कटारी । उदयपुरको कटारी नगरपालिका वडा नम्वर २ मा वडाबासीलाई घरबाहिर ननिस्कन उद्र्धि जारी गरिएको छ । आईतबार वडा अध्यक्ष प्रेमबहादुर क्षेत्री थापाले एक सूचना जारी गर्दै वडामा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएकाले घर बाहिर ननस्किन अनुरोधसहित उद्धि जारी गरेका छन् ।
वडा अध्यक्ष थापाद्वारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ, ‘वडामा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पटक÷पटक वेवास्ता भइरहेको वेला कोरोना भाइरसको स्थिति भयवह हुने सम्भावना बढेको छ । त्यसो भएकाले वडाबासीलाई औषधी खरिद, अस्पताल आवतजावत, मृत्युसंस्कार बाहेक घरको कम्पाउण्ड बाहिर हिँडडुल नगर्न अनुरोध छ । साथै सम्पुर्ण व्यापार व्यवसाय, कलकारखाना, भोजभतेर, विद्यालय, कलेज, ट्युसन सेन्टर, सार्वजानिक तथा नीजि सवारी साधन अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ ।’
जटिल स्वास्थ्य समस्या देखा परे जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई खबर गर्न अनुरोधसमेत गरिएको छ । जसमा त्रिवेणी स्वास्थ्य चौकीका जीवछ साह ९८२०७०४६८८, कटारी अस्पतालका डाक्टर राजकुमार गजमेर ९८५२८३६१८८ र कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ९८४२९५७४८८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यस वडामा गएको जेठ २ गते ८ जनाको पीसिआर परीक्षण गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको थियो । जसमा ४ जना महिला र ४ जना पुरुष रहेका छन् । यसभन्दा अगाडी २ जना संक्रमित भेटिएको छर निको भइसकेको त्रिवेणी स्वास्थ्य चौकीका प्रमुख साहले जानकारी दिए । उनका अनुसार वडामा अब कुल संक्रमितको संख्या १० पुगेको छ ।