उदयपुर । उदयपुरमा असारको पहिलो हप्तासम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कर्यालय उदयपुरले एक सूचना जारी गर्दै असार ७ गते सम्म थपेको हो । उदयपुर जिल्ला प्रमुख जिल्ला अधिकारी तुसीराम सेडाइले कोरोना भाईरस रोकथाम अझै न्युन नभइसकेकाले निषेधाज्ञा थप गरेको जानकारी दिए । उनका अनुसार बैशाख २८ गते रातको १२ बजे बाट असार ७ गते रातको १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञाको अबधि बढाइएको छ ।
उनले भने, ‘खाद्यन्न लगायतका अत्यावश्यक वस्तुको लागि बजार दैनिक पाँच घण्टा खुल्ने छ, जसमा विहानको ७ वजेदेखि दिउँसो १२ वजेसम्मको समय तोकिएको छ ।’ निषेधाज्ञामा अत्यावश्यक भन्दा अन्य कुनै पनि व्यक्ति, संस्था, पसल, सवारी साधनहरुलाई ठप्प पार्ने निर्णय भएको छ । यता खाद्यन्न, फलफुल, तरकारी, माछामासु, अण्डा, औषधी भेटनरी बाहेक अन्य पसलहरु भने हाललाई बन्द नै गर्ने निर्णय भएको उनको भनाइ छ ।
बैँक बित्तिय संस्थाहरु नेपाल राष्ट्र बैँकले निर्देशन गरेको समयवधि भरी मात्र सञ्चालन हुनेछन् । निषेधाज्ञाको समयमा अत्यावश्यक काम औषधी, हस्पिटल, बिरामी कुरुवा मृत्यु संस्कार र आपत कालिन अवस्थामा तोकिएको स्थानमा मात्र आवत जावत गर्न पाईने जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । निषेधाज्ञा उलंघन गर्ने कुनै पनि व्यक्ति, संस्था वा सवारी साधनलाई कोभिड १९ संकट व्यवस्थापन २०७८ बमोजिम माथिको कार्वाही गरिने समेत निर्णय भएको छ ।
व्यक्तिलाई १ लाख संस्थालाई ५ लाख दुई पांग्रे सवारीलाई २ हजार र सो भन्दा माथीका सवारीहरुलाई ५ हजार जरिवाना र कार्वाही समेत गरिने कुरा सुचना मै जानकारी दिइएको उनको भनाइ छ । बाहिर जिल्लाबाट उदलयपुर प्रवेश गर्नेहरुको हकमा स्थानीय तहले तोकेको क्वारेन्टाईन र होम आईसोलेसन बस्नु पर्ने जानकारी दिइएको छ ।
उदयपुरमा शुक्रबार ७० जना नयाँ संक्रमित थपिए
उदयपुरमा शुक्रबार ७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका ७० नयाँ संक्रमितसँगै उदयपुरमा अब कुल संक्रमित संक्रमितको संख्या ६ सय ६६ पुगेको छ । जिल्लामा उपचारपछि निको हुने संक्रमितको संख्या ९ सय ७५ रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ रहेको छ ।