उदयपुर । सभामुख अग्निप्रसाद सापकोटो नसच्चिएसम्म संसद चल्न नदिने पूर्वसभामुख तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताउनु भएको छ । बुधबार एमालेको संसदीय दलका उपनेता तथा पूर्वसभामुख नेम्वाङले सभामुख नसच्चिएसम्म एमालेले संसद अवरोध गरिरहने बताउनु भएको हो ।
उहाँले नेकपा एमाले उदयपुरले आयोजनामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन सभामुख सापकोटोले संवैधानिक पाटाहरु मिचेकाले संसद चल्न नदिने बताउनु भएको हो । अघिल्लो सरकारले ल्याएको विकासका आयोजना रोकिनु दुर्भाग्यपूर्ण भएको नेम्वाङको टिप्पणी गर्नु हुँदै भन्नुभयो, ‘वर्तमान सरकारले विकास निर्माणका कार्यलाई प्राथमिकता नदिनु र भइरहेका काम रोक्नुल जनविरोधी काम हो ।’
उहाँले विकासको गतिलाई रोक्ने सरकारको कदमलाई ‘प्रतिगमन’को संज्ञा दिनु भएको छ । सरकारका हठात् निर्णयहरूले मुलुकको विकास र समृद्धिको मार्गमा गम्भीर ठेस लाग्ने भन्दै नेम्वाङले वर्तमान सरकारले आशा गर्ने ठाउँसमेत नराखेको दाबी गर्नु भएको छ ।
कहिल्यै प्रचलनमा नरहेको २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने अध्यादेश जारी गर्नुको उद्देश्य एमाले विभाजन गर्नु मात्र रहेको स्पष्ट पार्नु भएको थियो । उहाँले भन्नु भयो, ‘अध्यादेशलाई यथास्थितिमा राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिने हिम्मत सरकारसँग छ ? नेम्वाङले विगतमा ४० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने अध्यादेश जारी हुँदा विरोध गर्नेहरूले अहिले २० प्रतिशतको प्रावधानको अध्यादेशबारे मौन बसेको आरोप लगाउनु भएको छ ।
नेम्वाङले मुलुकलाई अस्थिरताको खाडलमा हाल्ने प्रयास भइरहेको पनि बताउनु हुँदै सभामुखकै कारण प्रतिनिधिसभा अगाडि बढ्न नसक्ने स्थितिमा पुगेको दोहो¥याउनु भएको थियो । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले विद्रोह गरी नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि छिन्नभिन्न भएका कार्यकर्तालाई एकीकृत गर्न एमालेले कार्यकर्ता भेलाको आयोजना गरेको थियो । जनाइएको छ । पार्टी विभाजन भए पनि २ जेठ २०७५ को अवस्थामा फर्काउँदै उदयपुर एमालेले ईश्वरमणि राउतलाई अध्यक्ष मानेर पुनारो कमिटी ब्युँताएको छ ।
एमालेले एकीकृत समाजवादीमा गएका जिल्ला कमिटी सदस्यहरूका ठाउँमा नयाँ सदस्य पदपूर्ति गर्ने जनाएको छ । भेलालाई प्रदेश १ का पूर्व आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री मञ्जुकुमारी चौधरीले सम्बोधन गरेका थिए ।