कटारी–आईएमई लाईफ इन्स्योरेन्स हरिवन शाखा कार्यालयले सर्लाहीको हरिपुर नगरपालिका ५ मजुर्बामा १३ लाख मृत्युुदावी भुक्तानी गरेको छ ।
बिमा गरेको दुइ वर्ष पुरा नहुँदै हरिपुर नगरपालिका ५ मजुर्बा निवासी ३० बर्षिय अजमद राजा मंसुरीको चैत्र १४ गते मृत्यु भएको थियो ।
बैदेशिक रोजगारीकोलागि कतार पुगेर मंसुरी २०७७ चैत्र ९ गते नेपाल आएको ५ दिन पछि अचानक पेटको रोगको कारण मृत्यु भएको थियो । दावी भुक्तानीको चेक हस्तन्त्रण कार्यक्रमको सम्बोधन गर्दै आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी बिजनश प्रमुख कर्मराज पौडेलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतनामा सक्रिय रहेको बताउनु भएको छ ।
निधनपछि लगतैआई एम ई लाईफ इन्स्योरेन्स हरिवन शाखा कार्यालयका ब्रान्च मेनेजर राजेश साहले समयमै कम्पनिलाई जानकारी गराउन र कागजी प्रक्रिया अगाडि बढाउन धेरै सहयोग गरेको र कम्पनीको कर्मचारीले पनि राम्रो ब्यवहार र सहजीकरण गरि छिटो भुक्तानी गरिदिएको मृतक मंसुरीका बुवा इजरायल मंसुरीले सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
आईएमई लाईफ इन्स्योरेन्स प्रदेश २ का प्रमुख रबि शंकर सराफ, बीमा कम्पनीबाट पाउनुपर्ने रकम समयमै नपाउने, कागजी प्रकृया लामो र झन्झटिलो हुने अफवाहका कारण बीमा प्रति बढ्दै गैरहेको अविश्वसका विच आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एक हप्ता भित्रै दावी भुक्तानी दिएर बीमा प्रतिको विश्वास कायम राख्न सफल भएको प्रदेश प्रमुख रबि शंकर सराफ बताउनु भयो ।
हरिपुर नगरपालिका वडा ५ का अध्यक्ष मंसुर मिया अंसारी, वडा न ६ का अध्यक्ष इदि मंसुर आफनो गाउमा पहिलो पटकनै आईएमई लाईफ इन्स्योरेन्स पिडित परिवार लाई घरमा आएर दावी भुक्तानीको चेक हस्तन्त्रण गरेकोले आई एम ई लाईफ इन्स्योरेन्सका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिदै बिमा सबै नगरिकको लागि नभई नहुने कुरा भएकोले सम्पूर्ण नागरिकलाई आफनो आम्दानीको केही रकम भयपनि बीमामा लगाउन आग्रह गर्नुभयो
दावी भुक्तानीको चेक हस्तन्त्रण कार्यक्रममा हरिपुर नगरपालिका वडा ५ का अध्यक्ष मंसुर मिया अंसारी वडा न ६ का अध्यक्ष इदि मंसुर मलंगवा उपशाखा प्रमुख धर्मनाथ ठाकुर ,हरिवन शाखा प्रमुख राजेश साह, एजेन्सी मैनेजर सर्वनारायण राय, राजकुमार राय, कमलेश चौधरी ,जिवन प्रसाद साह लगायत सयौ स्थानिय बासीको सहभागिता भएको थियो । आफनै गाउँघरमा पिडित परिवार लाई चेक हस्तन्त्रण गर्दा स्थानियबासी हर्षित भएका थिए ।