काठमाडौं । पहिलो टी २० मा इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्ध रोमाञ्चक २ रनको जित निकालेको छ । इंग्ल्याण्डले अस्ट्रेलियाविरुद्ध ३ म्याचको टी २० सिरिज अन्र्तगत पहिलो टी २० म्याचमा २ रनको रोमाञ्चक जित निकालेको हो ।
गएको शुक्रबार साउथाम्पटन मैदानमा भएको पहिलो टी २० खेलमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो ।
इंग्ल्याण्डलाई मध्यम स्कोरमा पुर्याउन उसका लागि ओपनिङ गर्न आएका जोस बटलरले २९ बल खेल्दै ४४ रनको योगदान गरे भने तेस्रो क्रममा ब्याटिङ गर्न आएका डेविड मलानले सर्वाधिक ६६ रन बनाए । यसमा ५ चौका र ३ छक्का सामेल थियो । यसबाहेक कृस जोर्डनले ८ बलमा १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक पनि छुन सकेनन् । इंग्ल्याण्ड २० ओभरमा ७ विकेट गुमाएर १६२ रनमात्र बनाउन सक्यो ।
इंग्ल्याण्डलाई मध्यम स्कोरमा रोक्न अष्ट्रेलियाका बलरहरुले कसिलो बलिङ गरेका केन रिचार्डसन तथा ग्लेन म्याक्सवेलले समान ३÷३ ओभर बलिङ गर्दै क्रमश १३ तथा १४ रन खर्चदैँ २÷२ विकेट लिएका थिए । भने थोरै महंगा सावित भएका एस्टन अगरले ४ ओभरमा ३२ रन खर्चदैँ २ विकेट लिन सफल भए । अर्को १ विकेट पेस बलर प्याट कमिन्सको नाममा रह्यो ।
१६३ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलियालाई ओपनर डेविड वार्नर तथा आरोन फिन्चले उत्कृष्ट ओपनिङ साझेदारी दिलाए पनि मध्य क्रम चल्न नसक्दा हार जोगाउन सकेनन् । पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्ने क्रममा अष्ट्रेलियाका डेविड वार्नरले ४७ बलको सामना गर्दै सर्वाधिक ५८ रनको पारी खेले भने उनका ओपनिङ ब्याटिङ पार्टनर कप्तान आरोन फिन्चले ३२ बलमा ७ चौका र एक छक्काको मद्दतले ४६ रनको पारि खेलेका थिए ।
यसपछि ब्याटिङमा आएका स्टेभन स्मिथ १८ रन बनाउँदै आउट हुदाँ ग्लेन म्याक्सवेलले १ रनमात्र बनाउन सके भने मार्कोस स्टोइनिसले २३ रन बनाउन सके । यो सँगै अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १६० रनमात्र बनाउन सक्यो ।
अष्ट्रेलियाविरुद्ध रोमाञ्चक जित दर्ता गराउन इङ्ल्याण्डका जोआफ्रा आर्चर आदिल रसिदले २–२ तथा मार्क वुडले १ विकेट हात पारे । यो सगै इङ्ल्याण्डले अस्ट्रेलिया विरुद्ध ३ म्याचको टी २० सिरिजमा १–० को अग्रता लिएको थियो ।