कटारी । उदयपुरको कटारी नगरपालिकालाई कटारी नगरपालिकालाई शुसासनसहितको जनउत्तरदायी बनाउन नेकपा (माओवादी केन्द्र)ले माग गरेको छ । विहीबार विभिन्न मागसहित माओवादी केन्द्रले नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै माग गरेको हो ।
माओवादी केन्द्र नगर समिति कटारीले विभिन्न ७ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको जनाएको छ । समितिका अध्यक्ष मणिराज दाहालले नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा नगरपालिका भित्र भएका गतिविधिहरुलाई गुमराहमा राखिएको भन्दै ससर्त, निसर्त , समपुरक, लगायतका स्रोत र ऋण लिएको भए पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने, प्रत्येक महिनाको ७ गतेभित्र सार्वजनिक सुनुवाई गर्नुपर्नेमा गर्न नसकेकाले प्रत्येक वडामा स्थानीय सरकार संञ्चालन ऐन २०७४ कोअधिनमा रहि सार्वजनिक सुनुवाई हुनुपर्ने ,नगरको सेवामा ढिलासुस्ती ,शुसासन कायम नभएकाले नगरपालिकाले जवाफ दिनुपर्ने मागहरु राखिएको छ ।
त्यसैगरी नगरपालिकाले खरिद गरेको सामानको मुल्यसुचि सहित सार्वजनिक गर्नुपर्ने, नगरको सवै शाखाको बजेट सार्वजनिक गर्नुपर्ने, कोरोना कोषको बजेट र खर्च सार्वजनिक गर्नुपर्ने, र नगरका सार्वजनिक जग्गा संरक्षणको निम्ति नेपालको कानुन र भूमी ऐनलाई टेकी सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने जसका लागि सर्वदलिय , सर्वपक्षिय सरोकारवालाहरुसहितको सहमति जुटाउनुपर्ने मागहरु राखिएको छ ।
ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु सम्बोधन नभए थप संघर्षका कार्यक्रहरु तय गर्न वाध्य हुने पनि ज्ञापन पत्रमा चेतावनी दिईएको छ । ज्ञापन पत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले छिटोभन्दा छिटो मागहरुको सम्बोधन गर्दै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । नगरपालिकामा शुसासन हुन विधिको शासन, पारदर्शिता जवाफदेहि सहभागिता मुलक र समावेशी हुन नसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र वुझाउन माओवादी केन्द्रका नेता केपी बराललगायतका कार्यकर्ताहरु नगरपालिका पुगेका थिए ।
माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसियल) कटारीका अध्यक्ष इश्वर पोखरेलले कटारी नगरपालिकामा हुने भ्रष्टचार, विकृत्ति, बिसंगति, अनियमितता विरुद्धकडा निगरानी गर्दै आएको बताएका छन् । ‘जनताको काममा वाइसियल केन्द्रीत छ,’ उनले भने, जनता विरोधी गतिविधिको निगरानी गर्ने र खबरदारी गर्ने काम जारी राखेका छौँ ।’