कटारी । लहलह परेको हरियो धान खेत । त्यही धान खेतमा डोजर लगाए प्रहरी प्रशासन खाल्डो खन्दै टावर गाड्दै गरिरहेको छ । उक्त दृश्य हो, कटारी नगरपालिका वडा नम्वर ४ मरुवा खोला क्षेत्रको । खाल्डो खन्ने प्रहरी र हेर्ने स्थानीयबीच विवादित सोलु करिडोर १३२ केभी सर्टिक प्रशारण लाइनको टावर गाड्ने क्रममा हिजो (शुक्रबार) घम्साघम्सि नै पर्यो ।
‘हरियो लहलह परेको धान खेतमा विद्युत प्रशारण लाइनको काम सरकारले प्रहरी लगाएर सुरु गरेको छ,’ स्थानीय भिमसेन खत्रीले भन्नु भयो, ‘हामीले उचित मुआब्जा मागेका थियौँ, सरकारले प्रहरी लगाएर हाम्रो माग दवाउने काम गरिरहेको छ ।’
शुक्रबार प्रहरी स्थानीयबीच विवाद हुँदा चार महिला र चार पुरुषलाई पक्राउ गरि छाडिएको पनि स्थानीय खत्री बताउँनुहुन्छ । ‘हामीले धान खेतमा टावस खाड्न दिँदैनौँ भनेका होइनौँ,’ उहाँले भन्नु भयो, ‘वर्षभरी खान पुग्ने धान खेत मासिने भएपछि मुआब्जा मात्र मागेका हौँ ।’
धान खेतमा विद्युत प्रशारणको लाइनको टावर निर्माणको लागि खाल्डो खन्दै गरेको देखेपछि उचित मुआब्जामको माग गर्दै आएका सथनीय थप आन्दोलित बनेका छन् । स्थानीयले आज (शनिबार) देखि कटारी बजारसमेत बन्द गरेर छन् । यता इलाका प्रहरी कार्यालय कटारी इन्सपेक्टर एलबी श्रेष्ठले स्थानीयहरु विरोध गर्न आएपनि काम जारी रखेको जानकारी दिनु भएको छ । ‘स्थानीयहरु विरोध गर्न आइरहनु भएको छ,’ उहाँले भन्नु भयो, ‘अहिले पनि सोलुकरिडोरको काम जारी छ ।’
सरकारले स्थानीय मरुवा माध्यमिक विद्यालयमा सुरक्षाकर्मी राखेर प्रशारण लाईनको काम सुरु गरेको छ । सोलु करिडोर विवाद समाधान पहल समितिका संयोजक केपी बरालले गृह तथा उर्जा मन्त्रालयमा पछिल्लो पटक समेत डेलिगेसन जाँदा बिवाद समाधान गर्ने बताएको भएपनि प्रहरीले स्थानीयको मर्मविपरित काम अघि बढाएको भन्दै विरोध गर्नु परेको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘आज कटारी बन्द गर्ने तथा आजै घटनास्थलमै गएर विरोध जनाउने छौँ ।’
शुक्रबार सर्वपक्षिय वैठक बसेर आगामी विरोधका कार्यक्रम अन्र्तगत आज बजार बन्द तथा घटनास्थलमै विरोध गर्ने कार्यक्रम रहेको पनि संयोजक बरालले बताउनु भएको छ । मरुवामा सोलु करिडोरको विवाद समाधानका लागि पटक पटक मन्त्रालयसम्म डेलिगेसन गएपनि अभैm समस्या समाधान हुन सकेको छैन् । लामो समयको बिवादपछी मरुवामाविमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी तैनाथ गरेर टावर गाड्ने क्रम जारी छ ।
निर्माणधिन रहेको सोलु करिडोर प्रशारण लाईको विवादित क्षेत्रमा सयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले करिडोरको रुट परिवर्तनको माग गर्दै विरोध जारी राखेपछि सुरक्षाको लागि भन्दै सयौँको संख्यामा प्रहरी परिचालन गरिएको हो ।
बिगत तीन वर्षदेखि सोलु कोरिडोर प्रसारण लाइनको रुट परिवर्तनको लागि मरुवाबासीले माग गर्दै आएका छन् । रुट परिवर्तन गर्न प्रधानमन्त्री कार्यालय, उर्जा मन्त्री, विद्युत प्राधिकरण कार्यकारी निर्देशकलाई भेटर माग राख्दै आएका थिए । भेटका क्रममा रुट परिवर्तन गर्ने आश्वासन दिएपनि कार्यन्वयन भएको छैन् ।
अन्तिम समयमा जनता माथि प्रसाशनले बल प्रयोग गरेर काम गराइरहेको छ । मरुवा माध्यमिक विद्यालयमा करिब तीनसयको संख्यामा सशत्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरेर राखिएको छ । स्थानीयले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर गाउँबाट अन्यत्र सार्नुपर्ने माग स्थानीयको छ ।
लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पटक पटक छलफल हुँदै थियो । प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत माग छन् । कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टांग्ने कामसमेत सकिएको छ ।
उक्त प्रसारण लाइन निर्माण भएपछि सोलु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।