उदयपुर : उदयपुरमा कोरोना बिरुद्धको खोप आजदेखि फागुन २७ गते सम्म लगाईने भएको छ। विशेषगरि खोप जेष्ठ नागरिकहरुलाई लगाईने भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
जिल्लाका आठ पालिकहरुमध्ये त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङमा पाँच वटा पालिकाहरुमा लगाईने भएको हो । त्यसैगरि कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकालाई दोस्रो प्राथामिकतामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
प्रमुख सुवेदीका अनुसार कुनै पनि खोपले दिने प्रतिक्रिया असर नभई रियाक्सन भएकोले सामान्यतया खोप लगाएपछि एक खालको प्रतिक्रिया दिने गरेको छ ।
विषेशगरी यो खोप दिर्घ रोगिहरु र जेष्ठ नागरिकहरुले अनिवार्य रुपमा लगाउनु पर्ने स्वास्थ्य कार्यालय जनाएको छ । जेष्ठ नागरिक र दिर्घ रोगिहरुलाई कोरोनाले तत्काल आक्रमण गर्ने हुँदा उनीहरुले खोप लगाउनु पर्ने प्रमुख सुवेदीले बताए ।
स्वास्थ्यकर्मीका अनुसार खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, आलस्यता हुने, कम्जोर महसुस हेने, जाडो हुने, थकान लाग्ने, टाउको दुख्ने, जिउ र जोर्नि दुख्ने, खोकी लाग्ने घाँटी दुख्ने लगायतका बिभिन्न लक्षण देखिने गरेको छ ।
यस अभियानमा ६५ बर्ष माथिका र शिक्षक वर्ग तथा पहिले लागउन छुट भएका कर्मचारी वर्ग (लक्षित व्यक्तिहरु)लाई कोरोना रोग विरुद्धको खोप लगाईदैछ ।