उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार सातधारेमा रहेको कोभिड १९ अस्पतालालाई एक लाख नगद सहयोग प्राप्त भएको छ । उदयपुरबाट वैदेशिक रोजगारीमा कतारमा रहेका युवाहरुको संस्था ‘उदयपुर प्रवासी सेवा समाज कतार’ ले नगद एक लाख सहयोग गरेको हो ।
मंगलबार उदयपुर कोभिड १९ अस्पातलको व्यवस्थापनको लागि वैदेशिक रोजगारीमा रहेका युवाहरुले आफ्नाे श्रम कटाएर संकलन गरेको एकलाख नगद समाज कतारका पूर्व अध्यक्षहरु राम सुयाल, होम बस्नेत, पूर्व संरक्षक ईन्द्र खड्का र पूर्व सदस्य मदन श्रेष्ठसहितको टोलीले अस्पातल परिसरमै पुगेर चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख तथा उदयपुर कोभिड अस्पातल संचालन समितिका अध्यक्ष खगेन्द्र राईलाई हस्तान्तरण गरेको छ ।
२०६५ सालमा खाडी मुलुक कतरामा पुगेकाे उदयपुरे युवाहरुले स्थापना गरेकाे संसथा ‘उदयपुर प्रवासी सेवा समाज कतार’ हाे । उक्त संस्थाले आफ्नो जिल्ला वासीहरुलाई प्रकृतिक तथा अप्रकृतिक संकटको वेला ‘उदयपुर प्रवासी सेवा समाज कतार’ द्वारा सहयोग गर्दै आएकाे छ । उक्त सहयोग लिँदै उदयपुर कोभिड अस्पताल सञ्चालन समितिका अध्यक्ष राईले उदयपुर प्रवासी सेवा समाज कतारलाई धन्यवाद व्यक्त गर्दै भने, ‘यस सहयोगले कोरोना भाइरस (कोभिड १९) को महामारीमा अस्पताल सञ्चालन गर्न सहयोग मिलेको छ, यसको सही सदुपयोग हुन्छ, दाताहरुप्रति कृतज्ञाता व्यक्त गर्दछु ।’
उदयपुरबाट कतार पुगेर पसिना बगाईरहेका उदयपुरे युवाहरुले कतारमा कार्यरहँदा आइपर्ने समस्यप्रति संगठित हुने उदेश्यले खोलिएको प्रवासी सेवा समाज कतारले देशका विभिन्न जिल्लामा समेत बाढीपीडित, भुकम्प पीडितदेखी, गरिव निमुखा वर्गको उपचारको निम्ती सहयोग गर्दै आएको समाजका पूर्व अध्यक्ष होमबहादुर बस्नेतले बताए ।
प्रवासमा बसेर दिन रात आफ्नो राष्ट्र र नेपाली दाजुभाइ दिदिबहिनीहरुको दुःखमा साथ दिने संस्थामा परिणत भएको छ । ‘आफ्नो र आफ्न परिवारका सदस्यको गाँस कटाएर दुःखमा सहयोग गर्दै आएको छ,’ उनले भने, ‘कतारमै पनि दुःखमा परेका, देश फर्कनको लागि टिकट काट्ने पैसासमेत नभएकालाई साथ दिँदै आएका छ ।’ समाज कतारले उदयपुर जिल्लमै पहिलो पटक बेलाका नगरपालिकामा बन्न लागेको अक्सिजन प्लान्टलाई समेत सहयोग बचन दिएको छ ।