उदयपुर । नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता हुन् राजेन्द्रकुमार राईले एमाले विवादमा माधव नेपाल र झलनाथ खनालको आदेशबिना ओली पक्षसँग गरेको वार्ताको वैधता नहुने र त्यसरी वार्ता गर्नेहरु ओली भन्दा खतरनाक हुने बताएका छन् ।
उनले भनेका छन्, वार्ता गर्ने भनेर शीर्षनेतामा सहमति भैसकेपछि कार्यदल बन्यो । कार्यदल बनिसकेपछि वातावरण बनाउँदै जाने, मिठो मसिनो बोल्नेदेखि हिजोका कारवाहीहरु फुकुवा गर्दै जानुपर्नेमा माधव नेपाल, झलनाथ खनालसहतिका अरु नेताहरुलाई पार्टीको साधारण सदस्यबाटै निश्कासन गर्ने, प्रदेशका सांसदहरुलाई पनि कारवाहीका लागि प्रक्रिया अगाडि बढाउने, कार्यदलमै रहेका भीम रावललाई कारवाही गर्ने र अरु दुईलाई पनि कारवाहीको नियत राखेर स्पष्टीकरण सोध्ने कामले वार्ताको वातावरण पुरै भाँडियो ।’
राई राताेपाटी डटकमलाई ‘हस्ताक्षर फिर्ता लिएर ओलीसँग जानुभन्दा कमण्डलु बोकेर हिँड्नु बेस’ केपी ओली सुध्रनेवाला छैनन्, दायाँबायाँ नसोचौँ : राजेन्द्र राई अन्र्तर्वाता दिँदै भनेका छन्, ‘निजी स्वार्थमा मात्रै पार्टीलाई प्रयोग गर्ने हो भने जो जो मिले पनि भयो । तर, लक्ष्यअनुसार काम गर्ने हो भने भेडाभेडासँग, बाख्रा बाख्रासँग भनेजस्तो असलहरु एक ठाउँमा उभिनुपर्छ ।
उनले ओलीले धेरै कारवाहीको डण्डा चलाउँदा पनि वार्ताका लागि भनेर झुत्ति खेलिरहेको आरोप लगाएका छन् । ‘विद्रोहको लागि सांसद, देशैभरिका नेता कार्यकर्तालाई उतार्ने त्यसपछि कार्यकर्तालाई धमाधम कारवाही खुवाउने अनि आफूचाँहि सुरक्षित हुने ? यो सोच नै सबभन्दा खतरनाक र ठूलो धोका हो ।’
नेता राईले नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र पार्टी एकता कायम गर्ने भन्दै केहि नेताहरुले गरिरहेको ‘वार्ता’लाई निर्लज्जताको संज्ञा दिएका छन् । राईले वरिष्ठ नेता र वार्ता टोली संयोजकलाई साधारण सदस्यबाट पनि हटाउने ओली समूहसँग थप छलफलको औचित्य नरहेको बताएका छन् ।
देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर गरेको हस्ताक्षर फिर्ता गर्ने कुराको कल्पना पनि गर्न नसकिने बताउँदै राईले हस्ताक्षर फिर्ता लिएर जानुभन्दा कमण्डलु बोकेर हिँड्नु राम्रो हुने बताए ।
त्यसको लागि तयार हुने नेताहरुले राजनीतिबाट सन्यास लिएर खेतिपातीमा लाग्न उचित हुने उनको सुझाब छ । केटाकेटी खेल जस्तो कुरा नगर्न नेताहरुलाई सुझाब दिँदै राईले यो विषय सम्मानित सर्वोच्च अदालत पुगेको, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतले हेरिरहेको स्मरण गराएका छन् ।
कम्युनिस्ट पार्टीको नाम ओलीले बद्नाम गरेको भन्दै उनले कम्युनिस्ट पार्टीका नाममा भएका निरंकुशता र नरसंहारको समर्थन गर्न नसकिने स्पष्ट पारे । प्रतिगमन र निरंकुशताका विरुद्धमा संविधान मास्नेकाविरुद्ध जो–जो मिल्न सकिन्छ त्यो–यो एक ठाउँमा उभिनुपर्ने उनको जिकिर छ ।
नेकपा एमालेको माधव नेपाल समूहका प्रभावशाली युवा नेता राईले यथाअवस्थाको वार्ता अनाधिकृत, व्यक्तिगत र निर्लज्ज प्रकृतिको भएको टिप्पणी गरेका हुन् । उनले त्यसरी वार्ता गर्नेहरु ओलीभन्दा खतरनाक भएको भन्दै सचेत हुनुपर्ने औल्याएका छन् ।
उनले भनेका छन्, ‘केपी ओली सुध्रनेवाला छैनन् । दाँया वाँया सोच्नुपर्ने अवस्था नै छैन, केही समयको मेहेनतपछि एउटा राम्रो कम्युनिस्ट पार्टी बनाउन सकिन्छ ।’ राईले राताेपाटी डकमलाई दिएकाे अन्तरवार्ताकाे आधारमा समसामायिक भएकाे प्रकाशन गरिएकाे हाे । सम्पादक