उदयपुर । उदयपुरमा बहुविवाह, करणी र नागरिकता किर्ते गरी फरार भएका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार विभिन्न मितिमा अदालतबाट फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी रहेका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
विशेषा सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले चौदण्डीगढी नगरपालिका क्षेत्रबाट तीनजना पक्राउ गरेको छ । जसमा बहुविवाह, करणी र नागरिकता किर्ते गरी फरार भएका प्रतिवादी रहेका छन् ।
कुन मुदमा को पक्राउ परे ?
उहाँका अनुसार बहुविवाहा गरी फरार भएका चौदण्डीगढी नगरपालिका ७ का ४९ वर्षीय हरिमान कटुवाल र वडा नम्वर ९ बस्ने ३८ वर्षे रमा कोईरालाई पक्राउ परेका छन् । काठमाण्डौं थानकोटमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका कटुवाललाई जिल्ला अदालत उदयपुरको आदेशमा कटुवाललाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ, भने रमा कोईरालालाई ५५ हजार धरौटीमा तारेखमा छाडिएको गौतमले बताउनु भएको छ । उहाँले कटुवा र कोइरालविरुद्ध २०७७ बैशाख ११ गते बहुबिबाहमा मुद्दा दर्ता जानकारी पनि दिनुभएको छ ।
यसैगरी नेपाली नागरिकताको प्रमाण्पत्र किर्ते गरी बनाएर फरार हुने पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका ४७ वर्षे जोगमाया राई पक्राउ परेकी हुन् । नेपाली नागरिकता किर्ते प्रमाण पत्र बनाई प्रचलनमा ल्याएको मुद्धामा उनकै घरबाट प्रहरी चौकी बसाहाको टोलीले पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरको आदेशमा २० हजार धरौटी राखेर हाललाई तारेखमा छाडिएको जानकारी पनि उहाँले दिनु भएको छ ।
यसैगरी चौदण्डीगढी नगरपालिका ८ सिद्दिपुर का ४१ वर्षीय बिजय थुलुङ पनि पक्राउ परेका छन् । २०७३ माघ १८ गते देखी फरार रहेका प्रतिवादी राईलाई खोज तलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेल्टार बाट खटिएको टोलीले घरबाटै पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरको आदेशमा राईलाई पुरपक्ष थुनाकाे लागि कारागार चलान गरिएको छ ।