कटारी । गोर्खा वेल्फेयरले कटारी नगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको अक्सिजन कन्सन्ट्रेटेड लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार गोर्खा वेल्फेयरले अक्सिजन कन्सन्ट्रेटेड, अक्सोमिटर, पिपिइ सहयोग गरेको हो ।
गोर्खा वेल्फेयरका प्रतिनिधि मेघाराज लिम्बुले झण्डै १४ लाख बराबरको स्वास्थ्य सामग्री कटारी नगरपालिका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ उर्फ काजीलाई हस्तान्तरण गरेका छन् । कटारी नगरपालिकालाई उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कटारी नगरपालिका क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सानो सहयोग पुग्ने बताएका छन् । ‘हामीले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको सहीसदुपयोग हुन्छ भन्ने लागेको छ,’ उनले भने, ‘विशेष गरेर स्वास्थ्य उपचारको लागि आतिआवश्यक सामानहरु उपलब्ध गराएका छौँ ।’
उक्त स्वास्थ्य सामग्री बुझदै कटारी नगरपालिका नगरप्रमुख श्रेष्ठले गोर्खा वेलफेयरलाई धन्यवादसहित कृतज्ञाता व्यक्त गरेका थिए । ‘यस स्वास्थ्य सामग्रीको सहीसदुपयोग गर्ने छौँ, कटारी नगरपालिकाका स्वास्थ्य उपचारलाई थप मझबुद बनायो सहयोग पुगेको छ ।’
कटारी नगरपालिका स्वास्थ्य शाखा संयोगक शुरेसकुमार दाहालका अनुसार अक्सिजन कन्सन्ट्रेटेड पाँच थान, पिपी थान दुईसय थान, अक्सोमिटर १५ थान गोर्खा वेल्फेयरले सहयोग गरेको छ ।
कटारी नगरपालिका हाल सक्रिय संक्रमितको संख्या एकसय १५४ रहेको छ, भने उपचारपछि निको भएर ५५ जना घर फर्किसकेका छन् । कटारी नगरपालिकामा कोरोनाबाट पाँच जनाले हालसम्म ज्यान गुमाएका छन् ।