एजेन्सी । हिन्द महासागरमा चीनको बढ्दो प्रभाव रोक्न तीन देशले सुरक्षा सम्झौता गरेका छन् । चीनविरुद्ध हिन्द महासागरमा अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका गरेका हुन् ।
बिबिसीका अनुसार इन्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित बनेपछि सम्झौता गरेका हुन् । अउकस नाम दिइएको सो सम्झौतामा कृत्रिम गुप्तचरी, विशेष प्रविधि र साइबर समेटिएको बताइएको छ । अमरिकी राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार तीन देशले अत्याधुनिक सुरक्षा प्रविधि आदानप्रदान गर्ने बताएका छन् । सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक आणविक शक्तियुक्त पानीजहाज निर्माण गर्न सहयोग गर्ने बताएको छ ।
सम्झौताअनुसार अस्ट्रेलियाले फ्रान्सेली मोडलको पानीजहाज निर्माण गर्न पक्रिया सुरु गरेको छ । अस्ट्रेलियाको जल सेनाका लागि १२ वोटा जहाज निर्माण गर्न फ्रान्सले अर्ब डलर बराबरको सम्झौता गरिसकेको छ । यो अस्ट्रेलियाको रक्षा क्षेत्रमा अहिलेसम्मकै ठूलो सम्झौता हो ।
बिबिसीले लेखेको छ, ‘चीनले तत्काल प्रतिक्रिया जनाउँदै यूके, अमेरिका र अस्ट्रेलियाको पछिल्लो कदमको निन्दा गरेको छ । चीनले जुन शितयुद्धको मानसिकता भएको बताएको छ ।
एउटा प्रत्यक्ष भिडिओ सम्मेलनका क्रममा तीनवटै देशका नेताहरूले सम्झौताले उक्त क्षेत्रको स्थिरतालाई बल दिने बताएका छन् । तर वासिङ्टनस्थिति चिनियाँ राजदूतावासले भने ती राष्ट्रहरूमा शीतयुद्धको मानसिकता रहेको आरोप लगाएको छ ।