उदयपुर । चाइना फाउण्डेशनले उदयपुरका दुई विद्यालयमा विद्यार्थीको लागि शैक्षिक सामग्री वितरण गरेको छ ।
फाउण्डेशनले जिल्लाको त्रियुगा नगरपालिकाका दुई विद्यालयका तीनसय ३७ जना विद्यार्थीलाई आज (विहीबार) छुट्टाछुट्टै कार्यक्रमका शैक्षिक सामग्री पाएका हुन् ।
ब्याग, स्टेशनरी सामाग्री र हाइजेनिक सामाग्री वितरण गरिएको हो । नेपाल चीन कार्यकारी परिषद्को पहल र अनुरोधमा चाइना फाउण्डेशनले त्रियुगा नगरपालिका १३ को जन प्रेमी आधारभुत विद्यालयका एकसय ८१ जना विद्यार्थीलाई र वडा नम्वर ६ को चुरिया आधारभुत विद्यालयमा एकसय १५६ जना विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको हो ।
दुवै विद्यालयको शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख अतितिकिो रुपमा बोल्नुहुँदै चाइना फाउण्डेशनका फिल्ड कोअर्डिनेटर सुशील प्याकुरेलले भोलिका दिनमा सहयोग जारी रहने बताउनु भएको छ । ‘शैक्षिक सामग्री वितरणले नेपाल र चीनको सम्बन्धलाई अझ बलियो बनाउन मदत पुग्ने अपेक्षा राखेको छु, उहाँले भन्नु भयो ।
जनप्रेमी आधारभुत विद्यालयमा सोही विद्यालयका प्रधानध्यापक शैलेन्द्र खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो भने, भने चुरिया आधारभुत विद्यालयमा सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
विशेष अतिथिहरुमा वडा अध्यक्षहरु, अतिथिहरुमा नेपाल घरेलु तथा साना उधोग महासंघ उदयपुरका अध्यक्ष तथा नेपाल चीन कार्यकारी परिषदका प्रतिनिधि मधुकर थापा, नेपाल चीन मैत्री विकास मंचका अध्यक्ष बिरेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अतिथिहरुले नेपाल र चीनको सम्बन्धलाई अझ बलियो बनाउन यस्तै प्रकृतिका विभिन्न प्रकारका अन्य सहयोग ल्याउन पहल गरिदिन अनुरोध गरेका थिए ।