कटारी । सोलु करिडोर प्रशारण लाईनको रुटमा पर्ने उदयपुरको कटारी खण्डको विवाद अन्त्य गर्नको लागि १० बुँदे सहमति भएको छ । प्रशारण लाईनको रुटमा पर्ने जग्गाको मुआब्जा माग गर्दै आन्दोलनरत स्थानीय, सरकारी पक्ष र सरोकारवालहरुबीच विवाद अन्त्य गर्न सोमबार साँझ १० बुँदे सहमति भएको हो ।
स्थानीय राजनीतिक, दल, सरोकारवालाहरुको सहयोगमा स्थानीयले जमिनको मुआब्जा नदिई सुरक्षाकर्मी परिचालन गरेर जबरजस्ती काम अघि बढाएको भन्दै सडक संर्घष गदै आएका थिए । निर्माणाधीन सोलु करिडोरको १३२ केभी विद्युत प्रशारण लाईनअन्तर्गत कटारी नगरपालिका ४ मरुवामा टावर निर्माणको क्रममा प्रशासनले ज्यादति गरेको भन्दै स्थानीयले अघिल्लो दिनदेखि कटारी बजार र यातायात बन्द गर्दै आन्दोलनकाका कार्यक्रमहरु घोषणा गरेका थिए ।
आयोजना कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी काम सुरु गरेपछि स्थानीय र प्रहरीबीच पटक÷पटक दोहोरो झडपसमेत भएको थियो । दोहोरो झडपमा आधादर्जन हाराहारी स्थानीय घाइते भएका छन् । सुरक्षा घेराभित्र रहेर धानखेतमा स्काभेटरले टावर बनाउन खाल्डो खनेपछि स्थानीयले बिरोध गर्दा प्रहरी धरपकड गर्दा झडप हुन पुगेको थियो ।
१० बुँदे सहमतिपछि स्थानीयको जारी आन्दोलन स्थगित भएको स्थानीय भिमसेन खत्रीले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अयोजना प्रमुख, पीडित संघर्ष समिति र नगरपालिकाको सहभागितामा सम्पन्न २ दिने बैठकले १० बुँदे सहमति गरेको छ । ‘सहमति कार्यन्वयन भए सबैको भनाइ हुनेछ,’ उहाँले भन्नुभयो, ‘आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएएको छ ।’
यस्तो छ, ‘सहमति पूर्ण पाठ’
सोलु कोरिडोर १३२ के. भि. बिधुत प्रसारण लाइन अन्तर्गत उदयपुर कटारी एवं मरुवाक्षेत्र भित्र जग्गा भएका पीडित जनताहरुको पक्षमा भएको प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाई,कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ,आयोजना प्रमुख जनार्दन गौतम ,पहल समितिका संयोजक केपी बराल जिल्ला स्थित सुरक्षा प्रमुखहरु,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,उद्योग बाणिज्य संघ कटारी ,पीडित पक्षहरुको उपस्तिथिमा भएको वार्ता द्वारा तपशिल बमोजिमको निर्णय भएको छ
१. जिल्ला प्रशासन कार्यलय उदयपुर मार्फत मिति २०७८-३-३० मा गृह मन्त्रालयमा सिफारिस पत्राचार भएकोमा सो सम्वन्धमा गृह मन्त्रालयबाट पुनः मुल्यांकन गराउनको लागि उपस्थित सबै सरोकारवाला पक्षले पहल तथा समन्वय गर्ने यस संम्वन्धमा कटारी नगरपालिकाले प्रती धुर (२५००००) दुइलाख पचास हजार मुल्य सिफारिस गरिएकोमा सो लाई आधार लिने।
२.प्रसारण लाइन रुट वे भित्र पर्ने तारमुनिको ऐलानी तथा नम्बरी जग्गाको २०% मुल्यांकनको आधार लाई बढाएर ८०% पुर्याउन संबंधित मन्त्रालयमा पुनः अनुरोध गर्ने
३. प्रसारण लाइन निर्माणको क्रममा बाटोमा पर्ने खेतीयोग्य जमिनमा भएको क्षेतीकोको विवरण संकलन गरि नगरपालिकाको सिफारिसमा तुरुन्त पीडित हरुलाइ आयोजनाले क्षेतिपुर्ती बापतको रकम उपलब्ध गराउने ।
४. प्रसारण लाइन निर्माणको क्रममा सामुदायिक वन क्षेत्रमा भएको बोटबिरुवाको क्षेतिको रकम तुरुन्तै डिभिजन वन कार्यलय लाई आयोजना कार्यलयले उपलब्ध गराउने साथै सामुदायिक वन क्षेत्रको जग्गामा टावर निर्माण भए बापत क्षेती भएको बराबरको निजि जग्गा खरिद गर्न आयोजनाले डिभिजन वन कार्यलयलाई रकम यथा सिघ्र उपलब्ध गराउने र सामाजिक उतरदायित्व को रकम कानुन बमोजिम उपलब्ध गराउने ।
५.प्रसारण लाइनमा परेका कटारी क्षेत्र भरिका ऐलानी तथा नम्बरी जग्गाहरुको लगत विवरणमा जग्गा धनी तथा क्षेत्रफलको यथार्थमा फरक परि संशोधन गर्नु पर्ने भएमा पालिका तथा आयोजना कार्यलयको सिफारिसमा जिल्ला मु– आब्जा क्षेतिपुर्ती निर्धारणका लागि छुट भएका सबै प्रकारका जग्गाको लागत लिन पहिचान गरि लागत विवरण १ महिना भित्र तयार गर्न आयोजना कार्यलय लाई अनुरोध गर्ने।
६. प्रसारण लाइन निर्माणको क्रममा क्षेती भएको आफ्नो जग्गाको उचित मु– आब्जा तथा क्षेतिपुर्तीको निम्ति भएको न्यायपुर्ण आन्दोलनमा घाइते हुनुभएका ब्याती हरुको उपचार खर्च आयोजनाले बेहोर्ने ।
७. मरुवा माबी बाट सुरक्षाकर्मी २०७८-४-२० गते भित्र अन्यत्र सार्ने निर्णय भयो ।
८. यस नपाको वाडा नम्बर ५ मा सब स्टेसन स्थापना गर्न आयोजना मार्फत उर्जा मन्त्रालयमा अनुरोध गर्ने ।
९. कटारी नगरपालिका एवं उदयपुर जिल्ला भरी लोडसेडिङ मुत्त क्षेत्र घोषणा गर्न आयोजना मार्फत उर्जा मन्त्रालयमा अनुरोध गर्ने निर्णय भयो।
१०. माथी उल्लेखित माग पूरा बएपछी घोषित सम्पुर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको पहल समितिका संयोजक केपि बरालले बताउनु भयो।
माथि उल्लेखित माग पूरा भएपछी घोषित सम्पुर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सडक संघर्षमा उत्रिएकाहरुले तत्काल माग पुरा गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने लगायतका मागहरु राखेर आन्दोलन गर्दै आएका थिए । यता स्थानीयको माग पुरा नभइन सोलु करिडोर प्रशारण लाइनको काम पनि रोक्ने सहमति भएको बरालको भनाइ छ ।