उदयपुर । गएको चैत्र महिनादेखि देशमा दोस्रो पटक कोरोना महामारी फैलियो । जता ततै हाहकार मच्चियो । दैनिक कोरोना संमितको मृत्यु भएका खबर आउन थाले । त्यसपछि दैनिक बढेर आउने कोरोना महामारीको खबरले देश नै आक्रान्त बन्यो । सरकारले देशका विभिन्न जिल्ला, सहर लगायतका क्षेत्रमा अघोषित लकडाउनको स्वरुपमा जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा जारी गरेको थियो । त्यो निषेधाज्ञाले उदयपुरलाई अछुतो थिएन् । अझै निषेधाज्ञा जारी छ ।
फेरि कोरोनासँग लड्ने एक मात्र हतिर निषेधाज्ञा नै थियो । जहाँ निषेधाको पलना कडा रुपमा गरिएको थियो, त्यहाँ संक्रमण पनि कमी थियो । कोरोना महामारीको वेला जारी गरिएको निषेधाज्ञाले कोरोनाका बिरामी मात्र नभइ अन्यले रोगबाट पीडित भएका बिरामीहरुले पनि स्वास्थ्य सेवा पाउन मस्किल थियो ।
निषेधाज्ञाले देशमा एम्बुलेन्सहरुको अभाव थियो । उदयपुर पनि त्यो समस्याबाट अछुतो थिएन । सरोकारवालहरुले उदयपुरमा एम्बुलेन्स अभाव नभएको पटक÷पटक ठोकुवा गरे पनि कोरोना बाहेकका बिरामीले पनि पाउन मुस्किल थियो । बिरामीका आफन्तले बोलाएको ठाउँमा एम्बुलेन्स पुग्दैन थियो ।
त्यही एम्बुलेन्सको अभाव भइरहेको समयमा त्रियुगा नगरपालिका ७ धरमपुरका अटो रिक्सा चालक धनकुमार मोतेले (कुमार) सोचे, ‘देशमा अतिआवश्यक सावरी साधनभन्दा बाहेकका कुनै पनि सरकारी तथा नीजि सवारी साधन चलेका छैनन् । म पनि कोरोना महामारीमा आक्रान्त बनेका जनतालाई सानो सेवा गर्दछु ।’
अनि उनले फेसबुकमा स्टाटस लेखे, ‘कोभिड १९ (कोरोना भाइरसको असरले गर्दा पुरै देश मर्महित भएको छ । जनता हस्पिटलमा बेड नपाएर मृत्युसँग लडिरहेका छन् । हजारौंको ज्यान लिसकेको छ । त्यसमा हाम्रो उदयपुर जिल्ला नेकपा माओवादी केन्द्रको साहायक संगठ योङ कम्युनिस्ट लिग (वाईसिएल) जिल्ला कमिटी सदस्यको नाताले र लिम्चुङबुङ गाउँपालिका र उदयपुर जिल्लाभरीका बिरामीलाई मेरो अटोलाई एम्बुलेन्स बनाई निशुल्क सेवा दिने घोषण गरेको छु । जो कोही बिरामी हुनुहुन्छ भने म लाई सम्पर्क गर्न सक्नु हुने छ । सेवा नै धर्म हो । कुमार मोते सम्पर्क नम्वर ९८१९९६८१८१ । नोट लकडाउन भरी ।’
फेसबुका स्टाटस लेखेपछि मोतेलाई फोन आउन थाल्यो । लौन जिल्ला अस्पतालसम्म भएपनि पु¥याइदिनु प¥यो । एम्बुलेन्स पाइएन । अनि त्यसपछि सानो व्यानर बनाएर स्यानिटाजर, मास्क र आफुसँग भएको फेस शिल्डको भरमा मुडे बलमा कोरोनाका लक्षण देखिएका, संक्रमित भएका, गाउँघरमा बिरामी परेका बिरामीहरुलाई अस्पतालसम्म ल्याउने र घर पु¥याउने काम सुरु गरे ।
उनि भन्छन, ‘स्वास्थ्य मापदण्ड भनेको ‘मैले स्यानिटाइजर, मास्क, फेस शिल्ड मात्र प्रयोग गरेको हुँ । अरुले जस्तो पिपीइ पनि पाउन मुस्किल थियो । भनौ पाइएन पनि । किन्ने ठाउँमा पनि थाहा थिएन् ।’ उनले कोरोना संक्रमितका बिरामी भेटिँदा आफुलाई पनि संक्रमण हुने हो की भन्ने डरलाई शक्तिमा बदलेर सेवा दिएका हुन् भन्दा फरक पर्दैन् ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछा स्थायी घर भएका मोतेले हालसम्म २० देखि २५ जना कोरोना संक्रमित भएका बिरामी बोेकेका छन् । ‘गाउँघरमा ज्वरोले थलिएका बिरामी भनेर बोकेर जिल्ला अस्पताल गाईघाट बोक्से पु¥याएर चेक गर्दा कोरोना पोजेटिभ हुने गर्दथ्यो,’ उनले भने, ‘त्यसपछि म आँफै पनि चेक गराउने गर्दथ्ये ।’
उनले त्रियुगा नगरपालिकाको वडा नम्वर ७ र ८ लगायतका गाउँ गाउँमा पुगेर सेवा गरेका छन् । ‘गाईघाट बजारसम्म जाने पनि सबै सवारी साधान बन्द थिए,’ उनले भने, ‘त्यसपछि मलाई फोन आउँथ्यो, अनि लानु पर्ने भए लाने, जानु पर्ने भए लिएर जाने, अस्पतालबाट डिस्चार्ज भएको घर पु¥याउने काम गरेको छु ।’
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहयाक संगठन योङ कम्यिुनिस्ट लिग(वाईसिएल) उदयपुरको जिल्ला कमिति सदस्य समेत रहेका
मोते १० वर्ष मलेसियामा काम गरेर फर्केका हुन् । जिल्लामा स्वरोजगार बन्न उनले मासिक झण्डै १३ हजार किस्ता तिर्ने गरी २०७५ साल असोजमा अटो रिक्सा लिएर गुजरा चलाउन थालेका हुन् । ‘१० वर्ष मलेसिया बसेँ,’ उनले भने, ‘देश मै स्वरोजगार बन्न किस्तामा झिकेको अटोबाट कोरोना महामारीमा १५ हजार ऋण गरेर सेवा गरेँ ।’
उनले १५ हजार रुपैयाँ व्याजमा लिएर पेट्रोल लगाउँदै कोरोना महामारीमा पीडितहरुको सेवा गरेको बताए । ‘मलाई कसैले सुरक्षा कवच अपनाएर संक्रमितका बिरामी बोक्नु पर्छ भनेर कसैले पनि भनेनन्,’ उनले भने, ‘थाहा पाएर पनि भए पो लगाउनु । कस्ले दिने र पिपीइ प्रयोग गरेर संक्रमित बोक्नु, जहाँ जुन अवस्थामा भेटे, त्यही बोकेको छु ।’
३६ वर्षे जिन्दगी लिएर अटो रिक्सा कुदाउने मोतेका दुई छोरी र श्रीमति छन् । उनि भन्छन, ‘श्रीमति र दुई छोरी ताम्लिछामै छन्, धरमपुरमा पनि घर छ, यहाँको घरमा म बस्छु, मैले परिवारको गाँस कटाएर ऋण गरेर सेवा गरेको हुँ ।’
सुरक्षा मापदण्ड अपनाएर पनि कोरोनाका बिरामी बोक्न डराउने एम्बुलेन्स चालकहरुलाई मोतेले प्रष्ट रुपमा चुनौती दिएका छन् । यता जस्ले काम गर्छ, उसले न प्रचार प्रसार गर्छ, न कसैलाई सुनाउँदै हिड्न भन्ने पनि पुष्टी गरेका छन् ।
मोतेसँगै भेटिएका अर्को अटो चालकले भने, ‘हामीलाई कोरोना भन्नसाथ डर लाग्यो, उसले कोरोनाका बिरामी नै अस्पताल पु¥याउँदा पनि डर मानेन् ।’ कोरोना महामारीमा विभिन्न सामाजिक सञ्जालमा राहत वितरण गरेको, संक्रमितलाई फलफुल सहयोग गरेको, स्वासथ्य साम्री सहयोग गरेको प्रचार प्रसार गर्ने विभिन्न सरकारी तथा गैर सरकारी निकायले मोतेलाई खोजेर एक थान पिपीई दिन नसक्नु कस्को गल्ती होला ?
आखिर पिपीई लगायतका स्वास्थ्य सामग्री विरतण गर्नेले पनि कोरोना महामारीमा सहयोग गरेको भनेर जस मागिरहेका छन् । त्यही जसको नलगाकिन पनि अझै पनि कोरोना पुर्ण रुपमा रोकथाम नभएसम्म सेवा गर्ने प्रतिवद्धता मोतेमा छ । मोतेको जस्तै प्रतिवद्धता अरुले गर्छन की गर्दैनन् होला ? सधैँको लागि प्रश्न चिन्ह खडा भएको छ ?