कटारी । २८ औं मदन भण्डारी÷जिवराज आश्रित स्मृति दिवसको अवसरमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । सोमबार नेकपा एमाले निकट रहेको नेपाल खेलकुद महासंघद्वारा कोरोनाविरुद्ध अग्रपङ्तिमा खट्ने सुरक्षाकर्मीलाई वितरण गरिएको हो ।
कटारी नगरपालिका भित्र रहेका ईलाका प्रहरी कार्यालय कटारी, प्रहरी चौकी रिस्कु र बेलसोत, सशस्त्र प्रहरी बेश क्याम्प कटारी र अस्थायि ट्राफिक पोष्ट कटारीलाई स्वास्थ्य सामाग्री विरतण गरिएको खेलकुद महासंघका केन्द्रीय सदस्य शंकर सिंहले जानकारी दिए ।
उनका अनुसार कोरोना महामारी नियन्त्रण गर्न अग्रपङ्तिमा खटिएका सुरक्षाकर्मीलाई सेनिटाइजर, हातमा लगाउने पञ्जा, र मास्क सहयोग स्वरुप हस्तन्तरण गरिएको थियो । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारी, सशस्त्र बेश क्याम्प कटारीका इन्चार्ज इन्सपेक्टर दिपक खड्का, अस्थाई ट्राफिक पोष्ट कटारीका हवल्दार चन्द्र श्रेष्ठले स्वास्थ्य सामग्री ग्रहण गर्दै महासंघलाई धन्यवाद दिएका थिए ।
२८ औँ मदन र आश्रित स्मृति दिवसको अवसरमा महासंघले देशव्यापी रुपमा कोरोना नियन्त्रणको लागि अग्रपङ्तिमा खटिने सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
केन्द्रीय सदस्य सिंहका अनुसार उदयपुरको कटारी, त्रियुगा, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका लगायतका अन्य गाउँपालिकामा समेत वितरण गरिएको छ ।