने तयारीमा हुनुहुन्छ ।’
उहाँले जस्ताको जुकै तरिकाले एमसिसी पास गराउन खोजेपनि नदिने दाबी गर्नु भएको छ । नेता बस्नेतले एमसीसी पारित गर्दा देश र जनताप्रति घात नहुने गरी, राष्ट्रियतामा आँच नआउने गरी, सुरक्षा र सार्वभौमसत्तामा आधात नहुने गरी सच्याएर मात्र पास गर्नुपर्ने बताउनु भएको छ ।
ओली सत्ताबाट हटे पनि एमसीसी पारित गर्न देशी विदेशी तत्वहरुसँग साँठगाँठ गरिरहेको आरोप लगाउनु भएको छ । एमसीसी पारित गराउने बहानामा काँग्रेस, माओबादी, एकीकृत समाजबादी, जनता समाजबादी र जनमोर्चाबीचको गठबनधन टुटाउने प्रयासमा ओली रहेको उहाँको आरोप थियो । ओलीले शेरबहादुर देउवासँग मिलेर गठबन्धन तोडन खोजे पनि काँग्रेसभित्र पनि एमसीसी जस्ताको तस्तै पारित गर्नु हुन्ने एउटा ठूलै समूह रहेको उहाँको भनाइ थियो ।
एकीकृत समाजबादी गठनको औचित्य पुष्टि गर्दै बस्नेतले एमाले अध्यक्ष ओलीले नेपाली जनताले रगत बगाएरु ल्याएको परिवर्तन र सहिदको अवमूल्यन गरेको बताउनु भयो । ओली अध्यक्ष भएपछि एमालेलाई दक्षिणपन्थी विसर्जनबाद र चरम पुँजीबादमा भसाउँदै लगेको उहाँको आरोप थियो ।
एकीकृत समाजवादीले मुलुकको कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै, समाजबादी आन्दोलनतर्फ अघि बढाउने बस्नेतको दावी थियो । ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि जनताले प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाजस्ता ऐतिहासिक उपलब्धीहरु सिध्याउने काममा निरन्तर लागिपरेको आरोप बस्नेतको थियो ।
पार्टीलाई एकपछि अर्को भ्रष्ट, अनैतिक र अराजक समूहमा रुपान्तरण गर्दै गएपछि त्यसको रक्षा गर्ने जिम्मा लिन एकीकृत समाजवादी गठन भएको उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बलदेव चौधरी, एकीकृत समाजवादी उदयपुरका अध्यक्ष राममणी पोखरेल लगायतको उपस्थिति रहेको थियो ।