उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ मा पर्ने त्रियुगा नदी किनारमा रहेको पाँच हेक्टरमा जग्गामा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय उदयपुरको सहयोगमा स्थानीय नागेश्वरी सामुदायिक वन उपभोक्ता समूहले वृक्षरोपण गरेको हो ।
केही दिन अघि डिभिजन वन कार्यालय उदयपुरका प्रमुख अम्बिकाप्रसाद पौडेले विरुवा रोप्दैँ उद्घाटन गरेको उक्त पाँच हेक्टर क्षेत्रफलमा झण्डै विभिन्न प्रजातिका ८ हजार विरुवा रोप्न रोपिएको छ । केही समय अघि त्रियुगा नदीले धार परिवर्तन गरेपछि उक्त जग्गा उक्सेको थियो ।
तटबाँध गरेपछि छेउछाउमा जग्गा रहेकाहरुले कब्जा गर्नसमेत खोजेको उक्त क्षेत्रमा वन समूहले हक जमाएको समूहका अध्यक्ष रुद्रकुमार राउत बताउँछन् । ‘यहाँ जम्मा पाँच हेक्टर जग्गा निस्केको थियो,’ उनले भने, ‘छेउछाउमा जग्गा भएकाहरुले कब्जा गर्न खोजेपछि हामीले ऐलानी जग्गा भएकाले हक जमाएर वृक्षारोपण गरेका हौँ ।’ उनले पाँच हेक्टर भएपनि आप्mनो वन समूहको क्षेत्रफल बढ्ने भन्दै रोपिएका विरुवा संरक्षण गर्नको लागि हेरालुसमेत राख्ने बताए ।
उदयपुरमा स्थानीय भू–माफियाले वन, नदी किनारकै जग्गामा आँखा लगाउँदै आएका छन् । खुला वन क्षेत्र, नदी किनारका जग्गामा वृक्षारोपण गर्दा नदी नियन्त्रण हुने सरकारी जग्गाको संरक्षण हुन्छ भन्ने उदाहरण उदयपुरको चौदण्डीगढी नगरपालिका १० मा रहेको महाभारत सामुदायिक वन उपभोक्ता समूह खैरा झोडाले प्रष्ट पारेको छ ।
वन कार्यालयको सहयोगमा महाभारत सावउसले त्रियुगा नदी किनारको २० हेक्टर जग्गालाई अहिले वनमा परिणत गरेको छ । पाँच वर्ष अघि झण्डै ३२ हजार विरुवा रोपिएको थियो । समूदायिक वन र वन कार्यलयको सहयोग अहिले वनमा परिणत भएको महाभारत सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुवास अधिकारी बताउँछन् ।
‘यस त्रियुगा नदी किनारमा रहेको खाली जग्गामा पनि छेउछाउका जग्गा भएका धनिले विरोध गरेका थिए,’ उनले भने, ‘सिंगो सामुदायिक वन उपभोक्त समूह र वन कार्यालयको सहयोगमा अहिले वनमा परिणत भएको छ ।’ पहिलो वर्ष रोपिएको ३२ हजार विरुवामा ३० प्रतिशति जोगाउन नसकिएपनि बाँकी विरुवा हुर्कदै गएका छन् ।
उनि थप्छन्, ‘हामी यस क्षेत्रमा वन कार्यालयबाट विरुवा ल्याएर वर्षेनी रोपिरहेका छौँ । अहिले वन जस्तै हरियाली देखिन्छ ।’ डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी जागेश्वर साहले वन कार्यालय सहयोग र वन समूहको सक्रियतामा २० हेक्टर क्षेत्रफल वनमा परिणत भएको बताए ।
“हरित त्रियुगा बगर, स्थानीय जनतको रहर’’ यही सोचका साथ त्रियुगा ७ स्थित रहेको नागेश्वरी सावउसको त्रियुगा बगरको करिब ५ हेक्टर जग्गामा वृक्षारोपण कार्य गरिएको छ, देउरी सवडिभिजन वन कार्यालयको संयोजनमा वृक्षारोपण थालनी गरिएको हो ।’ उनले भने, ‘यहाँ पनि करिव पाँच हेक्टर वन क्षेत्र कायम भएको छ ।’
उनले महाभारत जस्तै गरी भोलिका दिनमा हरियाली हुने भन्दै त्रियुगा नदी किनारमा रहेका बगरलाई वनमा परिणत गर्न सकिने बताए । उनले भने, ‘ महाभारत सामुदायिक वनको खैराझोरा स्थित त्रियुगा बगरमा २०७३÷०७४ मा करीब २० हेक्टर जग्गामा गरिएको वृक्षारोपणको सफलतापछि अभियान कै रुपममा अघि बढेका छौँ ।’
विषेश गरेर फडाँनी भएका खुल्ला चौर र नदी किनारका जग्गामा भूमाफियाको नजर पर्ने गर्दछ । त्यही जग्गामा स्थानीय वन समूह, वन कार्यालय र स्थानीय सरकारले वृक्षारोपण गरे नदी नियन्त्रण, वन क्षेत्रको बृद्धि र सरकारी जग्गाका् संरक्षण हुने डिभिजन वन कार्यालय उदयपुरका प्रमुख अम्बिकाप्रसाद पौडेलको भानइ छ ।
प्रमुख पौडेल भन्छन, ‘वन कार्यालय, स्थानीय सवाउस र स्थानीय सरकारले संयुक्त रुपमा नदी किनारमा रहेका जग्गा, अतिक्रमित जग्गामा वृक्षारोपण गर्ने अभियान चलाउने हो भने, सरकारी जग्गाको संरक्षण र वनको क्षेक्रफल बृद्धि गर्न सकिन्छ ।’ उदयपुर डिभिजन वन कार्यालय अन्तर्गत उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्र पर्दछन् ।
तीनै पालिकाको त्रियुगा नदी साझा समस्या हो । नदी नियन्त्रण गर्न र नदी किनारबाट उक्सेका जग्गामा वर्सेनी वृक्षारोपण पनि हुँदै आएको छ । यस वर्ष तीसहजारभन्दा बढी विरुवा रोपिसकिएको छ ।