नेपालटार । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ नेपालटारमा रहेको पौवा लघु उद्यमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय भवन उद्घाटन गरिएको छ । सहकारी संस्थाको कार्यालय भवन बुधबार एक कार्यक्रमबीच उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले उद्घाटन गरेकी हुन् ।
भवन उद्घाटन कार्याक्रम बोल्दै प्रमुख अतिथि उपाध्यक्ष सानुकुमारी राउतले पौवा लघु उद्यमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई भवन बनाउन सफल भएकोमा धन्यवाद दिएकी थिइन् । ‘उदयपुरगढीमा रहेका सहकारीमध्ये उत्कृष्ट सहकारीमा पर्दछ,’ उनले भनिन् ।
उद्घाटन कार्यक्रममा बुद्धिजीवि बोधकुमार घिमिरलेले पौवा लघुउद्यमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सम्बृद्धिको लागि स्थानीय स्तरमा सानो भएपनि टेवा पुर्याउन सफल भएको बताएका छन् । ‘स्थानीय स्तरमा बचत गराउने संस्कारको विकास गरेको छ, सर्वसाधरणलाई स्वरोजगार बनाउन विभिन्न सिपमुलक तालिम सञ्चालन गर्दै आएको छ, किसानहरुको लागि मलखाद विरतण गर्दै आएको छ,’ उनले भने, ‘जसको कारण आर्थिक सम्बृद्धिको लागि सानो भएपनि सहयोग पुगेको छ, भोलिका दिनमा अझ प्रगतिको बाटो सहकारी लम्बदै अघि बढ्नुपर्छ, शुभकामना छ !’
पौवा लघु उद्यमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अम्बरबहादुर कार्कीका अनुसार झण्डै २६ लाख २८ हजार चासयसय ९६ रुपैँयाको लागतमा निर्माण भएको कार्यलय भवन उद्घाटनपछि सञ्चालनमा आएको छ । अध्यक्ष कार्कीका अनुसार भवन निर्माणको लागि उदयपुरगढी गाउँपालिकाबाट अनुदान स्वरुप १० लाख, शेयर सदस्यबाट ७८ हजार पाँसय २, चन्दादाताबाट एकलाख २९ हजार पाँचसय ९० रुपैयाँ सहयोग जुटेको थियो ।
‘गाउँपालिकाको अनुदान, शेयर सदस्य र चन्दादाताको सहयोगमा सहकारीको कार्यालय भवन बनेको हो,’ उनले भने, ‘अबका दिनमा सहकारीको आफ्नै भवन बनेको छ ।’ कार्कीका अनुसार उक्त सहकारीमा ६ सयभन्दा बढी सदस्य आवद्ध रहेका छन् । वार्षिक रुपमा चालु आर्थिक वर्ष २०७७/०७८ मा साँढे ६ करोडबढीको कारोबार गरेको छ ।
अध्यक्ष कार्की थप्छन्, ‘सहकारीमा बचत गर्ने, ऋण प्रवह गर्ने, उद्यमीहरुलाई तालिम दिने, बेरोजगारीहरुलाई स्वरोजगरी बनाउने, किसानहरुको लागि मल खद्य वितरण गर्ने लगायतका काम गर्दै आइरहेको छ ।