वर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध नै गजवको छ । नेपाली कम्युनिस्ट आन्दोलनमै दर्ज भएको सम्बन्धमा एकले अर्कालाई लगाउने आरोप/प्रत्यारोप पनि अजिवको छ ।
पटक/पटक सत्ता सहकार्य, वाम गठबन्धनदेखि पार्टी एकतासम्म आइपुग्दा तिक्ततापूर्ण भित्र आरोप/प्रत्यारोपको सम्बन्ध कायम थियो । अझ नेकपा गठनदेखि विघटनसम्म आइपुग्दा एकाध विषयमा एकै ठाउँमा उभिए । तर, कहिले पनि ओली प्रचण्डको सम्बन्ध हार्दिकतापूर्ण रहेन् । दुबैले एकले अर्कालाई उपयोगको नीति अपनाइरहे ।
माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि बेला–बेला कटुतापूर्ण र सुमधुर हुने ओली प्रचण्डको सम्बन्धले राष्ट्रिय राजनीतिमासमेत तरंग ल्याइरह्यो । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने आख्यान ओली–प्रचण्ड सम्बन्धमा ठ्याक्कै मेल खान्छ । एकअर्काका कटु आलोचक बन्ने उनीहरु परिपूरक बन्दै पुन अहिले कटु आलोचक बनेका छन् ।
दोस्रो पटक संसद विघटनपछि ओली प्रचण्ड विगतमा जस्तै आरोप प्रत्यारोपमा उत्रिएका छन् । ओलीले आफूलाई महाराजा र अरुलाई रैतीको व्यवहार देखाएको प्रचण्ड दावी गर्दछन् भने, ओली मूख्य गरी जनयुद्धको एजेन्डलाई लिएर प्रचण्डलाई विभिन्न प्रकारका आरोप भिराइरहेका छन् ।
नेता नै आरोप/प्रत्यारोपमा उत्रेपछि सर्मथक, कार्यकर्ता, शुभचिन्तक दुवै नेताको पक्ष र विपक्ष लिएर बहस गरिरहेका छन् । दुबै नेतालाई लाग्ने आरोपका विषयलाई लिएर सामाजिक सञ्जाल, चिया चौतारीमा घम्साघम्सी परिरहेको हुन्छ । दुबै नेतालाई लाग्ने मुख्य १०/१० वटा आरोपहरु यस्ता छन् ।
ओलीलाई लाग्ने आरोपहरु
१. आफुलाई प्रधानमन्त्रीमा टिकाईरहन ओलीले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेर दुई पटक संसद विघटन गरिसकेका छन् । पहिलो पटक ०७७ पुस ५ गते र दोस्रो पटक ०७८ जेठ ८ गते राती विघटन गरेका हुन् । पहिलो पटक विघटन गर्दा सर्वोच्च अदालतबाट पुर्न स्थापना भएको थियो । अहिले द्रोस्रो पटक पनि अदालतमै पुगेको छ । संसद विघटनको पहिलो आरोप ओलीमाथि छ ।
२. वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दा वा कुनै सभासमहारोमा बोल्दा संघीयता कार्यान्वयनमा सफलता, कानुन निर्माणमा सफलता, लगानीमैत्री वातावरणको सिर्जना, कुटनीतिक सम्बन्धमा सुधार, पर्यटन आगमनमा वृद्धि, सुशासन र शान्ति सुरक्षामा विषेश सुधारजस्ता विषयलाई उपलब्धिका रुपमा लिन्छन । यता यसको ठीक उल्टो संविधानको मूलमर्मलाई उल्लङ्घन, संघीयता कार्यान्वयनमा ढिलासुस्ती, शान्तिसुरक्षा अभाव, अपारदर्शीता, हत्याहिंसा, बलात्कार, बढ्दो महङ्गी, दोहरो तेहोरोकर, भ्रष्टाचारलाई संस्थागत, देशको असङ्लग्न परराष्ट्र नीतिविपरित वक्तव्यबाजी, स्वतन्त्र न्यायपालिका र कार्यपालिकामा हस्तक्षेप, प्रेस स्वतन्त्रतामाथि नियन्त्रण, प्राज्ञिक संस्थामाथि आक्रमण, राष्ट्रिय स्वाधीनतामाथि खलल दिने कार्यमा ओली सरकार अग्रसर रहेको दोस्रो आरोप प्रष्ट छ ।
३. रेल, पानीजहाज र पोलपोलमा आफ्नो पोष्टर टाँस्न लगाएर नयाँ युगको सुरुवात भयो भन्दै हल्ला गर्ने पनि ओली नै हुन् । जसको कारण प्रधानमन्त्रीको भनाइ र गराइमा तारतम्य मिलेको पाइँदैन । प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा भयो । तर देशका युवा शक्तिहरु रोजगारीको खोजीमा दिन प्रतिदिन विदेशिएका छन् भने देशको जनशक्ति काम नपाएर बरालिनुपर्ने अवस्था छ । प्रधानमन्त्री रोजगार कार्यक्रम नारमै सिमित गरेको तेस्रो आरोप छ ।
४. वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचारदेखि ओम्नीसम्मका आरोपहरु छन् । वाइडबडीमा चीनबाट खरिद गरिएका २ जहाज सम्झौताभन्दा कम तौलका आए पनि प्रधानमन्त्री ओलीको निर्देशनमा ती जहाजको भुक्तानी दिइयो । यस प्रकरणमा सरकारले ६ अर्ब भ्रष्टाचार गरेको घटना यसअघि नै प्रमाणित भइसकेको छ । ओलीको समूहले राज्यका सबै अंगमा हस्तक्षेप गर्ने र त्यसवापत प्राप्त रकमबाट आफ्नो गुट सञ्चालन गर्ने, त्यसकै परीमाणले अहिले नेकपा एमाले दुई चिरामा विभाजन भएको छ । ३० वर्षयताको राजनीतिक इतिहासमा नीतिगत भ्रष्टाचार गर्नेमा ओली सरकार सबैभन्दा अगाडि रहेको छ ।
ओम्नीसँग सरकारले कोभिड–१९ को नियन्त्रणका लागि कमसल सामग्री ल्याएर मोटो रकम कमिसन लिएको चर्चा परिर्चा पनि भयो । निजी कम्पनिबाट खरिद गरिएका किट लगायतका सबै मेडिकल सामग्री नक्कली ल्याइएको थियो । ओलीको कार्यकालमा यती कम्पनिलाई देशको सरकारी जग्गा कौडीको मूल्यमा सुम्पिएको छ । त्यसवापत प्रधानमन्त्री ओली र उनको टीमले अर्वौं रुपैंयाँ कुम्ल्याएको तथ्य स्वयं नेपाल ट्रस्ट र महालेखाको प्रतिवेदनले स्पष्ट पारेको छ । यता मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार पनि चर्चामा छ । सरकारले चीनबाट मेडिकल सामान ल्याउन जिटुजी सम्झौता गर्यो । तर, चीनले अनुदानमा दिने मेडिकल उपकरण नल्याएर ६० प्रतिशत महंगोमा सामान ल्याएर प्रधानमन्त्रीको निर्देशनमा उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले मोटो रकम कमिसन लिएको चौथो आरोप छ ।
५. संकटकाल लगाउन पटकपटक छलफल र प्रयास ओलीले जारी राखे । आफ्नो कुर्सीका विरुद्ध कसैले आँँखा लगाए संकटकाल लगाएर तह लगाउने भन्दै दल र नागरिक समाजलाई पटकपटक धम्की दिए । आजसम्म संकटकालको घोषणा भइनसके पनि ओली त्यतातिर उद्धत रहेको विश्लेषण गरिन्छ । ओली दलिय व्यवस्थाभन्दा पनि निर्दलीय व्यवस्था लागू गर्न प्रष्ट रुपमा तम्सिरहेका पाँचौ आरोपलाई लिइन्छ ।
६. व्यवस्थापिका संसदले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेको नयाँ राजनीतिक र प्रशासानिक नक्शा पारित गरेको थियो । शिक्षा मन्त्रालयले संविधानबमोजिमको नक्शा पाठ्यपुस्तकमा राख्यो । तर, प्रधानमन्त्री ओलीले त्यसको चर्को विरोध गर्दै छापिएको करोडौं प्रति किताब बितरणमै रोक लगाइदिए । लिपुलेक, कालापानी भूभाग फिर्ताका लागि उदासिनता देखाइदिए । बरु, परिस्थितिलाई भड्काएर भूमि भारतलाई नै छोडिदिने नियोजित षड्यन्त्रमा सरकार सक्रिय रह्यो । पछिल्लोसमय ओली र भारतीय अधिकारीहरुबिचको छलफल भूमि फिर्तामा होइन, नेकपा फुटाउने र ओलीको सत्ता कायम राख्न केन्द्रित हुनुले ओलीको राष्ट्रवाद नक्कली भएको प्रमाणित भइसकेको छैटौँ आरोप छ ।
७. संविधानको मर्म र भावनाविपरित ओली सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई ‘नेपाल’ मात्र लेख्नु भनी सर्कुलर जारी ग¥यो । बिना सन्दर्भ र प्रसंग कानून मन्त्रालयले जारी गरेको उक्त सर्कुलरले संविधानको धज्जी उडाएको प्रष्ट छ । सक्षम मन्त्रीहरुको बर्खास्ती, असक्षमहरुको नियुक्ति, बिना तयारी र पूर्वाधार मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गर्दै डा. गोविन्द केसीले सत्याग्रह आन्दोलन सुरु गरे । तर, सरकारले बर्तामार्फत् समस्या समाधानमा कुनै चासो देखाएन । बरु, गरिएका सम्झौता पटकपटक उल्लंघन गरेर स्वास्थ्यको संविधानप्रदत्त मौलिक हकका विरुद्ध उभियो । यता राजीनामा मागे प्रधानमन्त्रीको कुर्सी भाँच्ने घोषणा पनि ओलीले नै गरेका थिए । ओलीले प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा मागे प्रधानमन्त्रीको कुर्सी नै भाँचिदिने चेतावनी दिँदै आएका छन् । ओलीका शब्दमा कुर्सी भाँच्नुको अर्थ प्रधानमन्त्री पद नै दरबारलाई बुझाउनु हो । उनले राजावादीहरुसँग मिलेर गणतन्त्र नै उल्टाउने चेतावनी दिएको सातौँ आरोप प्रष्ट छ ।
८. ओलीलाई विगतमा आरोहरु लागेको छन् । जसमा तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले नियम विपरीत गृहमन्त्रालयका लागि गाडी खरीद गरी करोडौं खाएको, ओलीले नौ महिना गृहमन्त्री हुँदा प्रहरी प्रशासन र तस्करहरूको नेटवर्कभित्र पार्टीलाई प्रवेश गरार्ई सुनदेखि चरेशसम्मको तस्करी गर्ने, गराउने काम गरेको आठौँ आरोप छ ।
९.मदन भण्डारी र जीवराज आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटना मात्र हो’ भनी सही गर्न लगाएको नबौँ आरोप पनि जगजाय छ ।
१०.महाकली सन्धि दुवै सदनबाट पारित गराउन देउवा सरकारसँग सांसद खरीद गर्छु भनी खड्गप्रसाद शर्मा ओलीले ५ करोड रुपैयाँ माग गर्नेजस्ता घृणित कार्य गरे । जसलाई अहिले पनि राष्ट्रघाती सम्झौताको रपमा लिइन्छ । जुन दशैँ आरोपमा छ ।
प्रचण्डमाथि लाग्ने आरोपहरु
१. प्रचण्डलाई जनयुद्धकम भएका राम्राभन्दा नराम्रा घटनको सबै आरोप पहिलो नम्वरमै लाग्ने गरेको छ । २०५२ साल देखि २०६३ सम्म चलेको युद्धलाई सशस्त्र द्वन्द्वको रूपमा पनि व्यख्या गरिन्छ । विद्रोह नेकपा–माओवादीको नेतृत्व गरेका प्रचण्डलाई नरसंहार, अपहरण र अन्य युद्ध सम्बन्धित अपराध र मानवता विरुद्धका कार्यहरूको पहिलो आरोप लाग्ने गरेको छ ।
२. प्रचण्डलाई सबैभन्दा धेरै परिवारवादको आरोप दोस्रो हो भन्दा फरक पर्दैन् । प्रचण्डले छोरीलाई मेयर बनाएको, बुहारीलाई मन्त्री बनाएको, छोरा स्व. प्रकाश दाहालको नाममा स्वीस बैंकमा अवैध अर्वौं रकम राखेको, भाटभटेनी सुपरमार्केट तथा विभिन्न बैंकहरुमा लगानी गरेको आरोप छ ।
३. प्रचण्डले २० अर्व भ्रष्टाचार गरेको थाहा पाएपछि माओवादी केन्द्र छोडेको डा. बाबुराम भट्टराईले सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए । त्यसैलाई आधार बनाएर पनि प्रचण्डमाथि २० अर्वको खेद पनि छ । जनयुद्धको सहयात्रीले पार्टी छाडेर नयाँ शक्ति बनाउँदा भट्टराईले लगाएको आरोपको हो । जसलाई तेस्रो आरोपमा लिन सकिन्छ ।
४. ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने दर्शनबाट प्रचण्डको नेतृत्वमा सुरु भएको जनयुद्धमा नेता कार्यकर्ताहरूले ‘मुक्ति या मृत्युको दस्तावेज’मा हस्ताक्षर गरेर होमिएका थिए । जनयुद्धको थालनीमै गरिब किसान, मजदूरमाथि शोषण गर्ने गाउँका सुद्खोर, सामान्तहरू कारबाहीको निशानामा परे । महिला, दलित, उत्पीडित जाति, क्षेत्रका समस्या माओवादीको मुख्य एजेण्डा बन्न गयो । उत्पीडित जातिहरूलाई आत्मनिर्णयको अधिकारसहित स्वायत्त शासनलाई ग्यारेण्टी गर्ने नीति लागू गर्न जातीय, भाषिक, क्षेत्रीय प्रदेश अन्तर्गत जनसत्ताहरू स्थापना गरिए । अहिले त्यो पनि कार्यन्वय हुन सकेन ।
भूमिहीन किसानहरूलाई ‘जसको जोत उसको पोत’को नीति अनुसार सामान्तहरूको जमिन कब्जा गरी खेतिपाती गर्न बाँडियो । शान्ति प्रक्रियामा आएपछि त्यो पनि कार्यन्वय भएन । उत्पीडित महिला, जनजाति, दलित, किसानका प्रत्यक्ष समस्यालाई व्यवहारिक अनुभूति दिलाउने काम गरेकाले जनयुद्ध द्रुत गतिमा छलाङ मार्न सफल भयो । हजारौं महिला, दलित, जनजाति, मधेसी जनताहरू सशस्त्र विद्रोहमा स्वतःस्फूर्त लामवद्ध भए । जनयुद्धको समयमा १७ हजारभन्दा बढी जनताले आफ्नो अमूल्य जीवनको आहुति दिनुप¥यो । हजारौं व्यक्तिहरू युद्धरत दुवै पक्षबाट बेपत्ता छन् । जनयुद्धमा बाँडेको सपना प्रचण्डले पुरा गर्न नसकेको चौथो आरोप छ ।
५. दलाल, भ्रष्टाचारी, ठगको संरक्षण गर्दै ठेकेदारको घरमा भाडामा बस्दै ठूला–ठूला विकासका आयोजनाहरु अलपत्र पारेको । केही आसेपासेको वरिपरि मात्र घुम्दै स्वास्र्थ मात्र पुरा गर्ने मनोवृत्ति प्रचण्डमा बढेको पाँचौँ आरोप छ ।
६. शान्ति स्थापना, लडाकु समायोजन तथा एनसेल काण्डमा ५४ अर्वभन्दा बढी रकम घोटला गरेको गरेको चर्चा पनि छ । जनमुक्ति सेना अर्थात लडाकु शिविरमा भएको घोटला मुच्छिएको, जनयुद्धका घाइते, आपाङ्ग, सहिद परिवारको वेवस्ता गरेको छैटौँ आरोप पनि प्रचण्डमाथि छ ।
७. प्रचण्डकी बुहारी विना मगरको माध्यमबाट मेलम्ची खानेपानी आयोजनामा अर्बौं रकम हिनामिना तथा भ्रष्टाचारले गर्दा निर्माण कम्पनी नै भाग्न बाध्य बनाउँदै उपत्यकावासीले खानेपानी पिउन पाउने आशालाई कालो बादल लगाइदिएको सातौँ आरोपमा लिइएको छ ।
८. चरम व्यक्तिवाद, अवसरवाद, आर्थिक विचलनवाद, अस्थिरतावाद, संकीर्णवाद, वितण्डावाद, नातावाद, षड्यन्त्रवाद, छलछामवाद, मुखियावाद, कायरतावाद, आशेपासेहरु, धुपाउरेहरु, चाकडी, भ्रष्ट र कमिशनखोरहरु, वैचारिक विचलनमा परेर सिद्धान्तविहिन, चरम अवसरवादीहरुलाई वरिपरि राखेर आफ्नो स्वार्थपूर्ति गर्ने गरेको आरोप माओवादी आन्दोलनबाट आएका नेताहरुले प्रचण्डमाथि लगाउने आरोप आठौँ हो ।
९. दोस्रो संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग बाम गठबन्धनको नाममा माओवादी केन्द्रलाई एमालेको विलय गराएर नेकपा बनाएको आरोप प्रचण्डमाथि छ । विशेषगरी माओवादी धारबाट आएका पुराना कार्यकर्ता र नेताले प्रचण्डलाई छिन्नभिन्न भएको माओवादी आन्दोलनलाई गोलबन्द बनाउने काम छाडेर एमालेसँगको एकता गर्दा अहिले एकतासमेत भड्केको नबौँ आरोप लगाउँछन् । जुन आरोप प्रचण्डले जनयुद्धको सर्वोच्च कमाण्डार भएको हैसियले बोकिरहेका छन् ।
१०. पहिलो संविधासभामा ठूलो दल बनेको तत्कालिन नेकपा माओवादी थियो । जसको अध्यक्ष प्रचण्ड आफैँ प्रधानमन्त्री थिए । त्यसवेला नयाँ संविधान जारी गर्न नसकेको र दोस्रो संविधानसभाको निर्वाचनमा जातिय पहिचानसहितको संघीयताको पक्षमा एजेन्डा बनाउँदा नेपालमा जातीय द्वन्द्व फैलाई जातीय राज्यको उक्साहट गरी धार्मिक, सांस्कृतिक, जातीयता लगायतको गृहयुद्ध गराउन खोजेको आरोप दशौँ आरोप छ । जनयुद्धका घाइते, आपाङ्ग, सहिद परिवारको वेवस्ता गरेको सबैसामु जगजाय छ ।
कस्को तथ्यमा आधारित होला त ?
गुगलमा ओली र प्रचण्डका कर्तुत, काण्ड, आरोप भनेर सर्च ग¥यो भने प्रचण्डको भन्दा धेरै ओलीका भेटिन्छन् । अब, भनौ, ओली धेरै बेइमानी हुन, प्रचण्ड ? ओलीमाथि लागेका आरोपहरु सजिलै पुष्टी हुन्छन, भने प्रचण्डमाथि कमै मात्रमा हुन्छन् ।
ओलीले जसरी ससंद विघटन गर्ने काम, संस्थागत रुपमा भ्रष्टचार गर्ने, नक्की राष्ट्रवादको नारा लगाउने लगायतका काम त प्रचण्डले गरेको पाइदैन न त ? पछिल्लो समय सामाजिक सञ्जालमा ओली समर्थकहरुमा साइवर सेनाका रुपमा परिचितहरुले प्रचण्डको चर्को विरोध गरिरहेका छन् । हुन, प्रचण्डका समर्थकहरुले पनि बाँकी राखेका छैनन् ।
प्रचण्डलाई मूख्य गरी जनयुद्धको नाममा आरोप भिराइन्छ । प्रचण्डकै नेतृत्वको जनयुद्धले देशमा राजतन्त्रात्मक सामन्ती राज्य व्यवस्थाको अन्त्य भएको तितो यर्थाथता प्रष्ट छ । देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेको छ । समानुपातिक, समावेशी, धर्मनिरपेक्ष मुलुक बनेको छ । जनयुद्धले नेपाली जनताको चेतनास्तर धेरै माथि उठाइदिएको छ । पिछाडि पारिएका जनजाति, दलित, मधेसी, मुस्लिम, महिला, पिछडिएको क्षेत्रका जनतालाई माथि उठ्ने मौका मिलेको प्रष्ट छ ।
जनयुद्धको बलमा २०६२/०६३ सालको जनआन्दोलनबाट देशमा गणतन्त्र आयो । त्यही गणतन्त्र नेपालका प्रधानमन्त्री बनेका ओलीका काण्ड, कर्तुहरु वा ओलीलाई लाग्ने आरोप सयौँ छन् । एमसिसीदेखि कुलमानसम्म खोज्यो भने धेरै रहेका छन् । माथि उल्लेखित आरोपहरु हेर्दा प्रचण्डलाई मनोगढन्ते र केही मात्र पुष्टी हुने होलान् । तर, सम्बन्धित राज्यका विभिन्न निकायबाट प्रष्ट रुपमा प्रमाणित हुने आरोपहरु त ओलीलाई नै लागेका छन नी ?
ओलीलाई लागेका आरोपहरु धेरै तथ्यमा आधारित छन्, भने प्रचण्डमाथि लागेकार आरोपहरु केही मात्रमा तथ्यमा आधारित भेटिने गरेका छन् । माथि लिएका दुवै नेताका केही प्रतिनिधिमुलक आरोप मात्र हुन् । यसलाई आधार बनाए हेर्नुहोस् दुवैमा को धेरै वेइमानी होला ? हाम्राेमत डटकमबाट साभार-सम्पादक