उदयपुर । फजुल खर्च कटौती गरी उदयपुरकी प्रदेश सभा सदस्य अम्बिका थापाले आफ्नो स्वर्गिय वुवाको ७ औँ स्मृतिमा त्रियुगा शान्तिधामलाई बिहीबार सहयोग गर्नुभएको छ ।
आर्थिक संकटको चपेटामा रहेको शान्तिधामलाई सहयोग पुर्याउने उदेश्यले थापाले सोह्र श्राद्धमा वुवाको स्मृतिमा गरिने सबै खर्च कटौती गरी शान्तिधामका वटुकको जीवनयापनमा सहयोग गर्नुभएको हो । वटुकहरुको खान, बस्न र शिक्षाको जिम्वेवारी लिएको शान्तिधामलाई उनले चामल, पिठो, दाल, नुन, तेल, मसला, चिनी, मटर लगायतका खाद्यान्न तथा नगद सिधा दान गर्नुभएको छ । आमा, काका, आफन्त लिएर पुगेकीन सांसद थापाले शान्तिधामको मातहतमा सञ्चालित त्रियुगा बौद्धिक गुरुकुलको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
निकै भावुक मुद्रामा देखिनुभएकी सांसद थापाले पुरातन संस्कारले महिलालाई हेला गरेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘त्यहीँ छोराले पितृको तपर्ण र पिण्ड दिन पाउने त्यहीँ छोरीले नपाउने संस्कारले महिलामाथि विभेद् देखिन्छ । पुरातन संस्कारलाई सम्झदै निकै भावुक बनेकी सांसद थापा संस्कारलाई परिमार्जन गर्दै लैजानु पर्ने सुझाब दिनुभयो ।
सांसद थापाको आँखामा आँशुु देखेपछि सँगै बसेकी गैरसरकारी संस्था महासंघकी केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ की इन्र्चाज महेश्वरी राईले पनि आँशु थाम्न सक्नुभएन् । दुबै जनाका वुवाआमाको कोखबाट दाजुभाईको जायजन्म नभएपछि उनीहरु आफै पितृको सम्झनामा संस्कार गर्दै आएका छन् । खोटाङ्गको तत्कालिन डाँडागाउँ गाबिस ६ हालको दिपु्रङ्ग गाउँपालिका २ मा १९९० सालमा जन्मिनुभएका रणबहादुर खड्काको ८० बर्षको उमेरमा बेलका नगरपालिका ८ सेतिखोलामा २०७० सालमा मृत्यु भएको हो । उनका दुई सन्तान मध्ये पहिलो सन्तानकोरुपमा सांसद थापा र अर्की एक वहिनी छोरी छन् ।
यस्तो छ संस्कारमा
हिन्दु संस्कारअनुसार विहे गरेर गएकी छोरीले श्रीमान छदैँ केस काटेर वुवाआमाको नाममा तपर्ण र पिण्ड दिन संस्कार अहिलेसम्म नभएको पण्डित गिरीराज खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शाष्त्रको आसय छोरा र छोरी वरावरी छ तर संस्कारमा विवाह गरेर गएपछि महिलाको गोत्र परिवर्तन हुने भएकाले केहि कठिनाई हुने गरेको छ ।
‘माईतीभन्दा पनि घरपरिवारकै दायित्व वढि हुने र उतैको संस्कारमा बस्नु पर्ने भएकाले सामान्यतया विहे गरेर गएकी छोरीले पितृको सम्झनामा तपर्ण र पिण्ड दिने काम गर्दै उहाँले भन्नुभयो, ‘पानी समायर पितृको नाममा पण्डितलाई दिएको दान मात्र दान हैन, गरिव, असायह, सामाजिक कार्यमा गरेको सहयोग पनि दान नै हो ।