कटारी । उदयपुरको कटारी नगरपालिकामा तालाबन्दी गरिएको छ । सोलु करिडोर विद्युत प्रशारण लाइनको रुट परिर्वतनको माग राख्दै आन्दोलनतर स्थानीयले तालाबन्दी गरेका हुन् ।
विहीबार कटारी नगरपालिका ४ मरुवा स्थित मरुवाका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका छन् । विद्युत प्रशारण लाइनको टावर मरुवा सामुदायिक वनमा निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान सहित तालाबन्दी गरेका छन् ।
अहिले निर्माणधिन रहेको सोलु करिडोर प्रशारण लाइनको विवादित क्षेत्रमा सयौँको संख्यामा प्रहरी परिचालन गरेर काम सुरु गरिएको छ । सोलु करिडोरको प्रसारण लाइनको टावर गाउँबाट राख्न दिए अन्य आयोजनाले पनि गाउँबाट टावर राख्न सक्ने भएकाले अन्यत्र सार्नुपर्ने मागलाई यथावत राखेको आन्दोलनरत पक्षको माग छ ।
बिगत तीन वर्षदेखि सोलु कोरिडोर प्रसारण लाइनको रुट परिवर्तनको लागि मरुवाबासीले माग गर्दै आएका छन् । रुट परिवर्तन गर्न प्रधानमन्त्री कार्यालय, उर्जा मन्त्री, विद्युत प्राधिकरण कार्यकारी निर्देशकलाई भेटर माग राख्दै आएको कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले बताए ।
सोलु करिडोर विद्युत प्रसारण लाइनको विषयलाई लिएर तालाबन्दी गरेको मेयर श्रेष्ठले बताए । एक पटक हैन पटक पटक स्थाीयले उर्जा मन्त्रालय र प्रधानमन्त्री समक्ष मरुवाबासीको समस्याको बारेमा जानकारी गराउँदा पनि सरकार मुअब्जा दिने मनस्थितीमा पुगे पनि मुअब्जा मूल्यांकन समितिले कम मूल्याकन गरेकाले समस्या उत्पन्न भएको मेयर श्रेष्ठले बताए ।
कटारी नगरपालिकाले सोलु कोरिडोरको रुटमा पर्ने मरुवा क्षेत्रका १६ घर परिवारलाई उनीहरुले चर्चेको जग्गाको प्रति धुर २ लाख ५० हजारको दरले मुअब्जा दिन सिफारिस गरेको थियो । तर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले प्रति धुर १ लाख मात्र दिने निर्णय गरेकाले कुरा नमिलेको मेयर श्रेष्ठको भनाई छ ।
कटारी नगरपालिकाकी उपमेयर भिमकुमारी राउतले पीडित पक्षकाे माग सम्बाेधन गरेर साेलु करिडाेर प्रसारण लाईनकाे काम अगाडी बढाउन आयाेजना र सम्बन्धित निकायलाई सुझाव दिएकी छिन् । उनले भनेकी छिन्, ‘यहाँ प्रशासनले बल प्रयोग गरेर काम गर्नु गलत हुनेछ, हामी विकास विरोधी होइनौँ, जनताको निम्ती गर्ने विकास जनताका समस्या सम्बोधन गरेर गर्नु उचित हुन्छ ।’
यत जिल्ला प्रमुख अधिकारी तुलसीराम सेढाईले बल प्रयोग गरेर टावर निर्माणको काम अघि बढाउने बताए । उनका अनुसार प्रति कठ्ठा ४ लाख पर्ने जग्गालाई २० लाख मूल्याकन गर्दा पनि अवरोध नहटेपछि वाध्यभएर प्रहरी परिचालन गरेर काम सूचारु गर्न लागेको बताए ।
थप समाचारको लागि तलको लिङक खोल्नुहोस्
निर्माणधीन सोलु करिडोरको विवादित क्षेत्र कटारीको मरुवामा सयौँको संख्यामा प्रहरी परिचालन
उदयपुरमा अवरोध जारी, साेलु करिडोरकाे छैटौँ पटक म्याद थपिँदै